हामीसँग भविष्यवाणीको अझ पक्का वचन पनि छ, जसलाई दिनकोउज्यालो नखसुन्जेल, र तिमीहरुका हृदयहरुमा बिहानको तारा नउदाउन्जेल अँध्यारो ठाउँमा चम्किने ज्योतिलाई झैँ तिमीहरुले ध्यान दिएर असल गर्दछौ। २ पत्रुस १:१९
HomeAbout UsQ & AFeedback
 
News समाचार
Articles समसामयिक लेख
Sermons प्रवचन
Bible Studies बाइबल अध्ययन
Testimonials साक्षी वचनहरू
History इतिहास
Book Review पुस्तक समीक्षा
Literatures साहित्य
Prayers प्रार्थना
Photo Gallery फोटोहरु
 

 

अध्ययन सामाग्रीहरुका लागि

wordoftruth.com.np

Church Doctrines

 

नेपाली ईशाई पत्रिका 'एनोन' नियमित रुपमा पढ्नुहोस्।  सम्पर्क

 

बाइबल, ख्रीष्टिय जीवन तथा जीवन सम्बन्धि प्रश्नोत्तरहरुको सङगालो 'मुहान' पढ्नुहोस्। सम्पर्क


प्रत्येक शनिबार ११ बजे संचालन हुने एवेनेजर आराधना सभामा हार्दिक स्वागत गरिन्छ। सम्पर्क


Greeting Cards

Listen to the Gospels Online!

RECENT SERMONS/BIBLE STUDIES

  RECENT BOOK REVIEWS/HISTORIES

मण्डली (Sermons)
विश्वास तथा प्रेमविवाह (Sermon)
पवित्र आत्माको वासस्थान र भरपुरी (Bible Studies)
हाम्रा शीर (Bible Study)
यहुदाको पत्र



A Brief History of Christianity in Nepal
Border Efforts (History)
Putalisadak Church (History)
A Biographical History (Book Review)
क्यारिस्मेटिक भद्रगोल
Nepal and the Gospel of God
 
 
 
 
 
 

RECENT NEWS/ARTICLE/LITERATURE/BIOGRAPHY/PRAYER REQUEST

 

Date: 2010-01-26

अब मेरी आमा रहिनन्
बात्सल्य र प्रेमकी खानी
माधुर्य र धैर्यताकी नमूना
मेरी आमा रहिनन्।

अब मेरी आमा इतिहास बनिन्
अब उहाँलाई खोज्न
उहाँका भावहरु बुझ्न
साक्षीहरु सुन्नुपर्छ गवाहीहरु उभिनुपर्छ।

मेरी आमाका स्वरहरु अब सुनिदैन
अब उहाँ देखिनुहुन्न
एउटा छायाँ झैं हराएको छ
सपना झैं विलाएको छ।

मेरो इतिहासको साक्षी
मेरो जीवनको चिन्तक
मेरी आमाको देहान्त भएको छ
एउटा इतिहास बनेको छ।


यू. जे. गुरुङ
माघ ३, २०६६

Date: 2009-12-20
आदर्श जंग गुरुङ

एउटा कुमालेले केही उद्देश्य राखेर नै भाँडा बनाउँछ। त्यसरी नै परमेश्वरले पनि केही उद्देश्यका साथ हामीलाई सृष्टि गर्नुभएको छ। अझै हामी पापहरुमा हराएकाहरुलाई उद्धार दिई हाम्रो जीवनमा विशेष उद्देश्य राख्नुभएको छ। हामी धेरैपल्ट हाम्रो जीवनमा ईश्वरीय उद्देश्यको बारेमा भ्रममा पर्छौं। हामी विश्वासीहरु कोही सोच्छौं कि, मिशनरी हुनु ईश्वरीय उद्देश्य हो या सुसमाचार प्रचार गर्नु वा उहाँको सेवक बन्नु नै ईश्वरीय उद्देश्य हो। हामी के सोच्छौं त्यो महत्वपूर्ण होइन तर परमेश्वर के भन्नुहुन्छ त्यो महत्वपूर्ण छ। परमेश्वरलाई धन्यवाद होस् कि उहाँले आफ्नो वचनमा आफ्ना जनहरुका निम्ति उहाँको उद्देश्य प्रकट गर्नुभएको छ। उहाँको वचन अनुसार प्रत्येक विश्वासीलाई ख्रीष्टको स्वभावमा ढाल्नु नै परमेश्वरको मुख्य उद्देश्य हो (गलाती ४:१९)। हामीहरु पुत्रको रुपमा ढालिऔं भनेर पहिले नै ठहराइएका छौं (रोमी ८:२९)। त्यसैले ख्रीष्टजस्तै बनिंदै जानु नै हाम्रो जीवनमा ईश्वरीय उद्देश्य हो।

येशू ख्रीष्टको स्वभाव हामीमा विकास हुनु आवश्यक छ। ख्रीष्ट येशूमा भएको जस्तो मन हामीमा पनि हुनु परेको छ (फिलिप्पि २:५-७)। उहाँको स्वभाव, मृत्युको स्वभाव थियो। उहाँले आफूलाई रित्तो पार्नुभयो र क्रुसको मृत्युसम्मै होचिनुभयो। हामीमा पनि यस्तै स्वभाव विकास हुनु नै ईश्वरीय उद्देश्य हो। उहाँको पछि लाग्नाले नै हामी उहाँको स्वभावहरु सिक्न सक्छौं। उहाँको पछि लाग्न हामीले आफैलाई इन्कार गर्नुपर्छ (लूका ९:२३), हाम्रो अहङ्कार मर्नुपर्छ। येशू ख्रीष्ट यस संसारमा जिउनु हुँदा थोरै मात्र फल पइदा भयो, उहाँले केहीलाई निको पार्नुभयो, केहीलाई खुवाउनुभयो तर उहाँको मृत्युले हामी सारा मानव जातिको निम्ति मुक्तिको प्रबन्ध भयो। यसकारण हामी पनि ख्रीष्टको समानतामा बढ्न चाहान्छौं भने हाम्रो मृत्यु हुनु आवश्यक छ, अंहको मृत्यु। मृत्युद्वारा नै हामी धेरै फल फलाउँछौं (यूहन्ना १२:२४)।

वास्तवमा हामी क्रुसमा टांगिनु पर्छ र ख्रीष्ट हामीभित्र जिउनुपर्छ अनि मात्रै ईश्वरीय उद्देश्य हामीमा पूरा हुन सक्छ (गलाती २:२०)। हाम्रो पुरानो मान्छे उहाँसँगै क्रुसमा टांगिनुपर्छ र पापको दासमा अब हामी चल्नुहुन्न (रोमी ६:६)। ख्रीष्टको इच्छालाई जान्दै उहाँबाट सिक्न सकौं भनेर हामीमा उहाँको जस्तै होचिएको र विनम्र मन हुनुपर्छ। हामीले आफ्नो निम्ति ईश्वरीय उद्देश्य कहिल्यै भुल्नुहुँदैन अर्थात् विश्वासीलाई ख्रीष्टको स्वभावमा निर्माण गर्नू। यसको लागि सर्वप्रथम त हामीमा ख्रीष्टको जस्तै मन हुनु आवश्यक छ र २ कोरन्थी ३:१८ मा लेखिएझैं प्रभुद्वारा हामी एक महिमादेखि अर्को महिमामा सर्दै त्यही रुपमा बदलिँदै जानुपर्छ। यसको निम्ति नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तै हेरिरहनु जरुरी छ। ख्रीष्ट जस्तै हुन ख्रीष्ट कस्तो हुनुहुन्छ भन्ने जान्नुपर्छ। उहाँको स्वभावहरु हाम्रो जीवनमा विकास गर्दै गर्दै हामी एक महिमादेखि अर्को महिमामा ख्रीष्टको समानतामा बढ्दै जान सक्छौं।

त्यसैले परमेश्वरको मुख्य उद्देश्य हाम्रो जीवनको लागि ख्रीष्टको समानतामा बनाउँदै जानु भएकोले ख्रीष्टमा जुन मन थियो त्यही मन हामीमा विकास गर्दै, दिनहुँ आफूलाई मार्दै, ख्रीष्टको समानतामा एक महिमादेखि अर्को महिमामा सर्दै ख्रीष्टको रुपमा बद्लिनु नै हाम्रो जीवनमा ईश्वरीय उद्देश्य हो।

Date: 2009-12-31
नीला तिब्र सुनकोशी, सागर उन्मुख रहँदा;
बहिरहेथ्यो हतारिंदै, गुन्जन र सुशेलीहरुमा;
हामी उक्लिरहेथ्यौं सुनापति हेर्दै,
जब नील नभमा जून चम्किरहेथ्यो।

समग्र धर्ती शान्त, मानौं त्यो सुतिरहेथ्यो;
शितल शितल पवन साथ दिइरहेथ्यो,
जीवन यात्रा थियो उक्लँदो पदचापहरुमा,
मिसिन्थ्यो त्यो भावना र संझनाहरुमा।

त्यो कोशी टाढिदै थियो, टुटाउदै सुसेलीहरु;
पर्वतमालाहरु भासिदै थिए, मानौं धर्ती विछोडिदैथ्यो;
शिखर आरोहण झैं लाग्ने यो यात्रा अब टुंगिएको थियो
मानौं विश्व हाँकिएको छ, माथ गरिएको छ।

लेकमा पैयूं नफुल्दै कालिज रमिरहेथ्यो,
मृगचरण र पोथ्राहरुमा शित सागर बनिरहेथ्यो,
धर्ती अब जाग्नुथियो तातिनुथियो,
शित-निद्रामा परेकालाई ब्युंझाउन, फूलाम्मे र हराभरा पार्न।

यू/२९ डिसेम्वर २००९

Date: 2009-11-10

वि. सं. २०५१ मंसिरको कुरा हो यो। म र पास्टर यू. जे. गुरुङज्यू पाल्पा जिल्लाको वीरकोट गाऊँतर्फ लाग्यौं। उकाली, ओराली, भञ्ज्याङ र बेसी हुँदै हामी पाल्पाको तानसेन पुग्यौं। डाँडामा बसालिएको तानसेन मिर्मिरे उज्यालोमा भर्खरै ब्यूँझदै थियो। त्यसपछि आर्यभञ्ज्याङ हुँदै वीरकोट जानलाई प्रस्थान गर्‍यौं। आर्यभञ्ज्याङ पुग्दा सूर्य एक हात अग्लिसकेको थियो। आर्यभञ्ज्याङमा एका बिहानैदेखि शुष्क सिरेटोले सेकिएर साह्रो बनेको सेल चपाउन औधी गाह्रो पर्‍यो। तर स्वाद भने अबिस्मरणीय नै थियो।

हाम्रो गाडी वीरकोटतर्फ लाग्यो। डाँडाको नाक र काख हुँदै लाग्ने यो बाटो बडो मोहक दृष्यहरूले भरिपूर्ण थियो। गाडी रोकियो र खुत्रुक्क ओह्रालो लाग्यौं, वीरकोटको आफरडाँडा पुगिहाल्यौं। दाइ हर्षलाई सकुशल भेट्यौं अनी अरु पवित्र जनहरूलाई पनि। पवित्रजनहरूको स्वागत र प्यारमा हामी आनन्दित भयौं। केही दिनहरू संगति गर्नलाई व्यस्त रह्यौं।

शुक्रबारको दिन, एकाबिहानैदेखि आफरडाँडाका पवित्रजनहरू दिउँसोको कार्यक्रमको निम्ति व्यस्त थिए। घाम आफरडाँडाको तल्लो भेगको खेत, पाखा अनि खोलातिर राम्रै लागिसकेको थियो। सबैजना जमघट हुन थाले। एकघण्टा परबाट पनि पवित्रजनहरू आइपुगे। परमेश्वरको स्तुतिगान भयो। प्रवचनको समय तालिकानुसार सो भाग पनि पूरा भयो। चार जनाले पानीको बप्तिस्माद्वारा उद्धारको साक्षी दिए। प्रेमभोज कार्यक्रम गरियो। आत्मिक बातचित भयो। सूर्य बिस्तारै आफरडाँडाको टुप्पातिर सर्दै थियो। बिदाबाजी भएर बिस्तारै उकाली लाग्न थालियो।

त्यसदिन आफरडाँडाको देवी स्थानमा पनि पूजा-आजा सभा बैठक चलिरहेथ्यो। साँझपख सबै आ-आफ्नै घरतर्फ लागिसकेथे। हामी दुई पनि आफर डाँडाको गाउँ बीच हुँदै गयौं र सोम दाइको निवासमा प्रवेश गर्‍यौं। आगो मज्जैले बलिरहेथ्यो। निष्पट्ट अन्घकार वीच दीयो उज्यालो छर्दै खडा पारिएको थियो। क्षणभरमै हाम्रा आँखा ढोकाबाट भित्र पस्दै गरेको ब्यक्तिमा पर्छ। "ए! हर्ष दाइ आउनुभएछ।" उहाँ भने सुस्त स्वरमा हामीलाई केही बताउँनुहुँदै थियो, "आज साँझ गाउँलेहरू सबै यस घर घेर्न आउने रे, भाइहरुहो, आज साँझ हामी संगति नगरौं बरू म गाउँलेहरूलाई मनाउने प्रयास गर्छु।" त्यही सल्लाह मुताबिक गर्न नै हामीलाई असल लाग्यो।

घडीले आठ बजाउनै आँटेथ्यो, अलिक मुन्तिरको चौतारीमा आवाज गुञ्जिन थाल्यो। खल्याङ, बल्याङ, डङडङ र डुङडुङ आवाजहरू आउन थाले। नभन्दै मानिसहरू चौतारीमा एकाएक जम्मा हुन थाले। हामीहरू सतर्ककासाथ बस्यौं। हामी दुई जना घटना बुझ्नलाई बाहिर निस्क्यौं। बाहिर जून लागिरहेथ्यो। चौतारी वरिपरिका रूखहरूका कारण कोही देखिँदैनथ्यो। तर आवाज भने चर्को रुपमा आइरहेथ्यो। एकापसमा झगडा भएझैं अनि कसैलाई गाली गरिरहेझैं मगर शब्दहरू सुनिन्थ्यो। तर बुझ्न भने सकिएन। १५ मीनेटपछि नेपालीमा आवाज दिई कराइरहेको सुन्यौं,
"काठमाडौंबाट आएको त्यो गुरु कहाँ छ?,
"त्यसलाई यहाँ ल्याऊ।"
"ल्याउनैपर्छ।"
"ठीक गर्नैपर्छ।"

यी भनाईहरुपछि एक हूल जवानहरू हामी रहेको घरतिर कुद्दै आइरहेको थाहा पायौं। परिस्थिति राम्रो नभएको बुझ्यौं र हामी दुई भाइ बारीतिर लाग्यौं। आवाज घर वरिपरि घन्किरहेथ्यो, "कहाँ छन् तिनीहरू?" भन्दै डाङ डाङ र डुङ डुङ गर्न थालेका थिए। एकछिनपछि बथान हामीतिर आइरहेका चाल पायौं तब हामी अझै बारीको पल्लैछेऊ पुग्यौं र खरबारीतिर लाग्यौं। हामी परदेशीलाई त्यसभन्दा उता कस्तो स्थान छ सो थाहा थिएन। खरबारीको डाँडामै पुग्यौं। नजिकै ठूलो भीर रहेछ। जवानहरु बारीमा भएका खनियाको बोटहरूमा ढुङ्गा-मुढा गर्दै थिए। "मार्नैपर्छ" भन्दै चिच्याउँदै थिए। आवाज निक्कै बेरपछि शान्त भयो। झण्डै १५ मीनेटपछि फेरि आवाज चर्कियो। यसपाली चाहिँ खरबारीतिर याने हाम्रै नजीकमा मानिसहरू हिँडिरहेका आवाज सुन्यौं। हामी भने भीरको थाप्लोमा भएको सानो रुखको आडमा पोको परेर लुकिरहेका थियौं। जवानहरू डाँडामा उक्लिएका भए हामीहरू छिप्नसक्ने थिएनौं। हामी दुई यसो भन्दै प्रार्थना गरिरहेथ्यौं, "त्यस आपत्तिबाट छुटकरा दिनुहोस् र जवानहरूलाई फर्काइदिनुहोस्।" चाँडै नै आवाज पन्सिंदै गयो। निक्कै बेरसम्म घर वरिपरि र हामीतिर कुनै साईंसुइं आवाज आएन।

हाम्रो हातको घडीले रातको १२ बजेको देखायो। त्यस रात त्यतिखेर जून अस्ताउनै लागेको थियो। अँधेरीले पुरै छोपिसकेको थियो। चौतारीमा भने खल्याङ बल्याङ टुङ्गिएको थिएन। रातको १२:३० सम्म पनि चौतारीबाट खल्याङ बल्याङ टुङ्गिने संकेत अझै मिलेन। हामी दुईजना बिस्तारै अर्थुङ्गे फाल्दै थियौं। लामो सास फेर्दै डाँडामा केहीबेर बस्यौं। बिस्तारै घरछेऊतिर सर्न थाल्यौं। रातको १:०० बजिसकेको थियो। हामी दुई बल्ल घरभित्र पस्न सफल भयौं। घरकाहरू सबैजना बत्ती निभाएर जागै बसिरहेका रहेछन्। त्यस रात चौतारी नरित्तिने संकेत देखियो। घरभित्र माथिल्लो तलामा कपडा र सामान पल्टाई पल्टाई धुईं-धुईंती हामीलाई खोजेछन् र धम्की दिएछन्। स्थिति अन्यौलपूर्ण थियो। हामीहरू प्रार्थनामा बस्यौं र सरसल्लाह गरी त्यही रात हिंडिजाने निधो गर्‍यौं। तर बाटो भने त्यही चौतारी भएर जानुपर्थ्यो। अर्को बाटो थिएन।

तर प्रभुका जनहरूले राती बाघ हिँड्ने जङ्गल र बाटै नभएको अप्ठ्यारा खोल्सा भएर मूल बाटोसम्म डोर्‍याउनु भयो। लामो र छिटो पाइला चाल्दै हामीहरू आर्यभञ्याङतिर लाग्यौं। मेरो एउटा जुत्ता आतंककारीहरूले फालिदिएको हुनाले म चप्पलको भरमा हिंडिरहेथें। चप्पल चिप्लने, खुट्टा दुखाउने र निद्राको चपेटाले हिडाईलाई संघर्षपूर्ण बनायो। सुनसान बस्तीहरु र भुकिरहेका कुकुरहरू पार गर्दै एक घना जङ्गलभित्र पुग्यौं। पूरा हुस्सुले ढाकेको सो जङ्गलमा बाटो देख्न सकिरहेको थिएन। हातमा एउटा टर्च लाईट पनि नभएकोले अन्दाजै गरेर हिँड्न थाल्यौं। एकछिनमा बाटोबाट घस्याङ घुसुङ गर्दै एउटा जन्तु तलतिर लाग्यो। हामीहरू तब हल्लागर्दै त्यो जङ्गल पार गर्न अघि बढ्यौं। केहीबेरमा आकाशमा ताराहरू देखिन थाले। त्यसबेला पास्टरज्यूले भन्नुभयो- "हेर्नुस् त आकाशमा ताराहरू, ती गन्न सक्नुहुन्छ? त्यत्तिकै छन् हाम्रा रक्षक स्वर्गदूतहरू।" रात बीच यसरी यात्रा गरिरहँदा कति पटक ममा डर त्रास उत्पन्न हुन्थ्यो। उहाँको त्यस भनाइले मलाई साहस र सान्त्वना दिन्थ्यो।

जसै मिर्मिरे उज्यालो हुँदैथियो हामी दुबै निद्राले लठ्ठ पर्दैथ्यौं। रक्सीले मात्तिएझैं हाम्रा अनियन्त्रित शरीर जबरजस्ती अघि बढ्दै थियो। अचानक बाटो माथिबाट बाटो मुन्तिर एउटा चितुवा लुसुक्क लाग्यो। तर हामीलाई भने त्यसको थोरै मात्र परवाह थियो। बल्लतल्ल बिहानको ६:३० तिर आर्यभञ्याङबाट सलल्ल पोखरा गुड्यौं। यो यात्रा भएको पनि अब त लामै समय बितेछ। तर सम्झना भने आलै छ। घटना ज्यादै सांघातिक थियो। तर परमप्रभु परमेश्वर हाम्रा ढाल हुनुहुन्थ्यो। आतंककारीहरू भन्दा हामी सधैं एक कदम अघि थियौं।

हामी आइसकेपछि त्यस चौतारीमा गाउँलेहरूले तीन दिनसम्म अड्डा जमाएछन्, ठूलो छलफल र वादविवाद गरेछन्। यो निश्चित थियो कि त्यस गाउँका ७, ८ जना व्यक्तिहरु ख्रीष्टमा आएको कारण गाउँलेहरु हामीमाथि खनिनेवाला थियो। तर सो घटना हुनबाट परमेश्वरले हामीलाई बचाउनुभयो। मेरा प्रभुको स्तुति होस्, जसले यसो भन्नुहुन्छ- "तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। नदीहरूबाट भएर जाँदा तिनले डुबाउनेछैनन् तँ आगोबाट हिँडेर जाँदा डढ्नेछैनस्, नता त्यसको ज्वालाले तँलाई भष्म पार्नेछ" यशैया ४३:२।

नीर घिमिरे, एवेनेजर, वि. सं. २०५२

Date: 2009-12-06

यस वर्षको अगुवा भेट कार्यक्रम यही पौष २८-३० मा एवेनेजर भवन कोटेश्वरमा हुनगइरहेको छ। यस कार्यक्रम केवल अगुवाहरुको निम्ति मात्र नभई समग्र एवेनेजर मण्डली परिवारका निम्ति हुनेछ। प्रवचन तथा शिक्षाका निम्ति कोलोराडो स्प्रिङमा अवस्थित ग्रेस बाइबल चर्चका पास्टर जेफ एन्डर्सन र थाइलैण्डमा सेवारत मिसिनरी म्याक सांगलीर आउँदै हुनुहुन्छ। पास्टर जेफ एन्डर्सन प्रभावकारी बाइबल शिक्षक तथा प्रचारक हुनुहुन्छ। उहाँ नेपालको सेवाकाईमा लामो समयदेखि संबध्द रहँदै आउनुभएको छ। उहाँहरुकै मण्डलीबाट धेरै वर्ष अघि कर्क डनह्यामको परिवारलाई नेपालमा सेवाकाईका निम्ति पठाइएको थियो। नेपालको निम्ति उहाँको ठूलो बोझ र दर्शन रहँदै आएको छ। म्याक साँगलीर एवेनेजर मण्डलीको संस्थापक मिसिनरी मध्येका एक हुनुहुन्छ। उहाँ एक प्रभावकारी प्रचारक हुनुहुन्छ। कार्यक्रम हरेक दिन विहान ११ बजे प्रारम्भ भई साँझ ४ बजे अन्त हुनेछ। साथै मण्डली अगुवाहरुका निम्ति हरेक विहान ७:३० देखि ९ बजे र साँझ ६ देखि ७:३० सम्म बाइबल अध्ययन हुनेछ।

कार्यक्रमका निम्ति एवेनेजरद्वारा संस्थापित मण्डलीहरु तथा एवेनेजरसंग संगतिमा रहेका मण्डली अगुवाहरुलाई निमन्त्रणा गरिएको छ। परमेश्वरमा ठूलो आशिषको निम्ति अपेक्षा गरिएको छ ताकि उहाँका जनहरु ख्रीष्टको स्वरुपमा एक महिमा देखि अर्को महिमामा बद्लीहुँदै जाऊन्। २ कोरिन्थी ३:१८।

कार्यक्रमका निम्ति प्रार्थना गरिदिनु हुन अनुरोध गरिन्छ।

पा. यू. जे. गुरुङ

Editor: Pastor U. J. Gurung. Web Master: Adarsha J. Gurung. Contact us at 9841202110 or 016913929 for more details. You can also mail us at Post Box No. 8973 NPC 200, Kathmandu, Nepal.