हामीसँग भविष्यवाणीको अझ पक्का वचन पनि छ, जसलाई दिनको उज्यालो नखसुन्जेल, र तिमीहरुका हृदयहरुमा बिहानको तारा नउदाउन्जेल अँध्यारो ठाउँमा चम्किने ज्योतिलाई झैँ तिमीहरुले ध्यान दिएर असल गर्दछौ। २ पत्रुस १:१९
HomeAbout UsQ & AFeedback
 
News समाचार
Articles समसामयिक लेख
Sermons प्रवचन
Bible Studies बाइबल अध्ययन
Testimonials साक्षी वचनहरू
History इतिहास
Book Review पुस्तक समीक्षा
Literatures साहित्य
Prayers प्रार्थना
Photo Gallery फोटोहरु
 

 

अध्ययन सामाग्रीहरुका लागि

wordoftruth.com.np

Bible Doctrines

False Doctrines

नेपाली ईशाई पत्रिका 'एनोन' नियमित रुपमा पढ्नुहोस्।  सम्पर्क

बाइबल, ख्रीष्टिय जीवन तथा जीवन सम्बन्धि प्रश्नोत्तरहरुको सङगालो 'मुहान' पढ्नुहोस्। सम्पर्क

 


प्रत्येक शनिबार ११ बजे संचालन हुने एवेनेजर आराधना सभामा हार्दिक स्वागत गरिन्छ। सम्पर्क

 


Greeting Cards

 

 

 

 
Bible Studies   बाइबल अध्ययन
पवित्र आत्माको वासस्थान र भरपुरी (Bible Studies) Date: 2009-03-30
यू. जे. गुरुङ

ख्रीष्टिय जीवनमा पवित्र आत्माले गर्ने दुई महत्वपूर्ण अनि आशिषमय कार्यहरु पवित्र आत्माको बासस्थान र भरपुरी हुन्। यी दुई कार्यहरु आपसमा भिन्न छन्, जो क्रमश: मुक्ति र सेवासंग सम्बन्धित छन्।

क. पवित्र आत्माको बासस्थान

१. पवित्र आत्माको बासस्थानको बाइबलीय आधार: रोमी ८:९, ११; १ कोरिन्थी ६:१९;
याकुव ४:५; २ तिमोथी १:१४; १ यूहन्ना ३:२४; १ यूहन्ना ४:४,१३।
२. सबै विश्वासीहरुमा पवित्र आत्माको बासस्थान
सबै स्थानका सबै विश्वासीहरुमा मुक्तिको समयदेखि पवित्र आत्माको बासस्थान हुन्छ।
अ. पवित्र आत्मा वरदान हो; यूहन्ना ७:३७-३९; प्रेरित ११:१७; रोमी ५:५; १ कोरिन्थी २:१२।
आ. पवित्र आत्माको अनुपस्थिति उद्धार नपाउनुको प्रमाण हो; रोमी ८:९; प्रेरित १९:२-५,
यहुदा १९।
इ. पाप गरेका ईशाईहरुसंग पनि पवित्र आत्मा हुनुहुन्छ, १ कोरिन्थी ६:१९।
३. पवित्र आत्माको बासस्थानको बाइबलीय समयरेखा
अ. पुरानो नियमका विश्वासीहरुले पवित्र आत्माको उपस्थितिको अनुभव पाएनन्।

पवित्र आत्माको उपस्थिति उनीहरुमा आंशिक, समय समयमा र विशेष रुपमा मात्र थियो, न्यायकर्ता १३:२४,२५; १ शमूएल १०:६; १ शमूएल १६:१३। ती समयहरुमा पवित्र आत्मा तिनीहरु ‘भित्र’ नभई तिनीहरु ‘माथि’ वा संग रहनुहुन्थ्यो। पवित्र आत्माले उनीहरुका जीवनमा काम गर्नुभयो, उनीहरुलाई भरपुर गर्नुभयो, उनीहरुसंग रहनुभयो। तर उहाँको उपस्थिति उनीहरुबाट हट्न सक्दथ्यो, भजन संग्रह ५१:११; १ शमूएल ११:६; १६:१४। प्रेरितहरुमा पेन्तिकोसको दिनअघि पवित्र आत्माको बासस्थान थिएन, यूहन्ना १४:१७।
आ. पवित्र आत्मा एक ईशाईभित्र रहने कार्य पेन्तिकोसबाट शुरु भयो। पवित्र आत्मा पठाउनु पिताको प्रतिज्ञा, यूहन्ना १४:१७; १४:१७। पिताको प्रतिज्ञा र पवित्र आत्माको बप्तिस्मा भन्नु उही हो, प्रेरित १:४,५; प्रेरित २:३,४; प्रेरित १०:१७। विश्वास गरेपछि पवित्र आत्मा एक ख्रीष्टियन ‘भित्र’ बास बस्नुहुन्छ, प्रेरित १:१३,१४।

ख. पवित्र आत्माको भरपुरी

पवित्र आत्माको भरपुरी भन्नाले पवित्र आत्माको नियन्त्रणमा रहनु हो, एफिसी ५:१८।
१. पवित्र आत्माको भरपुरीको आवश्यकता, जकरिया ४:६; प्रेरित १:८।
२. ख्रीष्टियनहरुमा पवित्र आत्माको भरपुरी नहुनुका कारण, एफिसी ४:३०; १ तिमोथी २:१९-२२।
३. पवित्र आत्माको भरपुरीको उपाय: पवित्र आत्मामा सुम्पिदेऊ; गलाती ५:१६, १७; याकूब ४:५; रोमी ६:१३,१६। रोमी ६:६-८।
४. पवित्र आत्माका भरपुरीका कार्यहरु:
अ. अन्यभाषामा बोले, प्रेरित २:४।
आ. ‘येशू र उहाँ क्रूसमा टाँगिएको प्रचार’ साहससंग गरे, प्रेरित ४:८,१३।
इ. परमेश्वरको वचन साहससंग बोले, प्रेरित ४:३१।
ई. धार्मिकताका वैरीलाई हप्काए, प्रेरित १३:९।
उ. पवित्र आत्माको भरपुरीको शिलशिलामा प्रभुका निम्ति हृदयमा गाओ भनिएको छ। साथै सबै कुराहरुमा सधैं धन्यवाद चढाउन र परमेश्वरको डरमा एकार्काका अधीनमा बस्न भनिएको छ, एफेसी ५:१८-२१। यसको लगत्तै पारिवारिक सम्बन्धहरुमा ईशाई कर्तव्यहरु उल्लेख भएका छन्।

पवित्र आत्माको भरिपुरी भन्नु पवित्र आत्माको पूर्ण नियन्त्रणमा रहनु हो। उहाँको नियन्त्रणमा कोही रहनु भनेको उहाँको इच्छा र योजनामा चलाइनु हो। उहाँको योजनामा केवल अन्यभाषा मात्र बोलिरहनुमा थिएन तर परमेश्वरको वचन बोल्नु थियो। पवित्र आत्माको प्रमुख उद्देश्य वास्तवमा आज परमेश्वरको वचन बोल्नु नै हो। उहाँको वचन साहसंग बोलेको पवित्र आत्मा चाहानुहुन्छ। जब हामी परमेश्वरबाट प्राप्त संदेशलाई पक्का रुपमा बुझ्दछौं र सो बोल्नु उहाँको इच्छा हो भन्ने कुरामा पक्का हुन्छौं। हामी सो बोल्नका निम्ति पवित्र आत्मामा सुम्पिदिन सक्दछौं। फलस्वरुप हामी हाम्रा प्रचारहरुमा पवित्र आत्माद्वारा चलाइन सक्दछौं अर्थात् उहाँको भरपुरीमा हामी वचन प्रचार गर्नेछौं। पवित्र आत्मा मण्डलीका प्रत्येक सदस्यलाई चलाउन चाहानुहुन्छ। सबैले प्रभुका निम्ति पवित्र आत्माको भरपुरीमा गाउन सक्दछन्। पवित्र आत्माको भरपुरीका कारण उहाँका जनहरु उहाँमा धन्यवादी हुन सक्दछन्। पवित्र आत्माको भरपुरीमा उहाँका जनहरु एकार्काको अधीनमा रहन सक्दछन्। उही भरपुरीका कारण परिवारमा पति-पत्नीवीचका सम्बन्धहरु, बाबा-आमा र छोरा-छोरीहरुवीचका सम्बन्धहरु सिद्ध हुन्छन्।




Editor: Pastor U. J. Gurung. Web Master: Adarsha J. Gurung. Contact us at 9841202110 or 016913929 for more details. You can also mail us at Post Box No. 8973 NPC 200, Kathmandu, Nepal.