बुढेशकाल The Old Age

नङ-नाडी गलेर जान्छ रुप-रंग ढलेर जान्छ चिन्ताको ज्वाला जलेर आऊँछ, निराशा, वेदना उर्लेर आउँछ यो कस्तो बुढेशकाल।   तन बुढो मन तन्नेरी हरेश खान्न, धत्तेरी तर यो मन ताक्छ मुढो, बन्चरो ताक्छ घुंडो यो कस्तो बुढेशकाल।   झर्को-फर्को मात्र लाग्छ शान्ति-चैन टाढा भाग्छ आइदिए कोही, शान्ति दिए केही, माया मीठो,...

Continue reading

ओखलढुंगा यात्रा

कार्तिक १५ को त्यो सूर्योदयसंगै, बाइकमा कुदियो जीवनसाथीसंगै लागियो सिद्धिचरणको ओखलढुंगा ताक्दै, लामो प्रार्थना प्रतिक्षासंगै कुलेखानी अनि चिसापानी गढी, भिमफेदी हुँदै हेटौंडासम्म लागियो त्यस दिन नीजगढ, चपुर, नवलपुर हुँदै बर्दिवाससम्म।   सखारै उठियो लागियो मिर्चैया, कटारी अनि पुगियो सरर घुर्मी कोशी तरियो फेरिमा अनि बढ्यौं हरर, शृंखलाहरू चुम्मी चुम्मी पुगियो...

Continue reading

लेकमा पैयूं नफुल्दै

नीला तिब्र सुनकोशी, सागर उन्मुख रहँदा; बहिरहेथ्यो हतारिंदै, गुन्जन र सुशेलीहरूमा; हामी उक्लिरहेथ्यौं सुनापति हेर्दै, जब नील नभमा जून चम्किरहेथ्यो।   समग्र धर्ती शान्त, मानौं त्यो सुतिरहेथ्यो; शितल शितल पवन साथ दिइरहेथ्यो, जीवन यात्रा थियो उक्लँदो पदचापहरूमा, मिसिन्थ्यो त्यो भावना र संझनाहरूमा।   त्यो कोशी टाढिदै थियो, टुटाउँदै सुसेलीहरू; पर्वतमालाहरू...

Continue reading

धेरै दिनमा फेरि

धेरै दिनमा फेरि मेरी आमाको याद आयो सपना भरि रोएछु, विपना भरि संझायो गहभरी आँसु मन सारा टोलायो एकान्त हुँदो आमाको संझनाले सतायो।   ‘आमा’ व्यक्ति प्यारो शब्दै प्यारो ‘अँ’ ‘म’ अर्थात् स्वयं ‘म’ जीवन प्यारो मेरो अस्तित्वमा वा ‘म’ अस्तित्व हुनुमा आमाको समर्पण, त्याग र वलिदान प्यारो।   ‘आमा...

Continue reading

सम्झना पातालिन्छ

जीवनको उर्जा रहेसम्म तपाई बलिरहनुहुन्छ जो राखिएको हुन्छ थपिएको हुन्छ तर त्यसको मात्रा रहन्छ सीमा वा अवधि रहन्छ त्यो बल्छ मजाले बल्छ दन्किएरै बल्छ तपाई प्रकाश छरिरहनुहुन्छ सामार्थ्यमा ताप, राप दिनुहुन्छ तताउने त के उस्तै परे भस्मै पार्नुहुन्छ तर एकदिन तपाई निसन्देह निभ्नुहुन्छ सकिनुहुन्छ अनि जीवितहरूको देशमा सम्झनाको मुस्लो एक...

Continue reading

हाम्रा वाल्डेन्सियन उपत्यकाहरू!

मध्यकालमा वाल्डेन्सियन उपत्यकाहरू आल्पस् पर्वतका लेक-वेसीहरू पवित्र जनहरूका शरणनगरहरू बने पवित्र वचनहरूले संरक्षण पाए ती कति सुन्दर पर्वतहरू अनि कति सुन्दर लेक-वेसीहरू जहाँ ख्रीष्टको सुबासना थियो ख्रीष्ट महिमित हुनुभयो।   आज हाम्रा लेक वेसीहरू रित्तिएका छन् हाम्रा पर्वतहरू खाली भएका छन् सायद ती पवित्र जनहरूको शरण हुनलाई वा ख्रीष्टको सुबासना...

Continue reading

लौ आयो भुइचालो

सबको मुखमा आउन थाल्यो ‘लौ आयो भुइचालो’ डर र त्रासले भरिदियो, सबको मुख भो कालो।   बालबच्चाहरू दङ्ग परे, न रोदन न हर्ष सबलाई मनमा लाग्न थाल्यो मर्ने भो यै वर्ष माथि हेर्‍यो जता ततै पर्दा लाए झैं कालो होसै चोर्‍यो सातै लग्यो कत्रो भुइचालो।   मात्र एक छिन कम्पन...

Continue reading

समग्र पोखरा निदाइरहँदा

समग्र पोखरा निदाइरहँदा हामी सराङकोट उक्लिरहेथ्यौं पूर्वी क्षितिजमा लाली नचढ्दै अँ समग्र धर्ती नब्युँझदै।   यात्रा उक्लिंदै गर्दा सरल सहज मार्गहरूमा अचानकै बाहन रोकियो व्यवधान र अड्चनहरूमा।   टाकुरी र गन्तव्यतर्फ यात्रा पुन: बढ्यो! कस्तो सुन्दर क्षण अनि मनमोहक मानौं विश्व लोलाएको छ।   अब क्षितीजमा लाली पोतिएको छ अनि...

Continue reading