|
|
| Bible Studies बाइबल अध्ययन |
|
यहुदाको पत्र |
Date:
2008-06-12 |
|
मुख्य उद्देश्य: विश्वासका निम्ति संघर्ष।
चावी पद: १:३,४।
१. अभिवादन १:१,२
१:१ येशू ख्रीष्टको दास, याकुवको भाइ: येशूको भाई, मर्कुस ६:३; गलाती १:१९। शुरुमा येशूका भाईहरुले उहाँमा विश्वास गरेनन्, यूहन्ना ७:५। तर पुतरुत्थानपछि उनीहरुले उहाँमा विश्वास गरे, प्रेरित १:१४। उनी आफूलाई येशूको भाईको रुपमा नभई उहाँको दासको रुपमा प्रश्तुत गर्दछन्, यहुदा १:१। ख्रीष्टमा हुनेहरुको यो सुन्दर नमुना हो। एक विनम्र सेवकको साक्षी। बोलाइएका: परमेश्वरको प्रभावकारी बोलावट जसले विश्वास गर्नेहरुका अनन्त शुरक्षा पक्का गर्दछ। पवित्र पारिएका: परमेश्वरका निम्ति अलग गरिएका। यसलाई धेरै अनुवादहरुमा “परमेश्वरमा प्रिय” भनिएको छ। पिताको प्रेम नै चेलाहरु प्रिय हुनुको मुख्य तत्व हो, १;२१। येशू ख्रीष्टमा शुरक्षित: “शुरक्षित राखिएको”। ख्रीष्टमा भएकाहरुका निम्ति निरन्तर शुरक्षा छ। मुक्तिको निश्चयता दिइएको छ।
१:२ कृपा: आशारहित अवस्थामा आवश्यक। ख्रीष्टको कृपा, १:२१ ले मानिस आफ्नो पापी अवस्थाबाट बचाइन्छ। शान्ति: पवित्र आत्माबाट शान्ति दिइन्छ, यूहन्ना १४:१६। प्रेम: परमेश्वरबाट शान्ति, १:२१। त्रिएक परमेश्ररबाट यी कुराहरु प्रशस्त हुँदै जाऊन्।
२. विश्वासको रक्षार्थ अर्ती १:३,४
१:३ हर प्रकारले प्रयत्न: सेवकहरुले सिकाउनका निम्ति सारा प्रयत्न गरेझैं पवित्र जनहरुले पनि ख्रीष्टियन अनुग्रहहरु पाउन प्रयत्न गर्नुपर्दछ, २ पत्रुस १:५; साथै बोलावट र चुनाउ पक्का गर्न, २ पत्रुस १:१०। साझा मुक्ति: येशू ख्रीष्टको धार्मिकताबाट प्राप्त मुक्ति। जो ख्रीष्टको बहुमुल्य रगतद्वारा किनिएको, १ पत्रुस १:१९। सुम्पिएको विश्वास: बहुमुल्य विश्वास, २ पत्रुस १:१; बहुमुल्य जाँचद्वारा जाँचिने, १ पत्रुस १:७। यत्नपूर्वक संघर्ष: फिलिप्पी १:२७।
१:४ लुकिछिपि भित्र पसेका कति मानिसहरु: गिल्ला गर्नेहरुको सम्बन्धमा प्रेरितहरुको अगमवाणी १:१७-१९। पत्रुस: २ पत्रुस २:१; २ पत्रुस ३:३। पावल: १ तिमोथी ४:१; २ तिमोथी ३:१। यही दण्ड: अभक्तिहरुको परिणाम सम्बन्धमा हनोकको अगमवाणी १:१४-१६। हाम्रा परमेश्वरको अनुग्रह: विश्वासीहरुका निम्ति मीठो बाक्यंश। एक मात्र मालिक परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टलाई इन्कार: २ पत्रुस २:१। उहाँको प्रायश्चितपूर्ण वलिदानलाई अस्वीकार, १ यूहन्ना ४:३।
३. परमेश्वरले पाप विरुद्ध गर्नुभएको विगतका कारवाहीहरुद्वारा चेतावनी १:५-७
क. इस्रायलको अविश्वास विरुद्ध सजाय १:५
१:५ प्रभु: येशू, १ कोरिन्थी १०:४। बचाई: शुरक्षित अवस्थामा ल्याउनु। विश्वास गरेनन्: अविश्वास ज्यादै ठूलो पाप हो।
ख. पतीत स्वर्गदूतहरु र सदोमीहरुको परिणाम १:६,७
१:६ पहिलो पद थामेनन्: सुम्पिएको स्थानमा संतुष्ट रहेनन्, अझ उच्च स्थानको लासला गरे र दण्डित भए, २ पत्रुस २:४। स्वर्गदूतहरु मानिसका छोरीहरुसंग व्यभिचारमा गएको नभई ती दूतहरु दिइएको स्थानमा खुशी नभएर आफ्ना महत्वाकांक्षाहरुमा तिनीहरुका चाहना परमेश्वर भन्दा बाहिर गए र ती पतन भए। सदोमीहरु पनि आत्मिक रुपमा परमेश्वरबाट टाढा भए र तिनले परमेश्वरको विरुद्धमा पाप गरे। साङ्लाहरुमा: शक्ति नियन्त्रण गरियो, सीमा भित्र राखियो, जसरी साङ्लामा बाँधिएको कुकुरको क्षेत्र र शक्ति सिमित पारिएको हुन्छ।
१:७ जसरी सदोम र गमोरा – व्यभिचारका निम्ति: परमेश्वरको स्थितिबाट एकातिर लागेको। अनन्त आगो: अनन्त आगोको नमूना, जुन आगोले सदोमलाई पूर्णतया ध्वस्त पार्यो अनि त्यो आज मृत्यु सागरको पीँधमा विलिन बनेको छ। भयानक दण्डको यो एक नमूना बनेको छ।
४. झूटा शिक्षकहरुका चरित्रहरु १:८-१३
१:८ स्वप्नदर्शीहरु: आत्मिक रुपले निदाएकाहरु भएकाले शरीरका सबै कृयाकलापहरु सपना हुन्,
१ थिस्सलोनिकी ५:६,७। ती सपनामा नै भएकाले प्रभुतालाई तुच्छ ठन्छन्, उच्च पदाधिकारीहरुलाई निन्दा गर्दछन्, किनकि जे ती बोल्दछन् सो तिनीहरु जान्दैनन्।
१:९ प्रधान स्वर्गदूत मिकाएल: यो शब्दको अर्थ ‘परमेश्वर जस्तै व्यक्ति’ भन्ने हुन्छ। नयाँ नियममा यो शब्दको प्रयोग यस बाहेक केवल एक ठाउँमा मात्र भएको छ, १ थिस्सलोनिकी ४:१६ जसमा प्रधान दूत येशू भन्दा फरक व्यक्तिको रुपमा प्रश्तुत भएको छ। त्यसैले ख्रीष्ट प्रधान स्वर्गदूत होइन। मिकाएल नै प्रधान स्वर्गदूत हुन् जसलाई दानियल १०:१३ मा प्रधान राजकुमारहरु मध्ये एक भनिएको छ। प्रकाश १२:७ मा मिकाएलले शैतान विरुद्धको लडाईँमा नेतृत्व गरेका छन्। मोशाको शरीर: बास्तविक शरीरको बौरिउठाईको बारेमा विवाद। उनको शरीर बौरिउठाइएको थियो, व्यवस्था ३४:६; मत्ती १७:३। मृत्युको शक्ति धारण गर्ने शैतान मोशाको शरीर नाश गर्न चाहान्थे। त्यसबेला पनि मिकाएलले निन्दापूर्ण दोष दिन चाहेनन्।
१:१० जुन कुराहरु जान्दैनन्: आत्मिक कुराहरु जान्दैनन्। २ पत्रुस २:१२।
१:११ धिक्कार: श्रापित, २ पत्रुस २:१४। कैन: हत्यारा जसको जरा डाहा र घृणा थियो।
वालाम: ज्याला प्रेमी। कोरह: लेवी, आफ्नो सेवाकाईमा असन्तुष्ट बने र पुजाहारीको कामको दावी गरे। फलस्वरुप परमप्रभुको सामु धुप ल्याउँदा मारिए। बिरोध गराई: जस्तो बीउ उस्तै कटनी।
५. अगमवाणीहरु १:१४-१९
क. अभक्तिहरुको परिणाम सम्बन्धमा हनोकको अगमवाणी १:१४-१६
ख. गिल्ला गर्नेहरुको सम्बन्धमा प्रेरितहरुको अगमवाणी १:१७-१९
६. ख्रीष्टियन कर्तव्यहरु १:२०-२३
क. पवित्र विश्वासमा उन्नति, प्रार्थनामयी जीवन १:२०
१:२० पवित्र विश्वासमा उन्नति गर: १:१९ को उल्टो, अलग रहनुको सट्टा बनिदै जानु।
पवित्र आत्मामा प्रार्थना: रोमी ८:२६। पवित्र आत्माले हामीले के र कसरी प्रार्थना गर्ने सो सिकाउनु हुन्छ। पवित्र आत्मा नभएसम्म कसैले पनि सहि प्रकारले प्रार्थना गर्न सक्दैन।
ख. परमेश्वरप्रतिको प्रेम, अनन्त जीवनका निम्ति ख्रीष्टमा भरोसा १:२१
१:२१ परमेश्वरको प्रेममा लगाइराख: आफ्नै शक्तिमा होइन तर परमेश्वरको प्रेममा। शुरक्षाको पक्का निश्चयता परमेश्वरको प्रेममा मात्र छ। मानिस जागा रहन सक्छ तर केवल परमेश्वरको प्रेमले ऊ शुरक्षित रहन्छ। आशारहित अवस्थामा आवश्यक। ख्रीष्टको कृपा, १:२१ ले मानिस आफ्नो पापी अवस्थाबाट बचाइन्छ। ख्रीष्टको कृपा उहाँको आगमनमा पूर्ण रुपमा प्रकट गरिनेछ।
ग. प्राण जित्ने कार्य १:२२,२३
१:२२ भिन्नता राखेर: आफूलाई अलग राखेर। कसैलाई दया गर: जसले आफूलाई शुरक्षित राख्छ उसैले अरुलाई बचाउन सक्दछ।
१:२३ डरको साथ बचाओ: आफूलाई लोट्न बाट बचाउँदै। वस्त्र: वस्त्र छोएर चंगाई, मत्ती ९:२०,२१; प्रेरित १९:१२। त्यसरी नै चित्रणात्मक रुपमा पापीहरुका वस्त्रले पनि खराव असर पार्दछन्। दुष्टहरुको सारा खराव चालहरुबाट अलग रहनुपर्दछ।
७. अभिवादन १:२४,२५
१:२४, २५ लोट्नदेखि बचाउन: ठेस खानबाट बचाउन। महिमाको सामु: जब उहाँ महिमामा प्रकट हुनुहुनेछ। ख्रीष्ट येशूला महिमा भइरहुन्।
पा. यू. जे. गुरुङ
|
|
|
|
|