हामीसँग भविष्यवाणीको अझ पक्का वचन पनि छ, जसलाई दिनको उज्यालो नखसुन्जेल, र तिमीहरुका हृदयहरुमा बिहानको तारा नउदाउन्जेल अँध्यारो ठाउँमा चम्किने ज्योतिलाई झैँ तिमीहरुले ध्यान दिएर असल गर्दछौ। २ पत्रुस १:१९
HomeAbout UsQ & AFeedback
 
News समाचार
Articles समसामयिक लेख
Sermons प्रवचन
Bible Studies बाइबल अध्ययन
Testimonials साक्षी वचनहरू
History इतिहास
Book Review पुस्तक समीक्षा
Literatures साहित्य
Prayers प्रार्थना
Photo Gallery फोटोहरु
 

 

अध्ययन सामाग्रीहरुका लागि

wordoftruth.com.np

Bible Doctrines

False Doctrines

नेपाली ईशाई पत्रिका 'एनोन' नियमित रुपमा पढ्नुहोस्।  सम्पर्क

बाइबल, ख्रीष्टिय जीवन तथा जीवन सम्बन्धि प्रश्नोत्तरहरुको सङगालो 'मुहान' पढ्नुहोस्। सम्पर्क

 


प्रत्येक शनिबार ११ बजे संचालन हुने एवेनेजर आराधना सभामा हार्दिक स्वागत गरिन्छ। सम्पर्क

 


Greeting Cards

 

 

 

 
Articles   समसामयिक लेख
ईश्वरीय उद्देश्य Date: 2009-12-20
आदर्श जंग गुरुङ

एउटा कुमालेले केही उद्देश्य राखेर नै भाँडा बनाउँछ। त्यसरी नै परमेश्वरले पनि केही उद्देश्यका साथ हामीलाई सृष्टि गर्नुभएको छ। अझै हामी पापहरुमा हराएकाहरुलाई उद्धार दिई हाम्रो जीवनमा विशेष उद्देश्य राख्नुभएको छ। हामी धेरैपल्ट हाम्रो जीवनमा ईश्वरीय उद्देश्यको बारेमा भ्रममा पर्छौं। हामी विश्वासीहरु कोही सोच्छौं कि, मिशनरी हुनु ईश्वरीय उद्देश्य हो या सुसमाचार प्रचार गर्नु वा उहाँको सेवक बन्नु नै ईश्वरीय उद्देश्य हो। हामी के सोच्छौं त्यो महत्वपूर्ण होइन तर परमेश्वर के भन्नुहुन्छ त्यो महत्वपूर्ण छ। परमेश्वरलाई धन्यवाद होस् कि उहाँले आफ्नो वचनमा आफ्ना जनहरुका निम्ति उहाँको उद्देश्य प्रकट गर्नुभएको छ। उहाँको वचन अनुसार प्रत्येक विश्वासीलाई ख्रीष्टको स्वभावमा ढाल्नु नै परमेश्वरको मुख्य उद्देश्य हो (गलाती ४:१९)। हामीहरु पुत्रको रुपमा ढालिऔं भनेर पहिले नै ठहराइएका छौं (रोमी ८:२९)। त्यसैले ख्रीष्टजस्तै बनिंदै जानु नै हाम्रो जीवनमा ईश्वरीय उद्देश्य हो।

येशू ख्रीष्टको स्वभाव हामीमा विकास हुनु आवश्यक छ। ख्रीष्ट येशूमा भएको जस्तो मन हामीमा पनि हुनु परेको छ (फिलिप्पि २:५-७)। उहाँको स्वभाव, मृत्युको स्वभाव थियो। उहाँले आफूलाई रित्तो पार्नुभयो र क्रुसको मृत्युसम्मै होचिनुभयो। हामीमा पनि यस्तै स्वभाव विकास हुनु नै ईश्वरीय उद्देश्य हो। उहाँको पछि लाग्नाले नै हामी उहाँको स्वभावहरु सिक्न सक्छौं। उहाँको पछि लाग्न हामीले आफैलाई इन्कार गर्नुपर्छ (लूका ९:२३), हाम्रो अहङ्कार मर्नुपर्छ। येशू ख्रीष्ट यस संसारमा जिउनु हुँदा थोरै मात्र फल पइदा भयो, उहाँले केहीलाई निको पार्नुभयो, केहीलाई खुवाउनुभयो तर उहाँको मृत्युले हामी सारा मानव जातिको निम्ति मुक्तिको प्रबन्ध भयो। यसकारण हामी पनि ख्रीष्टको समानतामा बढ्न चाहान्छौं भने हाम्रो मृत्यु हुनु आवश्यक छ, अंहको मृत्यु। मृत्युद्वारा नै हामी धेरै फल फलाउँछौं (यूहन्ना १२:२४)।

वास्तवमा हामी क्रुसमा टांगिनु पर्छ र ख्रीष्ट हामीभित्र जिउनुपर्छ अनि मात्रै ईश्वरीय उद्देश्य हामीमा पूरा हुन सक्छ (गलाती २:२०)। हाम्रो पुरानो मान्छे उहाँसँगै क्रुसमा टांगिनुपर्छ र पापको दासमा अब हामी चल्नुहुन्न (रोमी ६:६)। ख्रीष्टको इच्छालाई जान्दै उहाँबाट सिक्न सकौं भनेर हामीमा उहाँको जस्तै होचिएको र विनम्र मन हुनुपर्छ। हामीले आफ्नो निम्ति ईश्वरीय उद्देश्य कहिल्यै भुल्नुहुँदैन अर्थात् विश्वासीलाई ख्रीष्टको स्वभावमा निर्माण गर्नू। यसको लागि सर्वप्रथम त हामीमा ख्रीष्टको जस्तै मन हुनु आवश्यक छ र २ कोरन्थी ३:१८ मा लेखिएझैं प्रभुद्वारा हामी एक महिमादेखि अर्को महिमामा सर्दै त्यही रुपमा बदलिँदै जानुपर्छ। यसको निम्ति नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तै हेरिरहनु जरुरी छ। ख्रीष्ट जस्तै हुन ख्रीष्ट कस्तो हुनुहुन्छ भन्ने जान्नुपर्छ। उहाँको स्वभावहरु हाम्रो जीवनमा विकास गर्दै गर्दै हामी एक महिमादेखि अर्को महिमामा ख्रीष्टको समानतामा बढ्दै जान सक्छौं।

त्यसैले परमेश्वरको मुख्य उद्देश्य हाम्रो जीवनको लागि ख्रीष्टको समानतामा बनाउँदै जानु भएकोले ख्रीष्टमा जुन मन थियो त्यही मन हामीमा विकास गर्दै, दिनहुँ आफूलाई मार्दै, ख्रीष्टको समानतामा एक महिमादेखि अर्को महिमामा सर्दै ख्रीष्टको रुपमा बद्लिनु नै हाम्रो जीवनमा ईश्वरीय उद्देश्य हो।


Editor: Pastor U. J. Gurung. Web Master: Adarsha J. Gurung. Contact us at 9841202110 or 016913929 for more details. You can also mail us at Post Box No. 8973 NPC 200, Kathmandu, Nepal.