No comments yet

लेकमा पैयूं नफुल्दै

नीला तिब्र सुनकोशी, सागर उन्मुख रहँदा;

बहिरहेथ्यो हतारिंदै, गुन्जन र सुशेलीहरूमा;

हामी उक्लिरहेथ्यौं सुनापति हेर्दै,

जब नील नभमा जून चम्किरहेथ्यो।

 

समग्र धर्ती शान्त, मानौं त्यो सुतिरहेथ्यो;

शितल शितल पवन साथ दिइरहेथ्यो,

जीवन यात्रा थियो उक्लँदो पदचापहरूमा,

मिसिन्थ्यो त्यो भावना र संझनाहरूमा।

 

त्यो कोशी टाढिदै थियो, टुटाउँदै सुसेलीहरू;

पर्वतमालाहरू भासिंदै थिए, मानौं धर्ती विछोडिदैथ्यो;

शिखर आरोहण झैं लाग्ने यो यात्रा अब टुंगिएको थियो

मानौं विश्व हाँकिएको छ, माथ गरिएको छ।

 

लेकमा पैयूं नफुल्दै कालिज रमिरहेथ्यो,

मृगचरण र पोथ्राहरूमा शित सागर बनिरहेथ्यो,

धर्ती अब जाग्नुथियो तातिनुथियो,

शित-निद्रामा परेकालाई ब्युंझाउन, फूलाम्मे र हराभरा पार्न।

U/2010

 

 

Post a comment