|
|
RECENT SERMONS/BIBLE STUDIES |
RECENT BOOK REVIEWS/HISTORIES |
|
|
|
RECENT NEWS/ARTICLE/LITERATURE/BIOGRAPHY/PRAYER REQUEST |
|
|
Date:
2010-07-23 |
|
अधिकांश गाविसहरुलाई जोड्ने गरी नेपालमा जसरी मोटरबाटोको विकास भइरहेछ यसमा परमेश्वरको ठूलो योजना छ। ख्रीष्टको महान आज्ञा पूरा गर्नको निम्ति मार्ग प्रशस्त गर्न यस्तो भएको हो। फलस्वरुप हाल नेपालका पहाडी भूभागहरुमा लगभग प्राय: गाउँहरुमा सुसमाचार पुग्यो र ठूलो संख्यामा चर्चहरुको स्थापना भइरहेछ। परमेश्वरको अनुग्रहद्वारा बाइबलीय मण्डलीहरुको स्थापनाका निम्ति परमेश्वरले आफ्ना विश्वासयोग्य जनहरुलाई परिचालित गर्नुभएको होस् जसले व्यक्तिगत स्वार्थबाट उठेर ख्रीष्टको महिमाको निम्ति सेवाकाईलाई अघि बढाऊन्।
परमेश्वरले एवेनेजरलाई निरन्तर रुपमा ख्रीष्टको महान आज्ञा पूरा गर्न प्रयोग गरिरहनुभएको होस्। यस उद्देश्यका निम्ति विश्वासयोग्य कारिन्दाहरुको आवश्यकता पर्दछ मण्डलीलाई। कारिन्दाहरु विश्वासयोग्य पाइयोस् भन्ने परमेश्वरको इच्छा हो, १ कोरिन्थी ४:१,२। जसलाई सेवाकाईको जिम्मा दिइयो उही त्यसको मालिक बन्ने जस्ता सांसारिक कृयाकलापले परमेश्वरलाई महिमा दिंदैन। आज फसल प्रशस्त छ तर विश्वासयोग्य खेतालाहरुको अभाव छ। फसलका मालिक पवित्र आत्माले खेतालाहरु गाउँ गाउँ पठाउनु भएको होस् जसले परमेश्वरको सम्पत्ति माथि हक चलाउनेछैनन् तर बगालका निम्ति नमूना बन्नेछन्, १ पत्रुस ५:३।
पा. यू. जे. गुरुङ
|
|
|
|
Date:
2010-07-25 |
|
वृद्धावस्था
तपाई कुन उमेरको पर्नुभयो ? तपाईलाई वाल्यवस्था मन पर्छ हैन त ? सबैको प्यार अनुग्रह पाइने यो अवस्था धेरै नै उत्तम छ । युवावस्था सायद तपाईलाई अझ गजब लाग्छ । मन र आँखाले चाहे झैँ गर्न सकिने, बल र यौवनले मस्त यो अवस्था फक्रिएको फुल झैँ हुन्छ । तर वृद्धावस्था असाहय, बेसहारा, अरुमा निर्भर रहनु पर्ने, शारीरिक पीडा, मानसिक चिन्तन खप्नु पर्ने उराठलाग्दो अवस्था हो । यो रहर होइन एक बाध्यता हो । सायद यसरी नै सोच्छन धेरै जना । धेरै उमेर खाएको, कपाल सेतै फुलेको, दाँत झर्न थालेको, आखाँ कमजोर हुँदै गएको, शारीरिक शक्ति क्षीण हुँदै गएको अवस्थालाई नै वृद्धावस्था भनिन्छ । मानिस नाबालक जन्मनु, यौवनले भरिनु, बुढो हुनु सृष्टिको प्रारम्भदेखिकै एक नियम हो । अत:वृद्धावस्था तपाईको भाग हो ।
वृद्धावस्थाका समस्याहरु:
जीवनमा हर पल समस्याबीनाका छैनन् । त्यसो हो तापनि वृद्धावस्था सबै भन्दा दु:खदायी हुँदछ । शारीरिक शक्ति ह्रास हुँदै जानु, मानसिक रुपले हिनता बढ्दै जानुले वृद्धवस्थालाई साह्रै तीतो बनाई दिन्छ । आँखाको तेज मर्दै जानुले नैराश्यता बढाउँदे लैजान्छ । कानको चंखापना गिर्दै जाँदा जीवनलाई सिमित पारिदिन्छ । दाँतहरु झर्दै जाँदा जीवनै वेस्वादिलो बन्दछ । मांसपेशी, नशा-तरंग सुक्दै जानाले साहस, जोश घट्दै जान्छ । रोगहरुको मिचाइ, बालक युवा तन्नेरी सबैको हेपाइले मानसिक हिनता बढाउँदै लैजान्छ । तब व्यक्तिलाई बाँच्न भन्दा मर्नकै रहर हुन थाल्दछ । अझ आफ्नै छोराछोरी, नाता- नातिनीबाट खप्नु परेका अन्याय, अत्याचार, तीतो अवहेलनाले वृद्धावस्थालाई मृत्युलाई कुरि बस्नु बाहेक अरु कामको बनाउँदैन । खुबै बोल्न सक्ने, जमानाका सिपालु बोलक्कड पनि बलिन्द्र आँसुका थोपाहरु खसालि चुपचाप बस्नु पर्ने, बहुतै धनाढ्य अभावहिन व्यक्ति भएर पनि चुपचाप भोक खपि अरुको फुर्सतलाई पर्खनु पर्ने । कसैसँग बोल्न, कुरा गर्न पाउनु छैन, कोही छैनन् साथी, घरमा केवल एक्लै धुम धुम्ती । आफ्नै कम्मर समेत आफैले कस्न नसक्ने, जहाँ इच्छा छैन, आफू त्यतै लगिने वृद्धावस्था साँच्चै वैराग लाग्दो हो (यूहन्ना २१:१८) । वराइ पराइ, यहाँको त्यहाँको विस्तारै मान्छे नै चिन्न छोडिदै जाने यो अवस्था साँच्चै अति गाह्रो अवस्था हो अहो ! तपाई आत्तिनु भयो ? तर पर्खनोस् । मेरो अनुग्रह प्रशस्त छ ।
आफूले आफैलाई बोक्न नसक्ने अनि अण्डै मरेतुल्य किसिमको जटिल जीवन यात्रा क्रममा आशा चाहिँ छ है । नाबालाक रुपमा रुपमा जन्म दिने, हुर्काउने, जीवनका मालिक परमेश्वर यस्तो भन्नुहुन्छ, “मेरो अनुग्रह तिम्रो लागि प्रशस्त छ किनकि दुर्वलतामा मेरो सामर्थ्य सिद्ध हुन्छ” (२ कोरिन्थी १२:९) ।
“औ तिमीहरुका कपाल फुलेको अवस्थासम्म पनि म तिमीहरुलाई बोक्ने छु” (यशैया ६४:४) । परमेश्वरलाई प्रेम गर्नेहरुका निम्ति ती दिनहरुमा पनि सबै कुरा मिलेर भलाइका निम्ति नै काम हुनेछन् (रोमी ८:२८) । भीषण लडाईका समयहरुमा पनि बुढाबुढीहरु, दिन धेरै खाएकाहरुले आफ्नै शहरमा लौरो टेकेर बसिरहनलाई अनुग्रह पाउनेछन् (जकरिया ८:४) । उहाँमा भरोसा गर्नोस् र ढुक्क हुनोस् ।
वृद्धावस्थाका सेवाकाइ
तपाई सोंच्नु होला आफैलाई सम्हाल्न नसक्नेले फेरि के सेवा गर्न सक्लान् ? तर परमेश्वर भन्नुहुन्छ, “धर्मात्मा चाहिँ खजुरको बोट झैं लहलह हुन्छन् । तिनीहरुले बुढेसकालमा पनि फल फलाउँछन् तिनीहरु जीवन दिने रसले भरिएका हरिया भरिया हुन्छन्” (भजनसंग्रह ९२:१२-१४) । धर्मी जनहरु वृद्धावस्थामा ओइलिंदैनन् । बरु जीवन दिने रसले भरिएका हरिया भरिया हुन्छन् । वृद्धावस्थामा पनि धार्मीक जनहरु अरुहरुका आत्मा जित्ने काम गर्न सक्दछन् । परमेश्वरमा भरोसा राख्नु, विन्तीहरु र प्रार्थानाहरुमा लागिरहनु वृद्धावस्थाकाहरुले गर्न सक्ने ज्यादै ठुला सेवाकाइ हुन् (१ तिमिथी ५:५) । तिनीहरुले युवाहरुलाई सिकाउन अर्ती दिन र बाटो देखाउन सक्दछन् (तीतस २:४-५) । त्यसैले विश्वासीहरुका प्रगति र विश्वासको आनन्दको निम्ति वयोवृद्ध पावल बाँच्न नै रोज्छन् (फिलिप्पी १:२४,२५) । दौड पुरा गरेका पावल अन्तमा रमाउछन् (१ तिमोथी ४:६-८) । के तपाई त्यसरी नै रमाउन चाहानुहुन्छ ?
वृद्धावस्थाकाहरुलाई आदर
“आफ्नी आमा वृद्ध हुँदा तिनलाई नत्याग” (हितोपदेश २३:२२) । आफ्नो निम्ति जीवन अर्पिएका आमा वृद्ध बन्न पुग्नुहुन्छ एकदिन । एक बेसहरा, बहिरी, अन्धी, रोगी बन्नुहुन्छ । तर उहाँलाई नत्याग्नोस्, तुच्छ नसम्झिनोस् । नहप्काउनुहोस्, आवश्यक परे बरु सम्झाउनुहोस् । आदर गर्नोस् । उहाँहरुको उपकारको बदला तिर्नोस् (१ तिमोथी ५:४) । कुरो यो पो त । कमजोरको कारण मन नपर्ने खालका अनि अनुचित किसिमका व्यवहारहरु हुन पुग्लान्, तर कमजोरहरुको दुर्वलतालाई सहनुपर्दछ (रोमी १५:१) । याकुब वृद्ध बन्न पुगे । उनका छोराहरुले आफ्ना वृद्ध बुबाको आज्ञापालन गरे र बुबालाई खुवाउनका निम्ति मिश्र देशसम्मै पुगे (उत्पत्ति ४४:२०) । छोराछोरीहरु वृद्ध बुबा मुमाका मुकुटहरु हुन् । हर्ष दिने, महिमा दिने, आदर इज्जत बढाउने मुकुट हुन् वृद्धावस्थाकाहरुलाई माया गर्ने र आदर दिने छोराछोरीहरु (हितोपदेश १७:६) । हाम्रा वृद्धाहरु खुशी होऊन्, सुखी होऊन् र हामीलाई आशिष दिऊन् जसरी इशहाकले याकूबलाई दिए । हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको महिमा होस् ।
|
|
|
|
Date:
2010-03-31 |
|
खोजिरहेथें यो पापी संसारको माझमा शान्ति
जहाँ हत्या भइरहेछ हिंसा र आतंकको क्रान्ति
पापीहरुको माझमा धर्मी बन्न खोजेथें
धर्म कर्म गरेर नाम कमाउला सोचेंथें।
तर के थाहा?
मेरा धर्म-कर्म त फहोर झुत्रा झैं रहेछन्
मैले सहनुपर्ने दन्ड त ख्रीष्टले पो सहेछन्
दु:खित र विचलित हृदय यो सुनेर रमायो
ख्रीष्टको प्रेमको बर्णन गर्न मन साह्रै अत्तालियो।
सक्तिन म बन्न आफ्ना कामहरुद्वारा धर्मी
म रहेछु घृणित, तुच्छ, पापी, कुकर्मी
जिउँदो ईश्वरलाई मरेकाहरुविच खोज्दै रहेछु
सत्य परमेश्वरलाई ढुंगासंग दाँज्दै रहेछु।
अव पाएँ मैले यो अनन्तको सत्यता
ख्रीष्टद्वारा परमेश्वरसंगको अनन्त आत्मियता
उनकै निम्ति सारा जीवन समर्पित गर्नेछु
अन्तिम सास रहुञ्जेल ख्रीष्टकै महिमा गर्नेछु।
सरिता कार्की
|
|
|
|
Date:
2010-03-27 |
|
Rita Baiju
I was born in Nigale VDC in Dhading in 1983 A.D. When I was three years old, my family got migrated to Mahadev Beshi bazar from a village. Then I started my primary level in Kopila Boarding School. After finishing grade one, I joined in class five in Shree Mahakali higher secondary school (a government school) in Simle in 1993. My father got very sick and was taken to witch doctor. But his sickness didn't improve; rather his health became worse. Then he was taken to hospital. The doctors weren't able to find out his actual disease. Doctors gave him some medicines and sent him back to home. But the medicines didn't work. My father was suffering from that type of unknown disease for almost a year. Everybody told that he won’t be alive anymore. He couldn't move, he couldn't eat, and he was lying on the bed all the time. During that time my family suffered from many problems. Sorrows and worries came upon our family. Especially my mother faced lots of difficulties.
My elder brother used to go to different places for selling clothes. At that time, My brother got tracks about “Jesus Christ”. He shared about that in the family. By then my father wanted to know more about “Jesus”. There was fellowship nearby our house. We invited some of the Christians from that fellowship. And they visited us. They shared the gospel and prayed for my father. After praying my father's health was improved. Then my father accepted Jesus as the true “God”. After few days he got well. He was completely recovered. He was saved. He believed that Jesus Christ is the personal Savior. All my family members started going to the local church. Through this reason we got an opportunity to go to church and learn about the true God. I used to go to Sunday school and used to hear many stories from The Bible, I enjoyed singing children's song. I was baptized in 1999. I knew every thing about Bible or Jesus, but at that time I didn't know whether I was saved or not? I was not confident. The Bible says in I John 5:1 “These things have I written unto you that believe on the name of the Son of God; that ye may know that ye have eternal life and that ye may believe on the name of the Son of God” and in II Corinthian 5:17 “There if any man be in Christ He is a new creature; old things are passed away; behold all things are become new”. Now, I think in that time I wasn't change because I used to get angry so badly. When somebody made me get angry, I used to take my mom's medicines. My mother is a patient of asthma since 15years and uses that medicine every day. That medicine affected me and made me weak and sleepy for almost 3-4 days. I still had bad habits which were against the teaching of Bible. I tried myself to leave those bad habits, but I couldn't.
After finishing my high school, I came to Kathmandu for further studies. Every person has his own dreams and I am also one among them, I came to fulfill my dreams. After coming to Kathmandu, I joined in 'Padma Kaynna Multiple College' in Bagbazar. I wanted to be a good singer and work in social field, so I chose music and social service as major subjects. My family supported my studies financially but I didn't want them to do for me. So I wanted to work, earn and support my studies while I stay in Kathmandu. So I tried to get job in many places. Some people had bad thoughts about me, may be because I was from lower caste. I didn't know about that. But when I found out that, I became very sad, Though I had to pray about all my problems but I didn't do that, Slowly I was depressed. I didn't share to anybody. I thought not to live any more and wanted to die. I forgot about God, I didn't look to Him. At that time, one Saturday meeting at church all were singing following song.
'jaba ma pravuko vayara jiuna thale,maile jibana santi paya..
jibanaka dherai yatraharu aafnai icchama hidirahe
maile haar samje jibanalai...' (When I began to live for the Lord I received peace. I was living for my own will and the end was the defeat.)
I started to cry and I realized that I am not in Christ. If I was in Christ I should have peace in my heart in all the situations bad or good. And I started to pray 'dear Lord please forgive me, I am coming to you help me God' and from that day I devoted my life to the Lord and I decided I will live for him. I knew that I was saved through the Lord and believed that God is with me today and for forever. And I started to study bible myself and attended bible classes also. It helped me to grow in God in my spiritual life. From that day I have peace in my heart. My favorite Bible verse is John 14:27 which says, 'Peace I leave with you, My peace I gave on to you, not as the world giveth, give I unto you. Let not your heart be troubled, neither let it be afraid'.
At last I surrendered my life to God and started to serve the Lord in daily life. From that time I began to share the Gospel, started giving the testimony of what God has done in my life. And God gave me an opportunity to teach the bible classes in Sunday school and also when I got opportunity I visited branch churches in the villages in order to share my testimony, gospel and also to encourage them.
Every person is precious in God's sight, but they don't know about that. God has a plan for every person. But we don't care. And this will make our lives hard while living in this world. So, we should know what is our job and responsibility while we stay in this world. Now I am so glad that God is helping me in all the ways of my life. I am always thankful to God. Now, I don't want to live for myself, but for others. I want to fulfill His desire in my life and want to serve Him more and more. I fill it from my heart that God has a plan for me and that He wants to work through me.
|
|
|
|
Date:
2010-03-27 |
|
God be with you all. By his graces and mercies Ebenezer church is standing for the truth being the testimony of Jesus as Acts 1:8 says. Reguler church services and the house fellowships and going on well along with visitation in the village churches. Recently we were able to join in a holy matrimony in Palpa Birkot. The Lord had given us opportunity to preach in the funeral service in Jagadanda among village belivers. The Lord is good.
We had a long trip to Ilam for a week with the young people in the church. We had opportunities to preach the word of God on the way. We met our beloved brethren on the way serving the Lord in the local churches. Karna and Ramila are serving the Lord in Sarlahi. Shanti Rai is serving in the Lord in Surunga, Jhapa. They were so much pleased to see us. They were old members of Ebenezer in the past days.
Soon we are having annual service in Ebenezer on day of Nepali new year, 2067 B.S. We are having baptism service on that day along with the thanksgiving service for the silver year ministry of me, brother Ganesh and my wife Meena. It's been 25 years serving the Lord as being full time workers in Ebenezer in last July. The Lord was gracious toward us in our lives and the ministries. May God bless you as you pray for us. Amen
Ps. U. J. Gurung
|
|
|
|
|
|