|
|
| News समाचार |
| |
Date:
2010-07-23 |
|
|
अधिकांश गाविसहरुलाई जोड्ने गरी नेपालमा जसरी मोटरबाटोको विकास भइरहेछ यसमा परमेश्वरको ठूलो योजना छ। ख्रीष्टको महान आज्ञा पूरा गर्नको निम्ति मार्ग प्रशस्त गर्न यस्तो भएको हो। फलस्वरुप हाल नेपालका पहाडी भूभागहरुमा लगभग प्राय: गाउँहरुमा सुसमाचार पुग्यो र ठूलो संख्यामा चर्चहरुको स्थापना भइरहेछ। परमेश्वरको अनुग्रहद्वारा बाइबलीय मण्डलीहरुको स्थापनाका निम्ति परमेश्वरले आफ्ना विश्वासयोग्य जनहरुलाई परिचालित गर्नुभएको होस् जसले व्यक्तिगत स्वार्थबाट उठेर ख्रीष्टको महिमाको निम्ति सेवाकाईलाई अघि बढाऊन्।
परमेश्वरले एवेनेजरलाई निरन्तर रुपमा ख्रीष्टको महान आज्ञा पूरा गर्न प्रयोग गरिरहनुभएको होस्। यस उद्देश्यका निम्ति विश्वासयोग्य कारिन्दाहरुको आवश्यकता पर्दछ मण्डलीलाई। कारिन्दाहरु विश्वासयोग्य पाइयोस् भन्ने परमेश्वरको इच्छा हो, १ कोरिन्थी ४:१,२। जसलाई सेवाकाईको जिम्मा दिइयो उही त्यसको मालिक बन्ने जस्ता सांसारिक कृयाकलापले परमेश्वरलाई महिमा दिंदैन। आज फसल प्रशस्त छ तर विश्वासयोग्य खेतालाहरुको अभाव छ। फसलका मालिक पवित्र आत्माले खेतालाहरु गाउँ गाउँ पठाउनु भएको होस् जसले परमेश्वरको सम्पत्ति माथि हक चलाउनेछैनन् तर बगालका निम्ति नमूना बन्नेछन्, १ पत्रुस ५:३।
पा. यू. जे. गुरुङ
|
|
|
| |
Date:
2010-05-08 |
|
|
आज एवेनेजर युवा सभाले २०६७ का निम्ति युवा संयोजकहरुको चयन गरेको छ। लगभग ५० जना युवाहरुको सभाले यस वर्षका युवा सेवाहरुको निम्ति याकुव तामाङ, सुनिता निरौला तथा आनन्दी गुरुङलाई चयन गरेको छ। युवाहरुको वीचको सेवालाई अझै प्रभावकारी बनाई युवा संगतिहरुलाई अरु विस्तृत गर्दै लैजाने जिम्मेवारी युवाहरुको तर्फबाट नीजहरुले जिम्मेवारी प्राप्त गरेकान्। गत वर्षक युवा संयोजकहरुमा याकुव तामाङ र सुनिता निरौला हुनुहुन्थ्यो भने यस वर्षको चुनावमा सुनिता निरौला र आनन्दी गुरुङले बराबर मत प्राप्त गरी दुबै नै संयोजकहरुको रुपमा चुनिनुभएको छ। उहाँहरुको सेवाद्वारा परमेश्वरको महिमा होस् युवाहरुवीच। आमेन।
|
|
|
| |
Date:
2010-04-23 |
|
|
गत साउन १०, २०६६ मा पास्टर यू्. जे. गुरुङको सेवाकाई २५ वर्ष पूरा भई २६ मा लागेको हो। यसै उपलक्षमा एवेनेजर चर्च, कोटेश्वर काठमाडौंले उहाँ लगायत श्रीमति मीना गुरुङ तथा एल्डर गणेश बहादुर तामाङ गरी तीनै जनाको सेवाकाईले रजत वर्ष पूरा गरेकोमा धन्यवाद कार्यक्रम सम्पन्न गरेको छ। यस उपलक्षमा मण्डलीले उहाँहरुलाई सेवाकाईको रजत वर्ष पूरा भएकोमा प्रमाण-पत्र तथा उपहारहरु प्रदान गरेको थियो। उक्त अवसरमा उहाँहरु तीनै जनाले विगत २५ वर्षको सेवाकाई अनुभव बाँड्नुभएको थियो।
परमेश्वर विश्वासयोग्य हुनुहुन्छ जसले आफ्ना जनहरुको सेवालाई आशिष दिनुहुन्छ। विगत २५ वर्षको सेवाकाई सहज रुपमा सम्पन्न भयो उहाँको अनुग्रहद्वारा। चुनौतिहरु धेरै थिए। तर अनुग्रह अझ प्रशस्त थियो। पा. यू. जे. गुरुङ र श्रीमति मीना गुरुङ पूर्णकालीन सेवकाहरुको रुपमा विगत २५ वर्षदेखि एवेनेजरमा सेवारत हुनुहुन्छ। निरन्तर एउटै मण्डलीमा रहि सेवाकाई गर्न प्रशस्त धैर्यको खाँचो पर्न आउँछ। परमेश्वरको प्रशस्त मात्रामा धैर्यधारण गर्ने क्षमता प्रदान गर्नुभयो। परमेश्वरलाई धन्यवाद होस्। त्यसरी नै एल्डर गणेश बहादुर तामाङ एवेनेजरको सेवाकाईमा रही मिसिनरीको रुपमा निरन्तर लागिरहनुभयो। सबै खाले परिस्थिति वीच स्थिर रहन प्रभुले अनुग्रह प्रदान गर्नु भयो। उहाँलाई सेवाकाईमा साथ दिनुहुने उहाँकी श्रीमति विमालाई पनि एवेनेजरले उपहारहरु दिई सम्मान गरेको थियो। परमेश्वरलाई धन्यवाद होस् उहाँको विश्वासनीयताको निम्ति।
|
|
|
| |
Date:
2010-04-09 |
|
|
ऋतुहरुमा सुन्दर बसन्त ऋतु आएको छ। समग्र धर्तीमा नयाँ आशा पलाएको छ। यो परमेश्वरको सुन्दर कलाको अनुभूति गर्ने समय हो धन्यवादी हुन फेरि परमेश्वरको प्रेमको पुनर्संझना गर्ने बेला हो यो। यसै अवसरमा हरेक वर्ष झैं यस वर्ष पनि एवेनेजर मण्डली कोटेश्वरमा बसन्तकालीन सभा सम्पन्न हुँदैछ। यही बैसाख १ गते सम्पन्न हुने उक्त सभामा आफ्ना पापहरुबाट पश्चात्ताप गरी ख्रीष्ट येशूमा विश्वास गर्नेहरुका निम्ति बप्तिस्मा कार्यक्रम पनि हुँदैछ। साथै उक्त दिन साउथ एशिया प्रिचर्स कलेजको दीक्षान्त कार्यक्रम सम्पन्न गरिदैछ। प्रार्थना र धन्यवादहरुका निम्ति यहाँहरुलाई सहर्ष जानाकारी गराइन्छ।
परमेश्वरको सेवामा समर्पित भई सेवा गर्दै आइरहेको गत साउन २०६६ मा २५ वर्ष पूरा भएको छ म मेरी श्रीमति र गणेश दाईको। सेवाकाईको रजत वर्षको उपलक्षमा धन्यवाद दिने कार्यक्रम पनि त्यही दिन सम्पन्न हुँदैछ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। उहाँको विश्वासनीयत अवर्णनीय छ। उहाँको महिमा हाम्रा जीवनहरुमा भइरहोस्।
|
|
|
| |
Date:
2010-03-11 |
|
|
म लगायत एवेनेजर, एल-एलियोनका युवाहरुको नेपालकै सुदुरपूर्वी जिल्ला इलाम सम्मको मोटोर बाइक यात्रा हालै सम्पन्न भएको छ। यात्रीहरुले काठमाडौं-इलाम-काठमाडौं (काँकाडभिट्टा, धरान, भेडेटार आदिसहित) यात्रामा १३०७ कि.मि. दुरी पार गरेको थियो। प्रेम आले (महादेववेसी), पवन घटानी (काठमाडौं), अभिषेक अधिकारी (काठमाडौं), प्रदिप परियार (काठमाडौं), ग्रीम आले (हेटौंडा), सविन बैजू (हेटौंडा), सूर्य आले (महादेववेसी) र म यू. जे. गुरुङ सहितको टोलीको यस यात्रामा काठमाडौं इलाम मार्गमा पर्ने मण्डलीहरुको अवलोकन अध्ययन पनि सम्पन्न गरेको थियो। नेपालको चारकोसे जंगल, सप्तकोशी, इलामका प्राकृतिक सौन्दर्य, आधुनिक चिया बगानहरु, काँकाडभिट्टाको चहलपहल, धरान भेडेटार छुट्टै पहिचान यात्राका विशेष आकर्षणहरु थिए। साथे पालुङ चर्च पास्टर प्रदेश श्रेष्ठको परिवार, हेटौंडा रहेका सविन बैजूको परिवार, ग्रीम आलेको परिवार, गणेश लामाको परिवार अनि सर्लाही नवलपुरका कर्ण रमिला जोशी परिवारसंगका समयहरु अविस्मरणीय रहे। त्यसरी नै झापा सुरुंगाका पास्टर सी. वी. देवान तथा शान्ति देवान परिवार र स्वतन्त्र बप्तिस्ट मण्डलीसंगको समय महत्वपूर्ण बन्यो। हामीले उहाँहरुमा वचनको सेवा गर्ने अवसर पायौं। उहाँहरुले मण्डलीमा विशेष सभाको आयोजना समेत गर्नुभएको थियो। साथै आगामी समयहरुमा उहाँहरुले वचनको सेवाहरुको निम्ति अनुरोध गर्नुभएको छ।
इलामका केही मण्डलीहरुसंगको वाचचित र भलाकुसारीहरुले त्यस क्षेत्रका मण्डलीहरुको आत्मिक अवस्था बुझ्न मद्दत गर्योी। मण्डलीहरुलाई बाइबलीय शिक्षाको आवश्यकता टडकारो देखिएको छ। काँकाडभिट्टा पारी पानीटैंकीमा गरिएको मण्डलीहरुको अध्ययनले हामीलाई सचेत तुल्यायो। मण्डलीहरु माथि आउन सक्ने खतराहरु त्यहाँ चित्रित थियो। यात्रा उपलब्धीमूलक थियो। म लगातयतका समूहले केवल यात्रा गरेनौं तर मण्डलीहरु बारे अध्ययन गर्यौंत। हामीले भजन संग्रह २३ संयुक्त रुपमा कण्ठ गर्यौंा। संगै प्रार्थना र बाइबल अध्ययन गर्यौं्। यात्राले सहयात्रीहरुलाई आत्मिक उन्नतिमा मद्दत गरेको थियो। फेरि पनि यस्तै यात्रा गर्न सहयात्रीहरुले मलाई सुझाएका थिए। यात्रा पूर्ण शुरक्षित र व्यवस्थित थियो। कुनै दुर्घटना भएन, कुनै हानी भएन। फागुन ९ २०६६ मा शुरु भई फागुन १५ मा सम्पन्न यस यात्रा सार्थक र आशिषमय बनेकोमा परमेश्वरलाई धन्यवाद होस्।
पा. यू. जे. गुरुङ
फागुन १४, २०६६
|
|
|
| |
Date:
2010-01-09 |
|
|
यस वर्षको अगुवा-भेट कार्यक्रम यही पौष २८ देखि ३० गते सम्म संचालन हुँदैछ। यस कार्यक्रमका निम्ति श्री म्याक सांगलीर थाइलैण्डबाट आइपुग्नुभएको छ भने कोलोराडो स्प्रिङ, अमेरिका स्थित ग्रेस बाइबल चर्चका पा. जेफ एन्डर्सन भोलि आइपुग्दैहुनुहुन्छ। साथै एवेनेजर संगति मण्डली अगुवाहरु राज्यका विभिन्न भागहरुबाट भोलि नै आइपुग्दै हुनुहुन्छ।
कार्यक्रम पौष २८ गते विहान ११:०० बजे प्रारम्भ भई पौष ३० गते साँझ ४ बजे समापन हुनेछ। कार्यक्रम विवरण यस प्रकार रहनेछ:
अगुवा तथा एवेनेजर मण्डली परिवारको निम्ति
मंगलवार ११:०० - १:०० पहिलो सभा
मंगलवार २:०० - ४:०० दोस्रो सभा
बुधवार ११:०० - १:०० तेस्रो सभा
बुधवार २:०० - ४:०० चौथो सभा
विहिवार ११:०० - १:०० पाँचौ सभा
विहिवार २:०० - ४:०० छैटौं सभा
आवाशीय अगुवाहरुको निम्ति
बुधवार विहान ८:३० - १०:००
विहिवार विहान ८:३० - १०:००
अन्य जानकारी चाहिएमा पा. यू. जे. गुरुङलाई ९८४१२०२११० वा ४९९२४२६ मा सम्पर्क गर्न सक्नुहुनेछ।
|
|
|
| |
Date:
2009-12-25 |
|
|
आज ख्रीष्टमस विदाको अवसरमा एवेनेजर भवनमा आयोजित विशेष सभामा विशेष भजन, नाटक प्रदर्शनीका साथै ख्रीष्टको मृत्यु र पुनरुत्थानको प्रचार गरियो। एल्डर अराम सुनुवारद्वारा संचालित सभामा एवेनेजर संगीत समूहले विशेष भजनहरु प्रश्तुत गर्नुका साथै विभिन्न उमेर समूहका युवा तथा नानीहरुले ख्रीष्टको मृत्यु र पुनरुत्थानका साथे उहाँको महान प्रेमको वर्णन गर्ने विशेष भजनहरु प्रश्तुत गरेका थिए। पा. यू. जे. गुरुङले ख्रीष्टको मृत्यु र पुनरुत्थानको प्रचार गर्नुभएको थियो। यूहन्ना १९:२८-३०; २:१९-२१; १०:१७,१८ बमोजिम ख्रीष्टको मृत्यु कसैको इच्छा र जवर्जस्तीले नभई उहाँ स्वयंको इच्छाले र उहाँको बौरिउठाइ पनि उहाँ स्वयंको सामर्थ्यले भएको तथ्यलाई प्रवचनमा प्रकाश पारिएको थियो। ख्रीष्ट परमेश्वर हुनुभएकोले नै उहाँले मानिसहरुको उद्धारको निम्ति प्रायश्चितपूर्ण वलिदान दिनुभएको तथ्यलाई प्रष्ट पार्दै ख्रीष्टको वलिदान सम्बन्धमा इ. पू. ७०० वर्ष अघि नै यशैयाले उल्लेख गरेको तथ्यलाई प्रकाश पारिएको थियो। ख्रीष्टको प्रेम उहाँको मृत्युमा प्रकट गरिएको तथ्यलाई प्रष्ट्याउँदै आगन्तुक मित्रहरुलाई ख्रीष्टमा विश्वास गर्न आव्हान समेत गरिएको थियो।
कार्यक्रममा ‘रातो चस्मा’ नामक नाटक प्रदर्शन गरिएको थियो। रातो चस्मा लगाउनै पर्ने विश्वास र परम्पराका कारण ‘विनाश’ गाऊँका मानिसहरुले हरेक थोकलाई रातो देख्ने गरेको र केही यात्रीहरुले विभिन्न थोकलाई विभिन्न रंगमा देखिने तथ्यलाई खुलासा गर्दा ती गाऊँलेहरुले सो कुराको विषयमा बुझेपछि चस्मा फुकालेको र वस्तुहरुको रंगको वास्ताविकता देखेको वर्णन नाटकमा प्रश्तुत गरिएको थियो। हाम्रो परम्परा र दृष्टिकोणले गर्दा हामी सबै थोकलाई ईश्वर देख्ने गरेको तर पारम्पारिक दृष्टकोणलाई पन्साई तथ्यको आधारमा दृष्टि दिंदा वास्ताविकता देखिने सार नाटकले प्रश्तुत गरेको थियो। परमेश्वर, मानिस, सृष्टिका थोकहरुको अलग अलग पहिचान रहेको तथ्यलाई नाटकले प्रकाश पारेको थियो। परमेश्वरले सबैलाई प्रेम गर्नुभई मानिसका निम्ति वलिदान हुनुभएको तथ्यलाई नाटकद्वारा प्रकाश पारिएको थियो। करिव ५०० जनाको उपस्थितिमा संचालित यस कार्यक्रम अत्यन्तै आशिषमय भएको अनुभूति गरिएको थियो। अन्तमा उपस्थित सम्पूर्णलाई प्रेमभोजद्वारा सत्कार गरिएको थियो।
|
|
|
| |
Date:
2009-12-19 |
|
|
पा. यू. जे. गुरुङ
ख्रीष्टमसलाई चाडको रुपमा होइन अवसरको रुपमा लिइनु सान्दर्भिक हुन्छ। यसलाई नेपाल सरकारले राष्ट्रिय विदाको रुपमा मान्यता दिएको नयाँ परिस्थितिमा एवेनेजरले उक्त दिनमा नयाँ आगन्तुक मित्रहरुलाई सुसमाचार सुनाउने तथा मण्डली परिवारजनहरुलाई परमेश्वरको वचन बाइबलबाट सिकाउने गर्दै आइरहेको छ। त्यसै शिलशिलामा यस वर्ष पौष १० गते शुक्रवार विहान ११ बजे शुरु हुने गरी मण्डली सभाको आयोजना गरिएको छ। उक्त दिन प्रवचन, विशेष भजनहरु, नाटक तथा सुसमाचारी कार्यक्रमको आयोजना गरिंदैछ। यस कार्यक्रमका निम्ति एवेनेजर सदस्यहरु तथा आगन्तुक मित्रहरुलाई आमन्त्रण गरिएको छ।
ख्रीष्टको जन्मोत्सवको रुपमा ख्रीष्टमस मान्ने चलन ख्रीष्टबाट शुरु भएन नता पहिलो शताब्दीका मण्डलीहरुबाट नै शुरु भयो। ख्रीष्टले ख्रीष्टको जन्मलाई होइन तर उहाँको मृत्युलाई सम्झदै समय समयमा प्रभुभोज लिन आज्ञा गर्नुभएकोले प्रथम शताब्दीका मण्डलीहरु प्रभुभोज अर्थात् रोटी भाँच्नका लागि जुट्ने गर्दथे, प्रेरित २०:७। ख्रीष्ट जन्मोत्सवको रुपमा ख्रीष्टमस मान्ने चलन पछिल्ला समयहरुमा शुरु भएका थिए। समय वित्दै जाने क्रममा यसलाई भड्किला र जटिल बनाउँदे लगिएको देखिन्छ। ख्रीष्टमस ट्री, सन्तक्लाउस, क्यारोल जस्ता बेलकुलै अबाइबलीय र अव्यवारिक चलनहरु पनि ख्रीष्ट जन्मोत्सवको नाऊँमा थपिए। झण्डै तिहारको झझल्को ल्याउने यी चलनहरुले ख्रीष्टियनहरुलाई संसार यात्रा होइन घर हुन् भन्ने आभास दिलाउँछ। यसलाई नेपाली ईशाईहरुले वडादिन भनी सम्बोधन गर्दा वडादशैं शब्दको निकट पुगेको अनुभुति समेत गराउँछ। ख्रीष्टमस सम्बन्धमा अरुले जेजसरी बुझे पनि अब नेपाली ईशाईहरुले यसलाई सही अर्थ र औचित्यमा लिन जरुरी हुन्छ। ख्रीष्ट जन्मको खुशियाली निश्चय हामीलाई हुनु आवश्यक हुन्छ। उहाँको जन्मले समग्र मानव जातिको निम्ति नयाँ आशा जन्माएको हो। तर उहाँको जन्म समग्र मानिसका निम्ति मृत्युसम्म अर्पिनका निम्ति थियो। उहाँको जन्ममा उहाँ होचिएको हो। उहाँ परमेश्वर भइकन मानिसको समानतामा होचिनुभयो, फिलिप्पी २:६,७। उहाँको जन्म हाम्रो निम्ति आशाको जन्म भएतापनि उहाँ स्वयंको निम्ति चाहिँ त होचिने कार्य थियो। यसको अलावा उहाँको मृत्यु हाम्रो दृष्टिकोणमा दु:खद थियो तर उहाँ आफैं चाहिँ त मृत्युद्वारा उचालिनुभयो। त्यसैले मृत्युमा उहाँले विजय हाँसिल गर्नुभयो। मृत्यु क्रममा उहाँले अन्तिम विजय ध्वनी निकाल्नुभयो, “पूरा भयो” यूहन्ना १९:३०। यो विजय ध्वनी थियो नकि चित्कारको।
हामी प्राय: मानव दृष्टिकोणले विचार गर्छौं तर परमेश्वर ईश्वरीय दृष्टिकोणले हेर्न सिकाउनु हुन्छ। नबुकनेसर मानव साम्रज्यहरुलाई बहुमूल्य धातुहरु सुन, चाँदी, पित्तल र फलामको स्वरुपमा देख्छन्, दानिएल २। तिनै राज्यहरुलाई परमेश्वर पशुहरुको रुपमा देख्नुहुन्छ, दानिएल ७। हामी ख्रीष्टको जन्मलाई महान देख्छौं परमेश्वर उहाँको मृत्युलाई महान देख्नुहुन्छ। हामी उहाँको जन्मोत्सव मनाउन चाहान्छौं उहाँ मृत्युत्सव मनाएको चाहानुहुन्छ। परमेश्वरका मानिसहरु आत्मामा जिउनको लागि बोलाइएको हो नकि चाडबाड शरीरका मोजमज्जा पूरा गर्नका निम्ति। अत: हामी ख्रीष्टमस चाड नमनाऔं तर यस दिनलाई सुसमाचार सुनाउने अवसरका रुपमा लिऔं। यस दिन उहाँको जन्मको बडिबडाइ भन्दा उहाँको मृत्युको प्रचार गरौं। यही त गजव छ मानिस मृत्युको प्रचार बुझ्न सक्दैनन्। ख्रीष्टमस सबै बुझ्छन् तर ख्रीष्टको क्रूसको कुरा बुझ्दैनन्। क्रूसको कुरालाई मूर्खता ठान्छन्, १ कोरिन्थी १:१८। ईश्वरीय दृष्टिकोण राख्ने पावल ख्रीष्ट जन्मोत्सवको होइन क्रूस प्रचार गर्थे। येशू ख्रीष्ट र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक उनी अरु प्रचार गर्दैनथे। उनको प्रत्येक प्रचारमा क्रूस घटना प्रज्वलित हुन्थे, १ कोरिन्थी २:२।
अत: हामी ख्रीष्टमस चाड होइन क्रूस प्रचारको चाड मनाऔं यस दिनमा। मण्डलीहरुको मीठा बास्नादार भोज, नाचगान, देउसीको संझना दिलाउने क्यारोल, सन्तक्लाउस, उपहारहरु, रुखहरुमा बत्तीहरुको झिलिमिलीमा परमेश्वर खुशी बन्नु हुन्न तर क्रूसको प्रचारले एक पापीको जीवनको पश्चात्तापले उहाँलाई रमाहट दिन्छ, लूका १५:१०। परमेश्वरले तपाईलाई आशिष दिऊन्।
|
|
|
| |
Date:
2009-12-06 |
|
|
चौथो युवा सम्मेलन २०६६ यही आश्विन ३१ देखि कार्तिक २ मा सम्पन्न भएको छ। युवा भेट सम्मेलनको लामो प्रतिक्षापछि सम्मेलनका दिनहरु आइसकेको थियो। गणेश बहादुर शारुको नेतृत्वमा संगीत समूह संगीत अभ्यासमा लागिरहेका थिए। दिन नजिकिदै थियो, अन्तत: आश्विन ३० आयो। युवाहरु भोलिपल्टदेखि शुरुहुने सम्मेलनको तयारीका निम्ति जुटे। प्रिस्किला मौरती, रेखा राना, सविता घिमिरे आदि चामाल केलाउमा व्यस्त थिए। जीवन थापा, करन दर्लामी, याकुव तामाङ, हनोक सुनुवार, प्रकाश सापकोटा, आदर्श जंग गुरुङ, विश्वास बुढाथोकी, रुवेन बलामी, गणेश शारु आदि सरसफाई तथा किचन व्यवस्थापनमा लागिरहेका थिए। त्यसरी नै सुनिता निरौला, यूनिया गुरुङ, रेविका अधिकारी, सुनिता श्रेष्ठ, केशरी श्रेष्ठ, ईश्वरी थापा, लोइस थापा, रीता बैजू, अनिता थापा सरसफाई तथा डेकोरेशनमा लागिपरेका थिए। विमला सुनुवार, बसन्ती अधिकारी, तिल कुमारी राई, हसना लिम्बु किचन व्यवस्थापनमा लागिरहनुभएको थियो। मीना गुरुङ युवाहरुलाई नाटक रिहर्सल गराउनमा कृयाशिल हुनुहुन्थ्यो। पा. यू. जे. गुरुङ विभिन्न युवाहरुलाई जिम्मेवार हस्तान्तरण गरिरहनुभएको थियो। खुबै व्यस्त दिन थियो त्यो।
त्यसै साँझ एल-बेथेल, चिउरी बगैंचाबाट युवाहरु आइपुगे। त्यसरी नै जीवनज्योति, घण्टेखोलाबाट; बेथेस्दा वेसीशहरबाट युवाहरु आइपुगे। अनि महनैम, पाल्पाबाट, बुटवलबाट; एलोहिम, संखुवासभाबाट, पनिएल, त्रिशुलीबाट युवाहरु आए। स्वागत गरियो युवाहरुलाई। एल-एलियोन, महादेववेसी तथा अन्य स्थानहरुका युवाहरु कार्यक्रमको पहिलो दिन आइपुगे। रेकर्ड गरिएका युवाहरुको नामावली यस प्रकार रहे।
१. पवन घट्टानी, एबेनेजर
२. आदर्श गुरुङ, एबेनेजर
३. प्रकाश सापकोटा, एबेनेजर
४. रुबेन बलामी, एबेनेजर
५. रिबेका अधिकारी, एबेनेजर
६. अनिता थापा, एबेनेजर
७. यूनिया गुरुङ, एबेनेजर
८. याकुब तामाङ, एबेनेजर
९. ओबेद राई, एबेनेजर
१०. तबिता तामाङ, एबेनेजर
११. सुमन राई, एबेनेजर
१२. प्रदिप परियार, एबेनेजर
१३. आशिष ठकुरी, एबेनेजर
१४. विश्वास बुढाथोकी, एबेनेजर
१५. रेखा राना मगर, एबेनेजर
१६. सबीना राना मगर, एबेनेजर
१७. अन्जना नेपाली, एबेनेजर
१८. सम्झना नेपाली, एबेनेजर
१९. साविता घिमिरे, एबेनेजर
२०. साबिन घिमिरे, एबेनेजर
२१. गणेश बहादुर सारु, एबेनेजर
२२. रश्मिता बस्नेत, एबेनेजर
२३. केशरी श्रेष्ठ, एबेनेजर
२४. सुनिता श्रेष्ठ, एबेनेजर
२५. ईश्वरी थापा, एबेनेजर
२६. विध्या भुषाल, एबेनेजर
२७. आशिष बस्नेत, एबेनेजर
२८. रुथ गुरुङ, एवेनेजर
२९. तृष्णा लिम्बु, एबेनेजर
३०. अभिषेक अधिकारि, एबेनेजर
३१. हनोक सुनुवार, एबेनेजर
३२. सुनिता थापा, एबेनेजर
३३. लोईस थापा, एबेनेजर
३४. लिडिया थापा, एबेनेजर
३५. आशिष राई, एबेनेजर
३६. मेरी न्यौपाने, एबेनेजर
३७. ज्योति थापा, एबेनेजर
३८. आसिम राई, एबेनेजर
३९. सिमियोन लामा, एबेनेजर
४०. श्री गिरी, एबेनेजर
४१. सेबिका लामा, एबेनेजर
४२. सुनिता निरौला, एबेनेजर
४३. मुना गुरुङ, एबेनेजर
४४. रुथ राई, एबेनेजर
४५. एस्तर राई, एबेनेजर
४६. मातृका राई, एबेनेजर
४७. रिता बैजु, एबेनेजर
४८. प्रिस्किला मौरति, एबेनेजर
४९. अमर ब. मगर, एवेनेजर
५०. नम्रता राई, एवेनेजर
५१. सुनिता ठकुरि, एवेनेजर
५२. जीवन थापा, एवेनेजर
५३. विवेक गुरुङ, एवेनेजर
५४. बचन राना मगर, एवेनेजर
५५. जीवन लामा, एवेनेजर
५६. सुसन लामा, एवेनेजर
५७. अच्युत सिंह, एवेनेजर
५८. सोनी गुरुङ, एवेनेजर
५९. अमोस कार्की, एवेनेजर
६०. प्रशान्त कार्की, एवेनेजर
६१. प्रज्वल कार्कि, एवेनेजर
६२. योयेल गुरुङ, एवेनेजर
६३. योसेस गुरुङ, एवेनेजर
६४. अनु मगर, एवेनेजर
६५. राजु श्रेष्ठ, एवेनेजर
६६. आमोश लिमबु , एवेनेजर
६७. लुका आले, एल-एलियोन
६८. लिडिया आले, एल-एलियोन
६९. कमल आले, एल-एलियोन
७०. ईश्वर थापा, एल-एलियोन
७१. सत्यता आले, एल-एलियोन
७२. धीरजी आले, एल-एलियोन
७३. सन्जु बैजु, एल-एलियोन
७४. रन्जु बैजु, एल-एलियोन
७५. मीरा क्षेत्री, एल-एलियोन
७६. धन ब. मगर, बुटवल
७७. गोविन्द, कामु, बुटवल
७८. संगिता रुछर, बुटवल
७९. भुपाल ठाडा, महनैम
८०. धन माया ठाडा, महनैम
८१. हेम कुमारी ठाडा, महनैम
८२. ज्ञानी सरा ठाडा, महनैम
८३. प्रेम थापा, एल-बेथेल
८४. रेविका सिजाली, एल-बेथेल
८५. सन्जु लामा, एल-बेथेल
८६. प्रमिला लामा, एल-बेथेल
८७. सुनिता लामा, एल-बेथेल
८८. माईकल लामा, एल-बेथेल
८९. रोशन लामा, एल-बेथेल
९०. गगन लामा, एल-बेथेल
९१. सुनु थापा, एल-बेथेल
९२. प्रस्थान सिजाली, एल-बेथेल
९३. विश्व राम गोपाली, जीवन ज्योति
९४. कृष्ण गोपाली, जीवन ज्योति
९५. सुकु माया स्याङ्बो, जीवन ज्योति
९६. बिष्णु गोपाली, जीवन ज्योति
९७. आदेश गुरुङ, बेथेस्दा
९८. हेम ब. गुरुङ, बेथेस्दा
९९. धन प्रसाद तामाङ, बेथेस्दा
१००. सविता गुरुङ, बेथेस्दा
१०१. दिल माया मजाकुटि, बेथेस्दा
१०२. जय श्री गुरुङ, बेथेस्दा
१०३. अमिएल लामा, हेटौडा
१०४. गायस लामा, हेटौडा
१०५. सक्रिना राई, एलोहिम
१०६. सलुजा राई, एलोहिम
१०७. सुम्निमा राई, एलोहिम
१०८. सारा राई, एलोहिम
१०९. सचिन राई, एलोहिम
११०. दानिएल राई, एलोहिम
१११. साबिता बि. क, एलोहिम
११२. सम्झना बि.क, एलोहिम
११३. ताबिता राई, एलोहिम
११४. एलिसिबा माझी, पनिएल
११५. विजय प्रधान, आशा ब्याप्टिस्ट
११६. कुमार के. सी, आशा ब्याप्टिस्ट
११७. गणेश राई, आशा ब्याप्टिस्ट
११८. रीता थापा, टुटेपानी ब्याप्टिस्ट
११९. दिपिका प्रधान, आशा ब्याप्टिस्ट
१२०. संजय प्रधान, आशा ब्याप्टिस्ट
१२१. गोमा बि.क, ग्रेस ब्याप्टिस्ट
१२२. शर्मिला खनाल, ग्रेस ब्याप्टिस्ट
१२३. शर्मिला श्रेष्ठ, ग्रेस ब्याप्टिस्ट
१२४. लक्ष्मी तिवारी, ग्रेस ब्याप्टिस्ट
१२५. दिल ब. तामाङ, ग्रेस ब्याप्टिस्ट
१२६. सुशिल बानियाँ, बेथेल
१२७. सलोम श्रेष्ठ, बेथेल
१२८. मेनुका तामाङ, बेथेल
१२९. ज्येति दाहाल, बेथेल
१३०. गीता हेम्रा, बेथेल
१३१. सागर तामाङ, बेथेल
१३२. दुर्गा ब. खड्का, (एन. बी. टी. सी.) (एन. बी. टी. सी.)
१३३. रोहित राई, (एन. बी. टी. सी.)
१३४. श्याम श्रेष्ठ, (एन. बी. टी. सी.)
१३५. राम कृष्ण घिसिङ, (एन. बी. टी. सी.)
१३६. दिनेश के. सी., (एन. बी. टी. सी.)
१३७. इमानुयल गुरुङ, (एन. बी. टी. सी.)
१३८. रोहण श्रेष्ठ, (एन. बी. टी. सी.)
१३९. अमित राई, (एन. बी. टी. सी.)
१४०. राजेन्द्र वि. के., (एन. बी. टी. सी.)
१४१. टोप नारायण पाण्डे, (एन. बी. टी. सी.)
१४२. ज्योति पुन, (एन. बी. टी. सी.)
१४३. अमर तामाङ, (एन. बी. टी. सी.)
१४४. प्रकाश बयालकुटी, (एन. बी. टी. सी.)
१४५. पूर्ण वि. के., (एन. बी. टी. सी.)
१४६. टोप थापा, (एन. बी. टी. सी.)
१४७. मित्र राई, (एन. बी. टी. सी.)
१४८. मन कुमार राई, (एन. बी. टी. सी.)
१४९. दिपक के. सी., (एन. बी. टी. सी.)
१५०. सुशिल तामाङ, (एन. बी. टी. सी.)
१५१. मोजेज थापा, (एन. बी. टी. सी.)
१५२. सलोन तामाङ, (एन. बी. टी. सी.)
१५३. जेनी राई, (एन. बी. टी. सी.)
१५४. रंजू लामा, (एन. बी. टी. सी.)
१५५. रेविका बास्की, (एन. बी. टी. सी.)
१५६. राधिका मगर, (एन. बी. टी. सी.)
१५७. कमला श्रेष्ठ, (एन. बी. टी. सी.)
१५८. नीता आचार्य, (एन. बी. टी. सी.)
१५९. शोभा वि. के., (एन. बी. टी. सी.)
१६०. विना शर्मा, (एन. बी. टी. सी.)
१६१. मंजू, (एन. बी. टी. सी.)
१६२. सरिता, (एन. बी. टी. सी.)
१६३. सुश्मा राई, (एन. बी. टी. सी.)
१६४. शान्ति मगर, (एन. बी. टी. सी.)
१६५. ज्योति, (एन. बी. टी. सी.)
१६६. शान्ति गुरुङ, (एन. बी. टी. सी.)
१६७. देश कुमारी राई, (एन. बी. टी. सी.)
१६८. रोशी, (एन. बी. टी. सी.)
१६९. अमिना राई, (एन. बी. टी. सी.)
१७०. दीपा, (एन. बी. टी. सी.)
१७१. सविता, (एन. बी. टी. सी.)
१७२. गीता, (एन. बी. टी. सी.)
१७३. सुशिला, (एन. बी. टी. सी.)
१७४. समिरा क्षेत्री, (एन. बी. टी. सी.)
कार्यक्रम अत्यन्तै आशिषमय रहेको साक्षी सहभागी युवाहरुले दिएका थिए। कार्यक्रममा पा. यू. जे. गुरुङ, प्रदेश श्रेष्ठ, सोम लिम्बुले प्रवचन दिनुभएको थियो भने सोम लिम्बु र याकुव तामाङले सभा संचालन गर्नुभएको थियो। उक्त कार्यक्रममा नाटकहरु पनि प्रदर्शन गरिएका थिए। नाटकहरु अत्यन्तै शिक्षाप्रद र चुनौतिपूर्ण रहेको साक्षी सहभागी युवाहरुले दिएका थिए। नाटक निर्देशनमा मिना गुरुङ तथा सुनिता निरौलाले योगदान दिनुभएको थियो। कार्यक्रममा कविता तथा निबन्ध प्रतियोगीता पनि राखिएको थियो। जस अनुसार कवितामा श्री आदर्श जंग गुरुङ, हनोक सुनुवार र जीवन थापा क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए भने निबन्धमा मीरा क्षेत्री प्रथम भएका थिए। कार्यक्रममा फोटो प्रदर्शनी, खेलकुद तथा विशेष भजनहरु प्रश्तुत गरिएका थिए। संगीत समूहद्वारा भजनहरुमा प्रभावकारी रुपमा नेतृत्व गरिएको थियो। साँझ तथा विहानी सभाहरुमा एल्डर युसुफ गुरुङ, एल्डर अराम सुनुवार तथा याकुव तामाङले युवाहरुलाई बाइबल अध्ययन गराएका थिए।
संगीत समूहमा गणेश शारु, आदर्श जंग गुरुङ, याकुव तामाङ, प्रदिप परियार, रुवेन बलामी, हनोक सुनुवार, विश्वास बुढाथोकी, प्रकाश सापकोटा, रीता बैजू, प्रिस्किला मौरती, यूनिया गुरुङ, अनिता थापा, ईश्वरी थापा, सुनिता श्रेष्ठ, सविता घिविरे, रेखा राना तथा सनम लामा थिए।
किचन व्यवस्थापनमा एल्डर अराम सुनुवारको नेतृत्वमा विमला सुनुवार, चन्द्र कुमारी गुरुङ, बसन्ती अधिकारी, तिल कुमारी राई, रीता बैजू, प्रिस्किला मौरती, सुनिता निरौलाले ठूलो योगदान दिनुभएको थियो। साथै अरु थुप्रै महिला तथा पुरुषहरुले किचन व्यवस्थापनमा ठूलो योगदान दिनु भएको थियो। एवेनेजरका कम्तिमा ४० परिवारले आ-आफ्नो घरबाट खाद्यसामाग्री ल्याई कार्यक्रमलाई सहयोग गरेका थिए।
यो कार्यक्रम अत्यन्तै सफल रह्यो। परमेश्वरले आफ्ना जनहरुको आत्मिक उन्नतिको निम्ति ठूलो अनुग्रह गर्नुभयो ताकि उहाँका जनहरु सबै ख्रीष्टको स्वरुपमा एक महिमा देखि अर्को महिममा सर्दै जाऊन्। २ कोरिन्थी ३:१८।
पा. यू. जे. गुरुङ, एवेनेजर
|
|
|
| |
Date:
2009-11-07 |
|
|
That morning we all got up early in the morning for the trip to visit the churches in Hetauda area beginning with Tistung Palung. We reached at Kalanki by 8 O’ Clock morning. It was the beginning of our challenging trip during the Dashain season. Dashain is the national festival of Nepal, especially for the Hindus. We had waited only for three hours for a vehicle to reach at Palung. Brother Pradesh’s family had prepared a meal for us. But we were still in Kathmandu until 11. What did we do there for three hours? Ananta a five years old boy began to open his tiny bible. Others were just relaxing, talking with each other. And I was busy to seek a vehicle. Very few buses and microbuses were moving on the roads due to the festival. I lastly remembered brother Amos, a taxi driver. He said that he was driving to Tribhuvan Park nearby Kalanki. It was a part of the good news for us. I asked whether he could go with us to Palung. He agreed to go with us. He drove his taxi towards Thankot checkpost to go out of the valley. There were very few vehicles on the roads. Buses and microbuses were full of passengers. There were no ways to find vehicles on that day. Our exodus from home was in faith.
As we drove about 30 kms our vehicle tire got flat. Brother Amos changed the tire after half an hour. Then all of us were excited to go up for Tistung. Vivid scenes and environments were our attractions. It was a tremendous trip. But after few kilometers drive, we faced again problem in the vehicle. It was suddenly stopped. Our driver Amos again tried to find out the problem but he could not do it. But a driver stopped his vehicle and helped us to fix our vehicle. And it worked. We praised the Lord for the providences. We reached Tistung finally. We met the believers there. We were served with Nepali tea and biscuits there. We all were excited to see each other after a long period of time. Then we went down to Okhar Bazar where Brother Pradesh’s family and the believers were waiting for us. I asked brother Pradesh by phone to warm up the Lunch they have prepared for us. Lunch time was already passed. But we did not have Lunch on the way. We reached there finally. We met them with the believers at their home in Okhar Bazar. We took our Lunch and had a time of gathering together giving thanks to the Lord. We gave some of the gifts to Sophia and Upasana their daughters for finishing their grades 8 and 5.
We took a short walk with Brother Pradesh’s family and the believers there to nearby hill from where we could see vivid scenes of Palung Valley, Daman Mountain and surrounding villages. It was a nice time of walk and talk. It was a great time. Then we returned back Brother Pradesh’ home and went to a believer’s home where dinner was prepared for us. We had a time of fellowship with the dinner that night. Both Families of Pradesh’ and mine were invited for the dinner.
Next morning we were prepared to go to Chiuribagaicha. But it was very hard for us to get a vehicle for the trip. We waited until 2:30 but were unable to get a vehicle. At last we got a bus for Hetauda. We reached at Chiuribagaicha very late. It was about 8:30 already. Elder Krishna Bahadur Lama and his family along with other believers were waiting for us. They had prepared dinner for us. It was a good time of gather after a long time of interval. I couldn’t visit El-Bethel Church since last four years. They were so much happy for our visit. We had a good time of prayers and fellowship together. I had good time of fellowship with the elders of the church there in Chiuribagaicha. They were encouraged with the fellowships and time of gathering. On the following Worship service I preached from the word of God. Believers from Hetauda were also attended for that service. We had a tremendous time of fellowship together.
We visited Hetauda too where we met the believers there. Brother Ganesh Lama is serving there as a missionary from Ebenezer. A church is going to established there near in the future. And we returned back after 6 days trip to Kathmandu. God had blessed us so much in the trip. Believers in El-Bethel had blessed us so much financially. They had paid micro bus fair for us. We didn’t know that. When we got down in Kathmandu then only we came to know that the fair was already paid. The trip was so blessed with the love and cares of the believers in that region. Everywhere we were so much loved and cared by the believers for this we are so much appreciated. May God bless them as they serve the Lord for his glory. My Children were so much excited with the trip. They were so much blessed on the trip.
|
|
|
| |
Date:
2009-10-13 |
|
|
Ebenezer is going to have 4th Youth Conference 2009 form 17th to 19th October. The youth from different churches of Nepal which were established through the ministry of Ebenezer in the past years. In this occasion sermons, bible studies will be delivered along with special hymns, testimonies, poems, articles, quiz contest, photo show and game programs. I would like to request to pray for the program. May God bless you. Amen.
|
|
|
| |
Date:
2009-09-28 |
|
|
By the grace of God fourteen persons were baptized today. Only those who had got assurance of salvation, were baptized. Baptism is not a means of salvation. But it's a testimony of the gospel and the repentace of a sinner. Only after being a disciple one can be baptized as Matthew 28:18 and 19 says. So they are baptized today who were converted. They all gave their testimonies before the congregation one by one how they got saved. One man was 94 years old. He is the most aged person who got baptism in the history of Ebenezer. It was a tremendous time to see his baptism.
We had a time of fellowship with the word of God. God says to give attention to the word of God in 2 Peter 1:19. Ebenezer music group and other teenager group sang special songs. Music was a great blessing today. Love feast was prepared for the congregation. Two goats were killed it.
All the attenders washed thier own dishes after the meal. After the feast we church leaders and feast volenteers got together and had black tea with thank giving prayers. Praise the Lord for the blessings today.
|
|
|
| |
Date:
2009-09-25 |
|
|
Nepalese people love festivals and feasts. Nepal is a multi-racial, multi-cultural and multi-religious nation. Government of Nepal has given national holiday to Christmas, Id, Losar and other additional festivals. Christmas is being influential among the new generations in Nepal. Among the festivals Dashain is the most influential festival till this day. It began from today with a parade of Nepal Army in military ground in Kathmandu. Gunfires, Canonfires gave thunders noticing Kathmandu Valley that the Dashain has begun. Nepal government gives holiday for a week from today.
Hindus worship the goddess Durga on this occasion. She is supposed to be a heroin who killed Mahishasur, the powerful enemy of the Hindus many years ago. After this event Hindus celebrated as 'Victory Day' being called as 'Vijaya Dashami'. Because of this story many of the tribals and Non-Hindus bycotts this festival. They called it as a Hindu festival not a national festival. On this occasion thousands of thousands goats, sheeps, buffaloes are being sacrificed before the goddess Durga every year. 2 Corinthians 4:4.
Christians here used to have special fellowship days taking opportunities to teach the believers. Prayers are needed for the people of Nepal that the Lord our God may open their hearts to know the truth. Amen.
|
|
|
| |
Date:
2009-09-12 |
|
|
This was a good morning when my family got up early and started to prepare the needful things for the Ebenezer Old Ladies Meeting (above 60 years) at our home yesterday. We were assisted by Sister Basanti Adhikari and Sister Sunita Niraula to prepare meals and other needful things. I was busy preparing technical managements and buying some essential things. And my son Adarsha prepared a video of past photos of Ebenezer Old Ladies using adobe Photoshop. My wife Meena was preparing for the sermon which was going to be delivered on the occasion. It was a busy morning!
Old Ladies were to be got together in Ebenezer Church building, Koteshwor by 9:30 A.M. But Sister Chandra had noticed us that some of the Old Ladies came to the church by 8.00 A.M. A vehicle was prepared by 9:30 for the Old Ladies to bring them up to my home by Brother Krishna Bahadur Rai. And the time came that all the Old Ladies arrived at my home. They all were in happy mood. After a warm welcome they were all seated.
Sister Chandra led the meeting with hymns from Atmik Geet Sangraha (Spiritual Songs Collection). Ebenezer had compiled and published this hymnal book some years back. The recent one is the third edition. Ebenezer and the fellowship churches along with some other churches in Kathmandu are using the same song book. Most of the Nepalese Churches use Khristia Bhajan (Christian Hymnal). The reason why we don’t use this hymnal is its collection of many hymns which are not spiritual. They are like Nepalese folk songs. We had been using Khristia Bhajan before we had printed Atmik Geet Sangraha. We were many times convicted that we can not use the hymnal. Almost all the spiritual and quality songs of Kristia Bhajan are added to Atmik Geet Sangraha. Beside that the hymnal have included many good songs from Siyonko Geet (Songs of Zion) published by El-Shaddai churches. And the hymnals written by our brethren are also added to this collection. After the songs, the Old Ladies were welcomed by a group of ladies with the masks of different animals. It was interesting!
My wife Meena shared the sermon from the life of Abraham. It was a great blessing to them all. She is a good teacher for the ladies. After the sermon, the same ladies exhibited a skit (drama) with using animal masks. The message of the skit was ‘salvation by grace alone’. After the skit I read my poems to the Old Ladies. One of the poems was ‘Yatra’ (Journey). Life is journey traveling different places with various situations. It’s being passed. At the end of the life let all the responsibilities are completed that the sleep might sweet. And Sister Til Kumari Rai had red her poem. Time for poems was a good time of humor and sentiments.
Now the food time came. All the ladies were served in leaf plates. Leaf plates are famous in Nepal especially in the festivals. The food was good. After the food there was a time for photo session and refreshments. Then they all got together for the video show. First of all they were shown their past photos in the previous meetings. And they were shown the Old Testament stories with color pictures.
Now it was time to depart to the homes for the Old Ladies. Many had been praying for this program. And the Lord blessed us so much. The Lord provided all the needful materials. Some of the Old Mothers came to me to say thanks for all the arrangements. The Lord is good toward his beloved brethren.
Ps. U. J. Gurung/ 11 September 2009
|
|
|
| |
Date:
2009-09-08 |
|
|
यस वर्षको एवेनेजर वृद्धा सभा भोलि भाद्र २५ गते काँडाघारीस्थित पा. यू. जे. गुरुङको घरमा सम्पन्न हुँदैछ। एवेनेजर महिलाहरुद्वारा संचालन हुने उक्त कार्यक्रम एवेनेजर वृद्धाहरुको निम्ति अत्यन्तै उत्साहजनक हुने अपेक्षा गरिएको छ। एवेनेजरमा ठूलै संख्यामा वृद्धा आमाहरुको उपस्थिति रहेको छ। ६० वर्ष नाघेका वृद्धा आमाहरुको हरेक वर्ष हुँदै आइरहेको कार्यक्रम विभिन्न स्थानमा आयोजना हुँदै आइरहेको छ। यस्ता कार्यक्रमहरुबाट उहाँहरु अति उत्साही बन्दै आउनु भएको छ। कार्यक्रम ढिला भए उहाँहरु स्वयं कार्यक्रम कहिले हुने भनी सोध्ने गर्नुहुन्छ।
वृद्धा आमाहरुको वार्षिक सभामा सेवा संगति, प्रार्थना, प्रवचन, खेलकुद, कथा कविता सुनाउने, चुटकिला सुनाउने, साक्षी दिने, दृश्य साधानहरु देखाउने आदि गर्ने गरिएको छ। वृद्धाहरुलाई आमाहरुलाई झैं व्यवहार गर्न र आदर गर्न परमेश्वरले मण्डलीलाई आज्ञा दिनु भए अनुसार एवेनेजर महिलाहरुले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आइरहेको छ। यसका साथै कहिले काहिँ अन्यत्र सामुहिक रुपमा घुमाउन र संगति गर्न लग्ने कार्य पनि हुँदैछ। एवेनेजरले चाँडै नै वृद्धा विधवाहरुको निम्ति वृद्धा विधवा आवास निर्माणको तयारी गर्दैछ। यसका निम्ति प्रार्थनाको आवश्यकता रहेको छ।
|
|
|
| |
Date:
2009-08-23 |
|
|
Amrita Khada is a member of Kathmandu Baptist Church. She had gone to Bombay to work as a house-wife with Udit Narayan and Deepa Jha, famous singers in Nepal and India, 15 years before. After some years she came to Kathmandu and tried to find Ebenezer Church building to have fellowship with the Ebenezer people. But she was unable to find the building twice. She thought that she could see the building clearly from a great distance. But due to the heavy constructions around the church building she was unable to find the building. She was discouraged then.
After a long period of time she got my contact number. She then called my and gave her address. This week I and brother Pawan went to see her. It was a very good time to see her after a long peiod of time. And this week brother Pawan helped her to attend the church service in Ebenezer. She was so excited to see the brethren in the church. She is about 60 years old widow.
She had a great desire to see the brethren in the church since a long time. God was so good to her that she was finally able to attend the church in Koteshowr Kathmandu. May God bless her. She is working in a deaf children home. And she is preaching the gospel to them. Some of them have accepted the Lord Jesus Christ. It was a tremendous time for the church to see her after a long period of time.
|
|
|
| |
Date:
2009-08-14 |
|
|
My family(U. J., Meena, Unia, Adarsha, Bibek, Ananta) had a very good time together this summer in Pokhara. We stayed in lakeside for a couple of days boating in Phewa Lake, climbing to Sarangkot hill from where we could see whole Pokhara valley along with Fish tail and Annapurna mountains. We visited Devi's fall, deep Seti river, a cave nearby Devi's fall. Along with all such wonderful sight seeings, we had a blessed time of fellowship with prayers and bible study together at the bay of Phewa Lake right under the heavy jungle in the Southern part.
We studied together from Matthew 14:22-33 and tried understand the situation of the sea of Galilee sitting by deep and blue Phewa Lake. All things, powers and situations are under Jesus Christ. He is God, the Creator and the Saviour. Most of the times the disciples had lost their faith and were defeated in various situations of their lives. They had been trained through his grace with patients. At last they confessed that Jesus is the Son of God.
We have the same problems as they had. Due to the lack of our faith we are defeated many times in the wars. But by his grace alone we are learning to know his strength and graces. God be thanked for his love and goodness toward us. Amen.
|
|
|
| |
Date:
2009-04-07 |
|
|
It is being published nowadays in Nepal through the media that the Pope is the leader of the Christians. But it is not true. He is the leader of Roman Catholic Church only not of the Christians as a whole. In the world there are Biblical Churches and Protestant Churches in majority who do not have anything to do with him. They do not regard him as their leader. They even deny the hierchy system of Roman Catholic Church. They do not believe the Pope as the vicar of Christ as the Roman Chatholic Church does. So it is very clear that the Pope is the leader of Roman Catholic Church not of the Christians. So the media of Nepal should call the Pope as the leader of Roman Catholics not of the Christians to honor the sentiment of Christians in Nepal.
Pastor U. J. Gurung
Kathmandu Baptist Church, Kathmandu
|
|
|
| |
Date:
2009-02-09 |
|
|
The Lord blessed us so much in our trip to Aphardanda, Birkot, Palpa the previous week where I was severely persecuted about 15 years ago. We were almost killed by the villagers who got together by night. That night I fled from that village with my brother Nir Bahadur Ghimire from Aphardanda to Aryabhanjyang. We walked about 5 hours from 1 a. m. to 6 a. m. that night. It was a frightening night. On that day I had baptized 5 people in the village. As a reaction of the baptism the villagers rose against us.
Today the situations are different there. All the young girls went to the jungles and brought the firewoods for the Christian marriage there in the church situated right in the middle of the village. And whole villagers worked for cooking and for various responsibilities though most of them are not Christians yet. There in the village Mahanaim church is standing for the gospel truth since one and half decades continually. Mr.Dhan Bahadur Thapa of Butwal married Danu Maya Thada this time. There was a marriage procession where almost whole villagers were involved. The Lord in is control for all the situations. He is the Lord of all. Amen.
Ps. U. J. Gurung
|
|
|
| |
Date:
2009-01-17 |
|
|
एवेनेजर बाइबल स्कुल २००८ को वार्षिक परीक्षाफल प्रकाशित गरिएको छ। जस अनुसार उच्च मा. वि. तह उतिर्ण गरी ‘प्रोफिसियन्सी सर्टिफिकेट इन बिब्लिकल स्टडिज’ डिग्री हाँसिल गर्न १४ जना विद्यार्थीहरु सफल भएका छन्। जस अनुसार यूनिया गुरुङ, अंजना परियार र याकुव तामाङ प्रथम, द्वितीय र तृतीय भए भने सोनी गुरुङ, सुनिता श्रेष्ठ, ईश्वरी थापा, मूना गुरुङ, सरिता कार्की,, तविता तामाङ, पावल अधिकारी, लिडिया थापा, शान्ति राई, केशरी श्रेष्ठ र हनोक सुनुवार उतिर्ण भएका छन्। नीजहरुले यस वर्षको अध्ययन सफलता पूर्वक पूरा गरेकोमा नीजहरुको जीवनमा परमेश्वरको महिमा हुने अपेक्षा राखिएको छ। त्यसरी नै अन्य तहहरुका विद्यार्थीहरुले पनि अध्ययनलाई सफलतापूर्वक सम्पन्न गरेका छन्। एवेनेजरमा शिशू, प्रारम्भिक, प्राथामिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक गरी छ तहहरुका विद्यार्थीहरुलाई प्रत्येक शनिवार विभिन्न विषयहरुमा अध्यापन गराइन्छ। यस स्कुलमा बाइबल र बाईबलसंग सम्बन्धित विविध विषयहरुमा अध्यापन गराइनुका साथै अध्ययनमा बाइबल पठन, बाईबल पद कण्ठस्थ जस्ता विषयहरु पनि समावेश गराइको छ।
|
|
|
| |
Date:
2009-01-17 |
|
|
यही पौष २९ गतेका दिन गरिएको समर्पण प्रार्थनापछि थानकोट सेवाकाई प्रारम्भ भएको छ। एवेनेजरको उपत्यकामा बहुमण्डली योजना अन्तर्गत जोरपाटी सेवाकाईपछि यो दोश्रो सेवाकाई हो। यस सेवाकाईका निम्ति श्री लरेन्स तामाङ र श्री प्रवीण परियारले आफ्ना जीवन समर्पण गर्नुभएको छ। श्री लरेन्स तामाङ र थानकोट बाडभन्ज्याङका विश्वासीहरुको विश्वास र प्रार्थनामा थानकोट खरीबोटमा लिइएको भाडाको कोठामा समर्पण प्रार्थना पछि बुधवारीय प्रार्थना सभा र शनिवारीय आराधन सभा शुरु गरिएको छ। रोटी भँचाईका निम्ति प्रत्येक महिनाको पहिलो शनिवार भने उहाँहरु एवेनेजर, कोटेश्वरमा भेला हुनुहुनेछ। यो क्रम सो सेवाकाई एक स्वतन्त्र मण्डलीको रुपमा स्थापित नभएसम्मका लागि जारी रहनेछ।
|
|
|
| |
Date:
2009-01-17 |
|
|
यस वर्षको ख्रीष्टमसको विदाको अवसरमा एवेनेजरमा विशेष सभा तथा सुसमाचारीय कार्यक्रम सम्पन्न गरिएको थियो। लगभग ५५० जनाको सहभागीतामा सम्पन्न यस कार्यक्रममा थुप्रै नयाँ मित्रहरु सुसमाचार सुन्नका निम्ति भेला भएका थिए। सो अवसरमा एवेनेजरको रजत महोत्सव वर्षको उपलक्षमा प्रकाशित पुस्तक ‘एवेनेजर इतिहास’ को यस मण्डलीका एक पुरानो खाँबो श्री देव बहादुर लिम्बुबाट विमोचन गरिएको थियो। नेपाली ख्रीष्टिय इतिहासको एक ईंट बनेको यस इतिहासले नेपाली ईशाईहरुलाई मार्ग दर्शन दिने कुरामा यस पुस्तकका लेखक यू. जे. गुरुङ विश्वस्त देखिनुहुन्छ।
|
|
|
| |
Date:
2008-11-22 |
|
|
यही मंसीर २८ का दिन एवेनेजर युवाहरु काठमाडौं स्थित वीरेन्द्रचोकमा पा. यू. जे. गुरुङको घरमा विशेष सभाका निम्ति जुटेका थिए। उक्त अवसरमा एवेनेजरका करिव ४० युवाहरु जुटेका थिए विदाका अभावका कारण बाँकी युवाहरु जुट्न सकेनन्। जुटेकाहरुवीच आत्मिक संगति, आत्मिक भजनहरु, प्रवचन, हाँजिरी जवाफ प्रतियोगीता, प्रेमभोज जस्ता कार्यक्रमहरु भएका थिए। पारस्परिक प्रेम र सद्भावमा सम्पन्न यस सभाले युवाहरुलाई उत्साही तुल्याएको थियो। प्रवचन पा. यू. जे. गुरुङले दिनुभएको थियो।
उक्त सभाको प्रवचन खण्ड थियो, “तर ठूलो घरमा सुन र चाँदीका भाँडाहरु मात्र हुँदैनन् तर काठ र माटोको पनि हुन्छन्; कति आदरका निम्ति र कति अनादरका निम्ति हुन्छन्। यसकारण मानिसले आफूलाई यिनीहरुबाट शुद्ध पार्छ भने ऊ एऊटा आदरको भाँडो बन्नेछ, जो पवित्र पारिएको, मालिकको काममा आउने र हरेक असल कामका निम्ति तयार पारिएको हुन्छ। अनि जवानीका अभिलाषाहरूदेखि भाग; तर शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरुका साथमा धार्मिकता, विश्वास, प्रेम, शान्तिका पछि लाग”। २ तिमोथी २:२०-२२।
१ तिमोथी ३:५ मा मण्डलीलाई परमेश्वरको घर भनिएको छ। परमेश्वरको घर ठूलो घर हो जहाँ ठूलो संख्यामा ख्रीष्टलाई स्वीकार गर्नेहरु हुन्छन् कति सुन, चाँदीका कति काठ, माटोका। महाजालले समुद्रबाट नानाथरिका जीवहरु ल्यायो तर तिनमा असललाई खरावबाट छुट्याइयो। असललाई असल कामका निम्ति खरावलाई फालिनका निम्ति, मत्ती १३:४७-४९। परमेश्वरको घरका भनिएकाहरुमा एकदिन न्यायकर्ता परमेश्वरले न्याय गर्नुहुनेछ जसमा ठूलो संख्यामा अनन्तताका निम्ति अलग्याइनेछन् तर बाँकी चाहिँ विनाशका निम्ति, मत्ती ७:२१-२३।
लूका मात्र पावलसंग थिए। मर्कूसलाई ल्याइन जरुरी थियो किनकि उनी पावलका निम्ति उपयोगी थिए, २ तिमोथी ४:११। ओनेसिमस फिलेमोनका निम्ति कामलाग्दो व्यक्ति थिए, फिलेमोन ११। कोही व्यक्ति अरुहरुका निम्ति काम लाग्दो हुनु कति महत्वपूर्ण कुरा हो। ती आदरका भाँडोहरु हुन्, जो उपयोगी छन्। ख्रीष्टका नाम लिनेहरु परमेश्वरको काममा आउने आदरका भाँडोहरु बन्नका निम्ति हुन्। ती असल कामका निम्ति तयार पारिएको हुन्छ। परमेश्वरका जनहरु हरेक असल कामका निम्ति हुन्, २ तिमोथी ३:१७। केवल आत्मिक सेवाकाईका लागि मात्र होइन तर हरेक असल कामका निम्ति ख्रीष्टकाहरु तयार हुनु परमेश्वरको इच्छा हो, तीतस ३:१। असल कामका निम्ति निकम्मा हुनु दु:खद हो, तीतस १:१६। हामीहरु परमेश्वरका काममा आउने, हरेक असल काममा आउने आदरका पात्रहरु बनौं।
‘भाग्नु’ समस्याहरुको समाधानको एक उपाय हो। युसुफले समस्याहरुको समाधानका निम्ति त्यही उपायको अवलम्बन गरे, उत्पत्ति ३९:१२। युवाहरुका निम्ति जवानीका अभिलाषा एक ठूलो चुनौति हो। तर त्यस चुनौतिको महत्वपूर्ण औषधि भाग्नु हो। “जवानीका अभिलाषाहरुदेखि भाग”। केवल भाग्नु खतरापूर्ण हुन्छ। कसकहाँ भाग्नु, केमा लाग्नु अर्को महत्वपूर्ण पक्ष हो। “तर शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरुका साथमा धार्मिकता, विश्वास, प्रेम, शान्तिका पछि लाग”। यी आत्माका फल हुन्, गलाती ५:२२। आत्माद्वारा डोर्याइएकाहरुमा आत्माका फल हुन्छन्। एक युवाले आत्मिक मानिसहरुसंग संगत गर्नुपर्दछ। यसले उसलाई विजयी जीवनका निम्ति टेवा दिन्छ। तर खराव संगतले जीवनलाई बेकम्म तुल्याइ दिन्छ। “खराव संगतहरुले असल चरित्रहरु बिगार्छन्”, १ कोरिन्थी १५:३३। “सबैसंग मेलमिलापमा बस्ने प्रयत्न गर, र पवित्रताको पछि लाग, जोबिना कुनै मानिसले परेमश्वरलाई देख्नेछैन, हिब्रू १२:१४। युवाहरु भाग्नु पर्छ, सबै खरावीहरु र अभिलाषाहरुबाट; अनि लाग्नुपर्छ आत्माका फलतर्फ। युवाहरुको विश्वास विश्वाम जीवनमा परमेश्वरले प्रशस्त आशिष दिऊन्।
|
|
|
| |
Date:
2008-10-14 |
|
|
I’m in Thailand with my wife since 29 September. We are having good time with Brother Mak (a former missionary to Nepal who had played a key role as a missionary to establish Kathmandu Baptist Church ‘Ebenezer’) and his family. The Lord has been using them in Thailand specially among Hmong people establishing churches and strengthening them spiritually and socially. Meantime we had good opportunities for the special visits to the people and the places.
My wife Meena and I have visited Don Rulison who is 92 years old in Chiangmai, Thailand recently with Brother Mak and Bhauju Narola Sanglir. Don Rulison is a blessed brother in Christ who spent more than 40 years in Thailand preaching the gospel to Hmong People in Thailand working as a missionary. In his place brother Mak is preaching and teaching among the Hmong people and the churches established among them for last 18 years. The Lord is using brother Mak and his wife Narola so much among the Hmong people. Brother Don is still in good health by God's grace. He could talk with us easily. He remembered the old friends of Nepal still such as Pradesh Shrestha, Thomas Kaufmann. He remembered the beloved brethren in Nepal still. He prayed for us and for the ministries in Nepal along with the people in Thailand that they might be saved. He prayed that the people in Thailand are so rich but they are poor spiritually. They need Christ. Meena and I were so much inspired by seeing him.
We had a good time with some of the Nepalese Christians who are residing Chiangmai. We had good visits to Northern Border of Thailand and saw the soils of Burma and Laos. We even entered into Laos and saw the Laosian faces who are loving people and in the need of the gospel. The government of Laos is not allowing it’s people to choice for their faith. There are many Christians in prisons today just for their faith in Christ according to a Korean Missionary who is working there in a NGO. It’s good to pray for Laos. Concerning Burma I have historical relation with it. My fathers were fighting against the Japanese arm-force in 2nd World war being in British-India Government in this land. In this war Nepal had sided to British-India against the Axis Power. Especially my father had fought a great fight continually in the Burmese forests against the Japanese more than one year using a heavy machine gun. Many Nepalese soldiers had resided them in Burma after the war when they see here fertile land. This was the reason why there are so many Nepalese found in Burma today. They speak Nepali very well. Many of them are converted to Christianity. It’s good that there are no such restrictions in Burma as in Laos concerning the conversion of faith. I felt the need of prayers for the Nepalese Burmese who are residing in Thailand many of whom are not in Christ.
We went to Pua in Nan Province of Thailanad where the ministry of Brother Mak Sanglir is centered to preach the gospel among the Hmong people. Pua is about 400 KM from Chiangmai taking about 6 hours by car. We visited Kathy Home where Brother Mak has built two buildings by faith for the Hmong Children for their spiritual training and education. Brother Mak is giving Bible Studies every evening to the students who are residing in Kathey Home. God is using Brother Mak and Bhauju Narola among the Hmong people. As they are fluent in Thai and are able to communicate in Hmong they are being influential in the ministry among them.
There are four churches in the Hmong villages. They are Maesanan Church, Namsot Church, Namtoang Church and Jeegung Church. Elder Neng, Elder Mai, Elder Jer and Elder Bee are looking after these churches respectively. By 2000 Brother Mak and his fellow-workers had lost one of the ministries among the Hmong villages due to monitory influence by other Christian groups. Brother Mak is so sorry to see the event. It was the ministry in Nadoi where a small group of believers were having as a home fellowship. We attended this Sunday for the worship service in Maesanan Church. We reached there on Saturday, the 11th of October. We had a good time with Elder Neng and his family who had gone to a river early in the morning for fishing to get fishes for us. He brought plenty of fishes at home for the dinner.
That evening we went to meet Neng's sister, Nzung or Panida. When we reached there her eyes were swollen. I was little bit confused of the situation. But later I came to know that she wept a lot for her deceased husband Punchai who died in August with a stroke. This year the Lord had blessed Nzung's family with plenty of rice in their fields. It was the plan of her husband to plant more rice in larger area of their land. She had gone to see the rice field on that day. By seeing the rice field she missed her husband and wept a lot for his memory. When we reached at her home she showed her husband's photo who looked so handsome and young guy. Both of them were saved in Christ and the Lord had blessed them in their marriage and the family.
The young lady Nzung has one and half year old daughter along with other three boys. She had missed her Dad so much. Every evening she is seeking her Dad. And even that day she had asked her mother right in the rice field where was his father gone giving her opinion that her dad should be there in the field to ripe the rice. Many times Nzung replied to her little daughter for her unending questions that her father had gone to God. Then she would ask again where God is. It was a time of sorrow for all of us. We wept altogether and prayed for her. We were led to the house by Bhauju Narola.
Next day was the Lord's day. We had a time of worship in the church hall built by the believers where about 30 family used to get together for the worship service. I preached there in the service and Brother Mak translated in Thai for me. The Lord had blessed us so much among the believers. We headed to Chiangmai then after the service.
We are heading to Bangkok this Friday. There we will spend some days and will go back to Kathmandu on Monday, the 20th October. The Lord has blessed us abundantly here in Thailand with Brother Maks family and the believers here. Brother Mak and Bhauju Narola has given us a lot of blessings giving their precious time and labors along with other providences.
We are updated with the family and the church updates by our Son Adarsha and Brother Som Limbu. We are satisfied with the updates. On the 9th of October 11 people were baptized in Ebenezer. And God is using Elders Yusuph Gurung and Aram Sunuwar along with Brother Krishna Rai and Som Limbu. And Elder Pradesh from Palung is coming to Kathmandu for the sermon and Lord Supper service on 18th of October in Ebenezer.
We were so much concerned about our 4 years old little son Ananta while we were in Thailand. We had not left him for such a long time. We missed him a lot this time. One night both I and my wife had a bad dream for him as a result of our concern for him. On the next day we inquired to our Son Adarsha about him. But he was alright by God's grace. By the next day we talked with him. It was a awesome time for us. We had missed him a lot along with our other children. We will see all of them on coming Monday.
Thanks to all our brethren in Christ who had been praying for us. May God bless you all with his abundant graces. God is so good that he has blessed us so much with his blessed blessings by making us his own children putting us in heaven even today in position. Eph. 1:3. Amen.
Ps. U. J. Gurung
|
|
|
| |
Date:
2008-10-05 |
|
|
A great number of Nepalese from Burma are working in Chiangmai but only a few came to know the Lord as their Saviour. Today we went to Daniel Shrestha's house for a house fellowship. He had married a Thai girl and settled here for his business. Brother Daniel had invited his Nepali friends to hear the gospel from us. I preached the gospel to them from the word of God. It was a good time. Here I see a great need of preaching the gospel to the Nepalese came from Burma.
|
|
|
| |
Date:
2008-10-02 |
|
|
My wife Meena and I have visited Don Rulison who is 92 years old in Chiangmai, Thailand recently with Brother Mak and Bhauju Narola Sanglir. Don Rulison is a blessed brother in Christ who spent more than 40 years in Thailand preaching the gospel to Mhong People in Thailand working as a missionary. In his place brother Mak is preaching and teaching among the Mhong people and the churches established among them for last 18 years. The Lord is using brother Mak and his wife Narola so much among the Mhong people. Brother Don is still in good health by God's grace. He could talk with us easily. He remembered the old friends of Nepal still such as Pradesh Shrestha, Thomas Kaufmann. He remembered the beloved brethren in Nepal still.
He prayed for us and for the ministries in Nepal along with the pople in Thailand that they might be saved. He prayed that the people in Thailand are so rich but they are poor spiritually. They need Christ. Meena and I were so much inspired by seeing him. May God bless his life now and foerever.
|
|
|
| |
Date:
2008-09-22 |
|
|
एवेनेजर वृद्धा महिलाहरुको निम्ति भाद्र २४, २०६५ मा आयोजित वार्षिक कार्यक्रममा १९ जनाको सहभागीता थियो। अत्यन्तै उत्साहजनक रुपमा भाग लिएका वृद्धाहरुको सो कार्यक्रममा श्रीमति मीना गुरुङ तथा श्रीमति चन्द्र कुमारी गुरुङले प्रवचन दिनुभएको थियो भने सभा संचालन श्रीमति विमला सुनुवार तथा श्रीमति मीना गुरुङले गर्नुभएको थियो। श्रीमति विमला सुनुवारले खेलहरु खेलाउनुभएको थियो। खेलपछि खेलमा विजयीहरुलाई पुरस्कृत गराइएको थियो। साथै गत वर्ष कण्ठ गराइएको बाइबल पदलाई यस वर्षसम्म स्मरण गर्ने श्रीमति कृष्ण कुमारी बुढाथोकीलाई पनि पुरस्कृत गराइएको थियो। एवेनेजर महिलाहरुले खाना तथा खाजा तयार पार्न सहयोग गर्नुभएको थियो। कार्यक्रमले वृद्धा महिलाहरुलाई अत्यन्तै उत्साही पार्नुका साथै आत्मिक उन्नतिको निम्ति सहयोग प्रदान गरेको थियो। उक्त कार्यक्रममा चित्र माया आले – ६६, महिमा गुरुङ – ६१, सरस्वती दाहाल – ६६, विष्णु माया घिमिरे – ८२, मैना कुमारी लामा – ६५, सानु कान्छी बुढाथोकी – ७४, ठूली परियार – ७५, गणेश कुमारी गैह्रीपिपल – ७६, कृष्ण कुमारी बुढाथोकी – ७८, लक्ष्मी श्रेष्ठ – ८५, कुमारी राना – ७५, मंगल माया श्रेष्ठ – ७०, चन्द्र माया राई – ७१, ज्ञानू बस्नेत – ६५, गंगा मगर – ८०, चन्द्र माया मगर – ८२, सानू थापा – ६५, मैया भन्डारी – ७०, पविरत्न राई – ६० सहभागी हुनुहुन्थ्यो।
२०६५ देखि लगातार संचालन हुँदै आइरहेको वृद्धा-सभा कार्यक्रम २०६३ मा सुन्दरीजलमा २ दिनका लागि संचालन गरिएको थियो भने गत वर्ष र यस वर्ष एवेनेजरको आफ्नै भवनमा संचालन गरिएको थियो। परमेश्वरले वृद्धाहरुलाई आदर गर्न र ससम्मान व्यवहार गर्न सिकाउनुभएको छ। १ तिमोथी ५:१-३। सबै वृद्धाहरुको वृद्धावस्था आशिषमय रहोस्।
|
|
|
| |
Date:
2008-09-22 |
|
|
सेप्टेम्वर ३०, १९१७ मा क्यानडामा जन्मी नेपाललाई कर्मभूमि बनाएका ९० वर्षीय एलिजावेथ मेन्डिजको यही भाद्र १०, २०६५ (२६ अगस्ट, २००८) को रात काठमाडौं स्थित नर्भिक हस्पिटलमा देहवशान भएको छ। ललितपुरको धोवीघाटस्थित एजम्सन चर्चमा श्रद्धान्जली सभापछि नीजको शवलाई पशुपति आर्यघाटमा यही भाद्र १४ का दिन (३० अगस्ट) अन्तेस्टी गरिएको थियो। ममी मेन्डिजको नामले परिचित एलिजावेथ मेन्डिज सल्भेसन आर्मीको क्याप्टेनको रुपमा सेवाकाई गर्न भारत आउनुभएपछि उहाँको भेट भारतीय नागारिक टम मेन्डिजसंग भएको थियो। टम मेन्डिजसंग विवाह बन्धनपछि उहाँ १९५६ तिर नेपाल आउनु भएको थियो। नेपालकै पहिलो बालगृह संचालन गरी सयौं टुहुरा नानीहरुको लालन-पालन गर्नुभएका ममी मेन्डिजले नेपाललाई नै आफ्नो घर बनाउनुभएको थियो। नेपाल आउनुभएपछि उहाँले भारत बाहेक कुनै पनि विदेशी भूमि टेक्नुभएन।
करिव ३० वर्षअघि विधवा बन्नुभएका ममी मेन्डिजले २० वर्ष अघिदेखि शारीरिक असक्तताका कारण हिंड्डुल गर्न कठिनाई भोगिरहनुभएको थियो। उहाँका चार्ल्स र थोमस गरी दुई छोराहरु थिए। उहाँहरु मध्ये चार्ल्स मेन्डिजले ८० को दशकमा जेलनेल भोगिरहेका नेपाली ईशाईहरुको सेवामा सकृय योगदान दिनुभएको थियो। ख्रीष्टिय प्रकाशन सामाग्रीहरुका साथ सकृय योगदान पुर्याउने क्रममा उहाँ कैद पनि पर्नुभएको थियो। ८० को दशकको अन्ततिर भारतको नयाँ दिल्लीलाई सेवाकाईको केन्द्र बनाई अघि बढिरहेका चार्ल्स मेन्डिजले मदर टेरेसालाई पनि भेट्नुभएको थियो। चार्ल्स मेन्डिजकै प्रवन्धमा ममी मेन्डिजको श्रद्धान्जली सभा नेपालस्थित रोमन क्याथोलिकहरुको धोवीघाटस्थित मूख्य चर्च ‘एजम्सन चर्च’मा सम्पन्न भएको थियो। आराधना चर्चका प्रथमा पास्टर डा. निकानोर तामाङद्वारा संचालित उक्त सभामा नेपाली ईशाई मण्डली ‘ज्ञानेश्वर मण्डली’ भजन समूहले भजनहरुमा नेतृत्व गरेका थिए भने ज्ञानेश्वर चर्चका पास्टर रवर्ट कार्थकले प्रवचन दिनुभएको थियो। त्यसपछि एजम्सन चर्चका क्याथोलिक फादरहरुले ममी मेन्डिजको नाममा मास (क्याथोलिक रोटी भचाई) संचालन गरी ममी मेन्डिजका परिवारजन तथा क्याथोलिक परिवारलाई मासका सामाग्रीहरु खुवाएका थिए। रोमन क्याथोलिक विश्वास अनुसार मासमा प्रयोग गरिने रोटी र दाखमद्य प्रार्थनापछि येशूको वास्तविक शरीर र रगतमा परिवर्तन हुन्छ। मृतकको शान्ति र पर्गेटरीबाट छुट्काराका निम्ति मासले सहयोग गर्छ भन्ने क्याथोलिकहरुको विश्वास रहेको हुन्छ। मासपछि एलिजावेथ मेन्डिजको शवलाई पशुपति लगि जलाइएको थियो। शवको खरानीलाई एजम्सन चर्चमा राखिएको छ।
जहाँसम्म एलिजावेथ मेन्डिजको विश्वासको सवाल छ मेन्डिज होममा हुर्केका व्यक्तित्वहरुको आधारमा उहाँ कहिल्यै रोमन क्याथोलिक थिएन। उहाँ सल्भेसन आर्मीका मिशिनरी हुनुभएको र आराधना चर्चको सभाहरुमा भाग लिने एक व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको व्यक्तिगत विश्वास भने स्पष्ट देखिएको छैन। तर उहाँको परिवारजनको अनुसार ममी मेन्डिजको चाहना अनुसार उहाँको श्रद्धान्जली अर्पण कार्य क्याथोलिक चर्चमा गरिएको हो। यो विवाद हाललाई अनुत्तरित देखिएपनि चार्स्ल मेन्डिजको रोमन क्याथोलिक चर्चप्रतिको प्रगाढ झुकावलाई भने नकार्न सकिन्न। आफ्नी माताको निधनको शोक जनाउन चार्ल्स मेन्डिजले आफ्ना तीन छोराहरुका साथ केश खौरेबाट उहाँ अनि उहाँकी पत्नी सुजन मेन्डिजको विश्वास सम्बन्धमा थप अन्यौल उब्जिएको छ। सुजन मेन्डिज डा. निकानोर तामाङकी पत्नी एलिजावेथ तामाङ (दाहाल) की बहिनी हुनुहुन्छ।
पश्चिमा राष्ट्रहरुमा पुन: रोमन क्याथोलिक चर्चप्रति झुकाव बढिरहेको सन्दर्भमा नेपाल पनि अछुतो नरहने त निश्चित छ। केही समय यतादेखि लगातार प्रयोग भईरहेका सेन्ट जेभिर्यस स्कुल मैदानले त्यस कुराको गवाही दिइरहेछ। एजम्सन चर्चमा संचालित यस श्रद्धान्जली सभामा नेपालका ईशाई व्यक्तित्वहरुको सकृय सहभागीता अर्को ज्वलन्त उदाहरण हो। एलिजावेथ मेन्डिज नेपालकै निम्ति एक महत्वपूर्ण समाजसेवीको रुपमा देखिनुभएको छ। तथापि उहाँ र उहाँको परिवारजनको ख्रीष्टिय विश्वास सम्बन्धमा भने प्रश्नहरु देखा परे।
|
|
|
| |
Date:
2008-09-04 |
|
|
हिन्दू धर्मावलम्बीहरुका एक महत्वपूर्ण पर्व तीज यही भाद्र १७ गते शुरु भई १९ गते समापन भएको छ। असल वर वा पतिको प्राप्ति र पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै शिवलिंगहरुमा पुगी प्रार्थना, आराधना चढाउने यो हिन्दू महिलाहरुको पर्व हो। हिन्दू नवदुलहीहरुको सृंगार र उमंगहरुमा देखा पर्ने महिलाहरुको यस पर्वमा नयाँ रौनक हुन्छ। विवाहित महिलाहरु एक पटक पुन: जवानीका दिनहरुको सम्झना गर्दै माईतीमा रमाउँदै संगी सहेलीहरुका साथ मन्दिर-मन्दिर र जमघटहरुमा नाचगान र भोजहरुमा विताउँछन् यस पर्वमा। त्यसरी नै कन्या महिलाहरु नयाँ उमंगहरुमा उत्रिरहेका हुन्छन्। भावी पति, पतिका आकर्षणका कामनाहरु, लिंग पूजा, भोज, मनोरंजनहरु, नाचगान, जमघटहरुले पुन: एक पटक हामीहरुलाई बालामकालीन दिनहरुको सम्झना गराउँछ।
लगभग ३५०० वर्ष पहिला मध्यपूर्वमा अवस्थित मोआव राज्यका राजा वालाकले तात्कालीन एक अगमवक्ता वालामको सल्लाह अनुसार एक ठूलो पर्वको आयोजना गरे। यस पर्वका निम्ति शित्तिमका एक सुन्दर पहाडमा मूर्तिपूजाको भव्य कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा मोआव राज्यका सम्पूर्ण युवा महिलाहरुको निम्ति भोज, नाच गान र मनोरंजनहरुको राजकीय कार्यक्रम राखिएको थियो। सो कार्यक्रममा भर्खरै मिश्रदेशबाट निस्किआएका ईस्रायली पुरुषहरुलाई निमन्त्रणा गरिएको थियो। यो पर्वमा ईस्रायली पुरुषहरुले बाल (सूर्य) देवताको पूजाका साथ ठूलो संख्यामा मोआवी महिलाहरुलाई प्रेम गरे र शारीरिक सम्बन्ध राखे। यो कार्य यहोवा परमेश्वरको आज्ञा विपरित भएकाले एकैदिनमा उहाँद्वारा २४००० इस्रायली पुरुषहरु मारिए। गन्ती २५:१-९। यस पर्वमा मूर्तिपूजा र व्यभिचार एकसाथ गएको थियो। मानव इतिहासमा मूर्तिपूजासंग व्यभिचार जोडिएका प्रशस्त उदाहरणहरु छन्। यसलाई वालामको शिक्षा भनिन्छ। प्रकाश २:१४। परमेश्वरलाई व्यक्तिगत रुपमा चिनेका र उहाँसंग हिंड्नेहरु यस विषयमा सचेत र गम्भिर छन्। “यसकारण भाइहरुहो, परमेश्वरका कृपाहरुद्वारा म तिमीहरुलाई विन्ती गर्छु: आफ्ना शरीरहरुलाई तिमीहरुले पवित्र, परमेश्वरलाई मनपर्ने, जिउँदो वलिदानको रुपमा चढाइदेओ; यही तिमीहरुको उचित सेवा हो। अनि यस संसारसित एकनासे नहोओ, तर परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ, सो जाँचेर थाह पाउनालई आफ्नो मनको नयाँ हुवाइद्वारा तिमीहरु बदली हुँदै जाओ”। रोमी १२:१,२।
|
|
|
| |
Date:
2008-09-02 |
|
|
महादेववेसी, धादिङमा अवस्थित एक स्थानीय मण्डली एल-एलियोन, महादेववेसीमा आज महिलाहरुको विशेष सभा सम्पन्न भयो। एवेनेजर, कोटेश्वरबाट प्रभुले डेढ दशक अघि स्थापना गर्नुभएको एल-एलियोन मण्डलीद्वारा आयोजित यस सभामा एवेनेजर र एलियोनका गरी करिव डेढसय महिलाहरुको सहभागिता थियो। दुई सभा गरिएको उक्त कार्यक्रम मध्ये पहिलो सभामा एल-एलियोनका विष्णू बैजूले सभा संचालन गर्नुभएको थियो भने एवेनेजरका मीना गुरुङले प्रवचन दिनुभएको थियो। प्रवचनको विषय ‘मण्डलीमा महिलाहरुको भूमिका’ भन्ने रहेको थियो। साथै दोस्रो सभामा एल-एलियोनका कल्पना विंडारीले सभा संचालन गर्नुभएको थियो भने एल-एलियोनकै रुपा आलेले सुसमाचारीय प्रवचन दिनुभएको थियो। उक्त अवसरमा एवेनेजरका महिलाहरुले विशेष भजन सुनाए भने एल-एलियोनका महिलाहरुले ‘पश्चात्ताप’ विषयक नाटक मंचन गरेका थिए। सभा अत्यन्तै उत्साहवर्धक भएको एल-एलियोनद्वारा तयार पारिएको प्रेमभोजद्वारा थप प्रेमको संगतिमा थप उर्जा प्रदान गरेको थियो।
मीना गुरुङ, एवेनेजर
|
|
|
| |
Date:
2008-08-06 |
|
|
यही साउन २० देखि २२ गते सम्म नगरकोट स्थित इलफेन्ट हेड होटलमा संचालित काठमाडौं उपत्यकका बाइबलीय मन्डलीहरुका अगुवाहरुको संगति तथा अध्ययन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पा. यू. जे. गुरुङद्वारा ‘सुम्पिएको विश्वासको निम्ति संघर्ष’ (यहूदा ३) विषयक प्रवचनबाट शुरु भएको तीन दिने कार्यक्रममा श्री जेफ ओटबाट ‘अपोलोजेटिक्स’ विषयमा अध्यापन गराइएको थियो। मिशिनरी जिम मेकगाहाबाट ‘सृष्टिको उत्पिडन’ सम्बन्धमा प्रवचन दिनुभएको थियो। त्यसरी नै मिशिनरी जोयल ट्राभिसबाट ‘व्याख्यात्मक प्रचार’ सम्बन्धमा शिक्षा दिनुभएको थियो। पा. श्याम खत्रीले सुसमाचार नपुगेका नेपालका क्षेत्रहरुको परिचय दिनुभई ती ठाऊँहरुमा मिशिनरीहरु पठाउन उत्साह दिनु भएको थियो। अगुवाहरु वीचको छलफल कार्यक्रममा यू. जे. गुरुङले मण्डलीहरु प्रथमत: आफैं शिक्षामा बलियो र बसालिएको हुनुपर्ने खाँचो बाइबलका विभिन्न सन्दर्भहरुद्वारा देखाउनुभयो। ख्रीष्टमा ल्याइएका व्यक्तिहरुलाई २ तिमोथी २:२ अनुसार चेला बनाउनुपर्ने अनि तिनै व्यक्तिहरुलाई परमेश्वरको बोलावट अनुसार सेवाका लागि पठाउनु वा जिम्मेवार हस्तान्तरण गर्नु परमेश्वरको इच्छा भएको बताउनुभयो। कार्यक्रमको अन्तमा राम भन्डारीले प्रवचन दिनुभएको थियो। प्रवचनद्वारा उहाँले आफ्नो प्रयासमा गरिएको सेवाकाई फलदायी नहुने तर ख्रीष्टको निर्देशनमा गरिएको सेवाकाईमा नै फल प्राप्त हुने बताउनुभयो। कार्यक्रमका सहभागीहरुले यस प्रकारका सभाहरु राखी समसामयिक तथा महत्वपूर्ण शिक्षाहरुको अध्ययन हुनुपर्ने खाँचो औंल्याएका छन्। कार्यक्रममा सहभागी अगुवाहरु निम्न बमोजिम थिए।
प्रश्तुत फोटोमा उभिनेहरुमा देब्रेबाट दायाँ
१. लरेन्स तामाङ, एवेनेजर ९८५११०३०१४
२. जोयल ट्राभिस, साँचो शान्ति ९८०३३७९४६४
३. राम भन्डारी, बौद्ध ९८४१२७५२६७
४. जीवन शर्मा, बाँसवारी ९८४१२७९५५०
५. जिम मेकगाहा, बेथेल ९८०३५०५१२४
६. जेफ अट, नर्थ वेस्ट ब्याप्टिस्ट कलेज, यू. एस. ए.
७. गोरे बहादुर तामाङ, गोंगवू ९८४१७२०४९७
८. कृष्ण शाही, बौद्ध ४४९५८४२
९. श्याम खत्री, महिमा ९८५१०३५१४४
१०. जेम्स तामाङ, बेथेल ९८४१४९६४५५
११. यू. जे. गुरुङ, एवेनेजर ९८४१२०२११०
बस्नेहरुमा देब्रेबाट दायाँ
१२. मोहन राई, महिमा ९८४१६६७९९१
१३. अराम सुनुवार, एवेनेजर ९७४१०४१९७२
१४. नीर तामाङ,गोंगवू ९८४१६३८९७
१५. प्रदिप कुंवर, लेले ९८४१४९६९८८
१६. सुशील बानियाँ, बेथेल ९८४१२९८१३९
१७. महेन्द्र जंग शाही, सुर्खेत ९८४८०३८८१५
१८. साइमन तामाङ, महिमा ९८०३१७७५६८
|
|
|
| |
Date:
2008-08-01 |
|
|
एवेनेजरका सदस्य संजित राई तथा उहाँकी श्रीमति मनिका राईबाट आज विहान एक बालिकाको जन्म भएको छ। सकुशल जन्मको निम्ति संजित राईबाट परमेश्वरमा धन्यवाद चढाइएको छ। संजीत राई हाल मध्यपूर्वमा सेवारत हुनुहुन्छ। उहाँहरुको यस पहिलो नानीबाट परमेश्वरलाई महिमा र परमेश्वरका जनहरुलाई शान्ति होस्। छोरा छोरीहरु परमप्रभुले दिनुभएका हकको सम्पत्ति हुन्, अनि उहाँबाटको इनाम। "हेर, छोराछोरीहरु परमप्रभुले दिनुभएको हकको सम्पत्ति हुन्; अनि गर्भको फलचाहिँ उहाँको इनाम हो।" भजन संग्रह १२७:३।
|
|
|
| |
Date:
2008-07-28 |
|
|
नेपालको पहिलो राष्ट्रपतिमा डा. राम वरण यादव र उपराष्ट्रपतिमा परमानन्द झाको शपथग्रहण पछि नेपालको राजनीति पुन: तातिएको छ। राष्ट्रपति पद चयनको निम्ति भारी शक्तिसंघर्ष पछि अन्तत: नेपाली कांग्रस यो स्थान लिन सफल भयो। डा. राम वरण यादव नेपाली कांग्रेसका महामन्त्री थिए। उपराष्ट्रपति परमानन्द झा सर्वोच्च अदालतका पूर्व न्यायधीश थिए। झा मधेशी जनाधिकार फोरमका सभासद पनि हुन्। तर परमानन्द झाले हिन्दी भाषामा शपथ खाएपछि तातिएका विद्यार्थी आन्दोलनले आजसम्म आइपुग्दा अझ उग्र रुप लिएकोछ। देशभर विद्यार्थीहरुद्वारा सार्वजनिक रुपमा उपराष्ट्रपतिले माफी माग्नु पर्ने सो नगरिए राजिनामा दिनु पर्ने माग राख्दै आन्दोलन चर्काएका छन्। काठमाडौं उपत्यकामा आज आन्दोलनले अझ चर्को रुप लिएको थियो। आजै सर्वोच्च अदालतले उपराष्ट्रपति झा र सरकारलाई उपराष्ट्रपतिले हिन्दी भाषामा शपथ लिनुको लिखित कारण दिन ७ दिनको म्याद तोकेको छ। गणतन्त्र नेपाल अहिले संक्रमण काल भएर अघि बढिरहेको छ। प्रार्थना गरौं कि देशले यस परिस्थितिबाट चाडै निकास पाउन सकून्। “यसकारण म यो अर्ती दिन्छु: सबै भन्दा पहिले बिन्ती, प्रार्थना, निवेदन र धन्यवादहरु सबै मानिसहरुका निम्ति चढाइऊन्; सारा भक्ति र इमानदारीमा शान्ति र चैनको जीवन बिताउन सकौं भनेर राजाहरु र सबै उच्च अधिकारीहरुका निम्ति चढाइऊन्”। १ तिमोथी २:१-२।
|
|
|
| |
Date:
2008-07-14 |
|
|
गणेश बहादुर तामाङ एवेनेजरका पुराना मिशिनरी हुनुहुन्छ। उहाँले बिगत ढेड दशकदेखि एवेनेजरको एक मिशिनरीको रुपमा विभिन्न जिल्लाहरुमा सेवा गर्नुभएको छ। हाल उहाँ हेटौंडा केन्द्रित रही सेवाकाई गरिरहनुभएको छ। सेवाकाईको प्रभावकारिताको निम्ति हेटौंडामै स्थायी बसोबास गरी अघि बढ्नु परमेश्वरको इच्छा हो भन्ने निश्चयता भएकोले परमेश्वरको अनुग्रहद्वारा एक सामान्य घरको निर्माणमा लागिरहनुभएको छ। निर्माणको क्रममा हाल छाना लगाउने कार्यमा आर्थिक अभावको कारण उहाँ रोकिनुभएको छ। तसर्थ उहाँको यस आवश्यकताका निम्ति प्रार्थना गरिदिनुहोला। उहाँलाई सहयोग गर्न चाहानुभएमा यस वेभसाईटको सम्पर्क ठेगानामा सम्पर्क राख्नुहोला। श्री गणेश बहादुर तामाङको साक्षी पढ्न चाहानुभएमा यस वेभसाइटको जीवनी खण्डमा हेर्नुहोला। पा. यू. जे. गुरुङ
|
|
|
| |
Date:
2008-07-01 |
|
|
एवेनेजर मण्डली कोटेश्वरलाई परमेश्वरले दिनुभएको दर्शन अनुसार जोरपाटी सेवाकाई प्रारम्भ भएको छ। आज एवेनेजर मण्डलीका कारिन्दाहरु तथा एवेनेजरका सदस्यहरुका साथमा जोरपाटीमा बाईबल अध्ययनका साथ सेवाकाईको निम्ति प्रार्थना कार्यक्रम सम्पन्न भएको छ। हाल झूण्डको रुपमा शनिबारीय सभाहरु संचालन हुने, प्रत्येक महिनाको पहिलो शनिवार त्यहाँका विश्वासीहरु एवेनेजरमा सहभागी हुने कार्यक्रमका साथ यो सेवाकाई शुरु भएको छ। पछि विश्वासीहरुको संख्या बढेर उपयुक्त समय आइसकेपछि एक स्वतन्त्र मण्डलीको रुपमा स्थापना गरिने कार्यक्रम राखिएको छ। सेवाकाईको नेतृत्व एवेनेजरका एक एल्डर युसुफ गुरुङ र एक कारिन्दा शिलास थापाले गर्नुहुने कार्यक्रम रहेको छ। साथै सेवाकाईमा साथ दिन त्यस क्षेत्रमा रहने एवेनेजरका तीन परिवारहरुले साथ दिनुहुनेछ। प्रार्थना गरौं कि त्यस भेकमा भएका हराएका भेडाहरु पाइयोस्। परमेश्वरको महिमा होस्।
|
|
|
| |
Date:
2008-06-21 |
|
|
Due to the Strike by the Vehicle Association of Nepal today Kathmandu valley was badly affected. There were no public transportation vehicles in Kathmandu. People were walking all over the roads in Kathmandu to reach their destinations. Specially, the Christians in Nepal valley struggled to attend the church services today. Saturday is the off day in Nepal for schools, governmental offices and all the private offices. So Christians get together for their regular worship services on Saturdays instead of Sundays. Most of the roads were filled with the Christians today because of the Bandh or strike to reach their destinations, the church buildings. I had a long walk about one and half an hour from my house Birendrachok to Koteshwor. My wife, my children and my sisters joined me for a long walk.
People had long walks to attend our church (Kathmandu Baptist Church) from different corners of the valley. An old woman, Ganga Magar who is 83 years old walked from Tahachal 6 A. M. this morning and reached at Koteshwor by 11 A. M. Another old woman, Krinshna Kumari Budhathoki walked a long walk from Sitapaila this morning. Prabesh, Sanjaya, Laxmi and other brethren had long walks from Swayambhu for about 3 hours to reach the Church at Koteshwor. Another old woman Bishnu Ghimire walked from Chapagaun taking several hours with her grand daughter Meena. Other believers from Kapan, Jorpati and other corners of the valley had good walks today to attend the church service at Koteshwor. About 400 people got together for the fellowship today in Kathmandu Baptist Church. It was a blessed time together. Praise the Lord for the gathering. Pray for the situation of Nepal that the Lord may settle the political matters of Nepal. Thanks for your prayers.
Ps. U. J. Gurung
|
|
|
| |
Date:
2008-06-19 |
|
|
गल्छी पारीको देश धादिङको पहरेछाप यात्रा हिजो सम्पन्न भयो। काजी भाई र म काठमाडौंबाट हिड्यौं। गंगा आमा र चित्र माया आमा अघिल्लो दिन अर्थात् असार १ गतेका दिन त्यसतर्फ लाग्नुभएको थियो। उपत्यका बन्दका कारण हामीचाहिँ भोलिपल्ट मात्र हिड्यौं। भाई बीर बहादुर माझी त्रिशुलीबाट यात्रामा हामीसंग सहभागी हुनका निम्ति क्युरेनी आइपुग्नुभयो। त्यहाँ बस्दै गर्दा गंगा आमा र चित्रमाया आमा फर्कनुभयो। गंगा आमा स्वास्थ्यका कारण पहरेछाप पुग्नुभएनछ। बीचैमा बास परेछ र फर्कनुभएछ। तब काजी मगर भाई र बीर बहादुर माझी भाईका साथ म पहरेछाप तर्फ लागें। चार घण्टाको यात्रापछि हामी पहरेछाप पुग्यौं।
धादिङको पहरेछाप गाउँ करिब २५ घरको मगर गाउँ हो। यहाँका मानिसहरुको पेशा कृषि र जागीर हो। पुरुषहरु जागीरको शिलशिलामा प्राय: गाउँ बाहिर रहेका छन्। त्यस रात हामीले मनुष्य हृदयका ठूला चित्रहरुबाट भेला भएका मानिसहरुलाई सुसमाचार सुनायौं। निकैले चासो माने सुसमाचार सुने। भोलिपल्ट विहान पनि भेला भएका मानिसहरु तथा त्यस परिवारका सदस्यहरुलाई सुसमाचार सुनाइयो। काजी र यदुमायाका ७ जना नानीहरु छन्। सुसमाचार तथा परमेश्वरको वचन सुन्नको लागि नानीहरुलाई काजीले स्कुल पठाएनन्। दिउँसो गाउँका महिलाहरु निकै भेला भए। उहाँहरुलाई मनुष्य हृदय चित्रहरु तथा बाइबलबाट सुसमाचार सुनाइयो। राति गाउँका ठूलै संख्यामा मानिसहरु जुटेका थिए। उहाँहरुलाई सुसमाचार सुनाउने मौका पाइयो। असार ४ गते विहान यदुमाया र काजीले प्रभु येशूलाई प्रभु र मुक्तिदाताको रुपमा ग्रहण गरे। उहाँहरुले निरन्तर प्रभुमा जिउन निर्णय गर्नुभएको छ। उहाँहरुको हुर्काइ र सेवाकाईको निम्ति प्रार्थना गरौं। त्यस गाउँमा उहाँको महिमा होस्। असार ४ गतेका दिन भाई बीर र म क्युरेनी फर्क्यौ। त्यहाँबाट म काठमाडौ र भाईचाहिँ त्रिशुलीतर्फ लाग्नुभयो। तपाईहरुको प्रार्थनाहरुको निम्ति परमेश्वरलाई धन्यवाद होस्।
|
|
|
| |
Date:
2008-06-11 |
|
|
एवेनेजरका एक पुरानो साक्षी तुलसी नगरकोटी ६५ वर्षको उमेरमा आज एवेनेजर भवनमा प्रभुमा सुत्नुभएको छ। साँझपख प्रभुमा सुत्नुभएको तुलसी दिदीको शवलाई आज साँझ नै एवेनेजरले तीलगंगा कवरस्थानमा दफन कार्य सम्पन्न गरेको छ। त्रिशुली माझीगाउँमा विगत दुई दशकदेखि ख्रीष्टको साक्षी बन्दै आउनुभएका तुलसी नगरकोटी केही महिनादेखि पक्षघातको रोगद्वारा पिडित हुनुहुन्थ्यो। उहाँको साक्षीमा परमेश्वरले आशिष दिनुभई माझी गाउँमा एक मण्डली पनि स्थापना भएको थियो। प्रार्थना गरौं कि उहाँको देहवशानले परिवार जनहरुले परमेश्वरलाई चिन्ने अवसर पाउन सकुन्।
|
|
|
| |
Date:
2008-06-11 |
|
|
आज नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहले आफू नारायणहिटी दरवारबाट प्रस्थान गर्न अघि थुप्रै विदेशी तथा स्वदेशी पत्रकारहरुका माझ साँझ ५:३० बजे एक विदाई सम्बोधन गर्नुभएको थियो। खचाखच पत्रकारहरुले भरिएको नारायणहिटी दरवारको कास्की बैठक कक्षमा पूर्व राजा ज्ञानेद्नले २४० वर्ष अघि आफ्ना पूर्खा पृथ्वी नारायण शाहले नेपालको एकीकरण गरेको चार जात छत्तीस वर्णको राज्य रहेको उल्लेख गर्दै आफूमाथि दरवार हत्याकाण्डको आक्षेप लगाइएको प्रति असंतुष्टि जनाउनु भयो। आफूले आफ्नो सम्पत्ति विदेशमा नराखेको, पूर्वजहरुको सम्पत्ति तथा कुनै पनि राजपरिवार सदस्यहरुको सम्पत्ति नहडपेको जिकिर पनि गर्नुभयो। उक्त अवसरमा उहाँले नेपाली जनताको अभिमत अनुसार संविधानसभाले जेठ १५ गते गरेको निर्णयमा आफूले सहयोग गर्ने कुराको उदघोष गर्दै आफू स्वदेशमै रही नेपालको सतन्त्रता, सार्वभौमिकताको निम्ति समर्पित रहने प्रतिबद्धता जनाउनुभयो। आजकै मितिमा चीरकालका निम्ति शुरक्षित राख्ने गरी श्रीपेच र राजदण्ड नेपाल सरकारलाई बुझाइएको जानाकारी समेत दिनुभयो। उक्त अवसरमा आफू राष्ट्रध्यक्षको रुपमा रही काम गर्दा कसैको अधिकार हनन नगरेको तथा अनजानमा सो भएको भए बुझिदिने आशा समेत ब्यक्त गर्नुभयो। साथै विगत सात वर्षको शासन कालमा सहयोग पुर्या एका सम्पूर्ण वर्गमा धन्यवाद ज्ञापन गर्नुभयो। “मानिसहरुका राज्यमाथि सर्वोच्चकै सर्वाधिकार छ र उहाँले इच्छा गर्नुभएको कसैलाई पनि ती राज्यहरु दिनुहुन्छ।“ दानिएल ४:२५
|
|
|
| |
Date:
2008-06-07 |
|
|
हालै एवेनेजर मण्डलीले काठमाडौं उपत्यकामा बढ्दो जन-घनत्व र फराकिला क्षेत्रहरु रहेको परिप्रेक्षलाई मध्यनजर राखी उपत्यकामा एक भन्दा बढि मण्डलीका स्थापनाका निम्ति परमेश्वरले ढोकाहरु खोलिदिनुभएमा सोको लागि हात दिने निर्णय गरेको छ। दुरीको हिसावले एवेनेजर भवनबाट धेरै टाढा, रिङरोड आसपासका क्षेत्रबाट टाढाका स्थानहरुमा आवश्यकता देखिएमा, त्यस ठाउँको सेवाकाईका निम्ति बोझ भइका योग्य व्यक्ति प्रभुले उठाउनुभएमा, एवेनेजर अगुवाहरु र मण्डली परिवारले प्रभुको इच्छा हो भनी बुझेमा सो कदम चालिनेछ।
उपरोक्त निर्णयका आधारमा काठमाडौं जोरपाटी क्षेत्र एवेनेजर भवन स्थल कोटेश्वरबाट टाढा रहेको, त्यस स्थानमा रहेका एवेनेजर सदस्यहरुको चाहना भएको, त्यस स्थानको निम्ति एल्डर युसुफ गुरुङमा बोझ भएको, एवेनेजर अगुवाहरु र एवेनेजर मण्डली परिवारले परमेश्वरको इच्छा हो भनी बुझेकोले निकट भविष्यमा नै जोरपाटीमा नयाँ मण्डली स्थापानार्थ हात दिने निर्णय पनि एवेनेजरले गरेको छ। परमेश्वरले यी सबै सेवाहरुका निम्ति प्रशस्त अनुग्रह दिनुभएको होस्।
|
|
|
| |
Date:
2008-05-31 |
|
|
कारिन्दा सभा २०६५ आज गठन गरिएको छ। आज बसेको एवेनेजर कारिन्दा सभाले निम्न बमोजिम कार्यविभाजनका साथ कारिन्दा सभा गठन गरेको हो।
कारिन्दा सभा २०६५
सेवाको काम र ख्रीष्टको शरीरको उन्नतिका निम्ति पवित्रजनहरुलाई सिद्ध बनाउने (एफेसी ४:१२) उद्देश्यले मण्डलीको विभिन्न क्षेत्रमा सेवारत ख्रीष्टका सेवकहरु (१ कोरिन्थी ४:१,२) को समूह कारिन्दा सभाको योगदान महत्वपूर्ण रहँदै आएको छ। यस महत्वपूर्ण कारिन्दा सभाका सदस्यहरुको नामावली २०६५ का निम्ति यस प्रकार रहनेछन्।
१. यू. जे. गुरुङ, पास्टर
२. प्रदेश श्रेष्ठ, मिशिनरी, पालुङ सेवाकाई
३. गणेश व. तामाङ, मिशिनरी, हेटौंडा सेवाकाई
४. युसुफ गुरुङ, एल्डर, जोरपाटी सेवाकाई
५. आराम सुनुवार, एल्डर, कोषाध्यक्ष
६. कृष्ण राई, डिकन: विधवा तथा टुहुरा, नारायणस्थान क्षेत्रीय संगति शिक्षक तथा संयोजक
७. राजु कार्की, डिकन: विरामी, धुम्बराही क्षेत्रीय संगति शिक्षक तथा संयोजक
८. सोम लिम्बु, बाइबल स्कुल तथा क्षेत्रीय संगति शिक्षक, युवा संयोजक, अर्थ समिति सदस्य
९. डी. बी. अधिकारी, अर्थसमिति सदस्य
१०. प्रवीण कुमार परियार, संगीत समूह सदस्य, थानकोट घरेलु संगति संयोजक
११. देव ब. लिम्बु, अर्थ समिति सदस्य
१२. झप्ट ब. मादेन, भक्तपुर क्षेत्रीय संगति संयोजक
१३. शिलाश थापा, कोटेश्वर क्षेत्रीय संगति संयोजक
१४. गंगा कुमार राई, ताहाचल क्षेत्रीय संगति शिक्षक तथा संयोजक, अर्थ समिति सदस्य
१५. सनम लामा, संगीत समूह सदस्य
१६. गणेश ब. शारु, संगीत समूह सदस्य
१७. प्रकाश थापा, नरेफाँट क्षेत्रीय संगति संयोजक
१८. लरेन्स मार्क , क्षेत्रीय संगति शिक्षक, थानकोट
१९. मीना गुरुङ, महिला अगुवा तथा बाइबल स्कुल शिक्षक
२०. नानू श्रेष्ठ, मिशिनरी (पालुङ)
२१. विमा तामाङ, मिशिनरी (हेटौंडा)
२२. चन्द्र कुमारी गुरुङ, महिला अगुवा तथा बाइबल स्कुल शिक्षक
२३. विमला सुनुवार, महिला अगुवा तथा बाइबल स्कुल शिक्षक
२४. दीपा न्यौपाने, बाइबल स्कुल शिक्षक
२५. हसना लिम्बु, बाइबल स्कुल शिक्षक
२६. रीता बैजु, बाइबल स्कुल शिक्षक, महिला युवा संयोजक
२७. प्रिस्किला मौरती, बाइबल स्कुल शिक्षक
कारिन्दा सभा नियमावली
१. कारिन्दा सभा प्रत्येक महिनाको पहिलो शनिबार हुनेछ। नियमित तथा अतिरिक्त कारिन्दा सभाहरुमा कारिन्दाहरु अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ। प्रत्येक उपस्थितिको हाँजिरी लिइनेछ। उपस्थित हुन नसक्ने अवस्था देखिएमा पूर्व जानाकारी दिनुपर्नेछ।
२. कारिन्दाहरुले नियमित सभामा जुट्दा आ-आफ्नो कार्यक्षेत्रको प्रतिवेदन ल्याउनुपर्नेछ। प्रतिवेदन संभव भएसम्म लिखित रुपमा ल्याउनु पर्नेछ।
३. आफ्नो जिम्मेवारी र कारिन्दा सभाहरुको उपस्थितिलाई बेवास्ता गरेको पाइएमा सो व्यक्ति कारिन्दाको स्थानमा नरहेको मानिनेछ।
४. एल्डर, डिकन तथा क्षेत्रीय संगति शिक्षकहरुको संगति तथा प्रार्थना प्रत्येक मंगलबार हुनेछ।
|
|
|
| |
Date:
2008-05-29 |
|
|
२५ सेप्टेम्बर १७६८ मा काठमाडौं लिएपछि शुरुभएको विशाल नेपालका शाहवंशीय राज्य सत्ताको २८ मे २००८ रातसंगै अवशान हुनपुगेको छ। ज्यादै चतुर र क्रुर शासकका रुपमा चिनिने राजा पृथ्वी नारायण शाहबाट बसालिएको विशाल नेपालको शाह राजवंशको अन्तिम राजा ज्ञानेन्द्रको शासनकाल अन्त्य हुनुको साथै शाह राज्यसत्ताकै अन्त्य भएको छ। नेपालको अन्तरिम संविधानमा उल्लेख भएबमोजिम हालै सम्पन्न संविधान सभा निर्वाचन मार्फत निर्वाचित सभासदहरुको पहिलो बैठकमा प्रधान मन्त्री श्री गिरिजा प्रसाद कोइरालाद्वारा प्रश्तुत नेपालमा गणतन्त्रको कार्यन्वयनको प्रस्तावमा संविधान सभाका ५६४ जना सभासदहरुले आफ्नो मत प्रकट गरेका थिए जस अनुसार ५६० ले पक्षमा र ४ जनाले विपक्षमा मत हालेका थिए। यस अनुसार ९९.३ प्रतिशत मत गणतन्त्र कार्यन्वयनको पक्षमा रहेकाले यही जेठ १५ गतेको मितिदेखि गणतन्त्र कार्यन्वयन भएको घोषणा संविधान सभाका अध्यक्ष श्री कुल बहादुर गुरुङले गर्नुभएको थियो। यही निर्णय अनुसार राजाका सम्पूर्ण अधिकारहरु समाप्त भएको घोषणा गरिएको थियो। साथै १५ दिनभित्र राजदरवार खाली गर्न संविधान सभाको पहिलो बैठकले निर्देशन पारित गर्यो। गणतन्त्र कार्यन्वयनको घोषणापछि बानेश्वर स्थित सगरमाथा भवनबाहिर ठूलो संख्यामा नागारिकहरुको समूहले हर्षोल्लास मनाएका थिए।
आज जेठ १६ का दिन विहान ८ बजे नारायणहिटी दरवारको शाही झण्डा हटाइएको थियो भने साँझ ७ बजे सोही स्थानमा नेपालको राष्ट्रिय झण्डा फरफराइएको थियो। यस घटना पछि नेपाली जनतामा साँचो रुपमा गणतन्त्र आएको अनुभूति मिलेको थियो। नारायण हिटी दरवार क्षेत्रमा त्यसपछि विजयोल्लास मनाएका थिए। २४० वर्ष पुरानो राजतन्त्र नेपालबाट समाप्त भएको घटना नेपालको निम्ति एक ऐतिहासिक घटना थियो। परमेश्वरले नै राजाहरुको उदय गराउनुहुन्छ, अनि पतन पनि। नेपालको निम्ति निरन्तर प्रार्थना गरौं कि यसपछिका दिनहरुमा अप्रिय घटनाहरु घट्ना नपाओस् तर परमेश्वरको महिमा होस्।
|
|
|
| |
Date:
2008-05-24 |
|
|
बेला बेला एवेनेजर भवनमा देखा पर्ने दृश्य के हो भने प्रार्थना वा सभा चलिरहेको वेला कोही कामिरहेका हुन्छन्। यो कुनै क्यारिस्मेटिक सभाको सामान्य दृश्य भन्दा फरक हो। एवेनेजर चर्चमा कोही पनि ईशाई काम्दैनन् नता लडिबुडि नै गर्दछन्। तर गैह्र ईशाई समुदायका व्यक्ति जब दुष्टात्माहरुद्वारा पीडित हुन्छन् तब छुट्काराका निम्ति एवेनेजरमा ल्याइन्छन्। तिनका निम्ति प्रार्थना गरेपछि ती निको पारिन्छन्। विगतमा परमेश्वरले यस मण्डलीमा ल्याइएका सबैलाई दुष्टात्माहरुद्वारा छुटकारा दिनुभयो। हालै पनि सो घटना भएको छ। धादिङका यदुमाया मगर धेरै अघिदेखि दुष्टात्माहरुद्वारा पीडित हुनुहुन्थ्यो। गाउँलेहरु पनि उहाँको अवस्थाबाट दिक्क भएका थिए। तर दुई हप्ताअधि उहाँको निम्ति एवेनेजरले प्रार्थना गर्यो र परमेश्वरले छुटकारा दिनुभयो। त्यसपछि उहाँ आफ्नो घर फर्किनुभयो। उहाँको जीवनमा दुष्टात्माहरुद्वाराको छुटकारा देखेर गाऊँलेहरु छक्क परेका छन् र उहाँहरु ख्रीष्ट येशूको बारेमा सुन्न र जान्न चाहेका छन्। आज पुन: एवेनेजर सभामा उपस्थित हुनुभएका यदुमायाले उहाँको गाउँमा कोही गई सुसमाचार सुनाईदिन एवेनेजर चर्चलाई अनुरोध गर्नुभएको छ।
|
|
|
| |
Date:
2008-05-24 |
|
|
आज एवेनेजर भवनमा युवा संयोजक छनोट कार्यक्रममा अत्यन्तै उत्साहका साथ युवाहरु जुटेका थिए। एवेनेजर सदस्यहरुमध्येका युवाहरुमा आज प्रदिप कुमार परियार, रीता बैजू, प्रिस्किला मौरती, यूनिया गुरुङ, ज्योति थापा, मूना गुरुङ, अनिता थापा, ईश्वरी थापा, रेखा राना, सविता घिमिरे, अंजना नेपाली, सुनिता निरौला, आदर्श जंग गुरुङ, श्री लामा, प्रवीण कुमार परियार, विश्वास बुढाथोकी, प्रज्ज्वल कार्की, पवन सुनार, लोइस थापा, रुवेन बलामी, रिवेका अधिकारी, प्रकाश सापकोटा, तविता तामाङ हुनुहुन्थ्यो। निर्वाचन प्रणालीद्वारा गरिएको छनोट प्रकृयामा पुरुष तर्फ श्री सोम लिम्बुले ९५.६५%, श्री प्रवीण कुमार परियारले ४.३५% महिलातर्फ रीता बैजूले ५२%, प्रिस्किला मौरतीले २६% र संझना नेपालीले २२% मत प्राप्त गरेका थिए। परिणाम अनुसार २०६५ का निम्ति युवा संयोजकहरुमा श्री सोम लिम्बु र सुश्री रीता बैजू नियुक्त गरिएको छ। निर्वाचन प्रकृयामा पा. यू. जे. गुरुङ र श्री गणेश बहादुर शारूले नेतृत्व प्रदान गर्नुभएको थियो।
|
|
|
| |
Date:
2008-05-20 |
|
|
नेपाल अहिले संक्रमणकालीन अवस्था भएर गइरहेछ। एकातिर आगामी जेठ १५ गते बस्ने पहिलो संविधानसभा बैठक नजिकिदैछ अर्कोतिर अस्थिरता पनि कायमै छ। आज कोटेश्वर चोकमा भोली हुने भनिएको उपत्यका बन्दको जानाकारी गराउने उद्देश्यले कोण सभाको आयोजना गरिएको थियो। हालै भएको एक हत्याको विषयलाई लिएर विभिन्न समूहहरुको संलग्नतामा कोटेश्वरबासीबाट हालै सम्पन्न संविधान सभा निर्वाचनमा सबै भन्दा ठूलो दलको रुपमा बनेको नेकपा माओवादीको विरुद्धमा भोली उपत्यका बन्दको आह्वान गरिएको छ। प्रार्थना गरौं कि देशमा अस्थिरताको अन्त होस्। देशवासीले खोजेको निकासा चाँडै प्राप्त होस्। "यसकारण म यो अर्ती दिन्छु: सबै भन्दा पहिले विन्ती, प्रार्थना, निवेदन र धन्यवादहरु सबै मानिसहरूका निम्ति चढाइऊन्; सारा भक्ति र इमान्दारीमा शान्ति र चैनको जीवन बिताउन सकौं भनेर राजाहरु र सबै उच्च अधिकारीहरुका निम्ति चढाइऊन्। १ तिमोथी २:१,२।
|
|
|
| |
Date:
2008-05-17 |
|
|
एवेनेजर सदस्य ८२ बर्षीय इन्द्र बहादुर बुढाथोकी आज विहान ३ बजे प्रभुमा सुत्नुभयो। लामो समयदेखि खुट्टाको समस्याले पिडित बुढाथोकी २०५६ मा ख्रीष्टमा आउनुभएको थियो। नीजको शवलाई एवेनेजर मण्डलीले आज तील गंगा स्थित श्लेष्मान्तक बनमा दफन सभाका साथ ससम्मान दफन गर्यो। आजै एवेनेजर सभामा नीजको सम्झनामा सम्झना सभा राखिएको थियो। त्रिशुली नुवाकोटमा नर बहादुर बुढाथोकी र सन्त बुढाथोकीको कोखबाट १९८२ बैसाख मा जन्मनु भएका बुढाथोकीकाएक १ श्रीमती, २ छोरा, २ छोरी हुनुहुन्छ।
|
|
|
| |
Date:
2008-05-09 |
|
|
नेपालमा हालै प्रत्यक्ष र समानुपातिक गरी ६०१ स्थानको निम्ति संविधानसभा निर्वाचन सम्पन्न भएको छ जसमा नेकपा माओवादी २२० स्थानमा विजय हासिल गरी सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको छ। यसले नेकपा माओवादीलाई भावी सरकार बनाउन र नयाँ नेपाल निर्माण गर्ने आफ्नो मार्गदर्शन लागु गर्न अवसर मिलेको छ। लगभग २ दशक शासन गरेको नेपाली कांग्रेसलाई यस निर्वाचनले ठूलो अन्तरले पछाडी पारेको छ यद्यपि यसलाई नेपाली जनताले दोश्रो ठूलो दलको रुपमा उभ्याएको छ। यस निर्वाचनमा नेपाली ईशाईहरुको प्रतिनिधित्व गर्न कुनै पनि नेपाली ईशाई निर्वाचित भएको छैन तर परमेश्वर नै मूल नियन्त्रक हुनुभएकोले सबै कुरा मिलेर नेपाली ईशाईहरुलाई भलाई नै हुने कुरामा द्विविधा भने पटक्कै रहेको छैन, रोमी ८:२८। (यू)
|
|
|
| |
Date:
2008-05-05 |
|
|
एनोन पूर्णांक १०४ प्रकाशन भएको छ। यसलाई उपत्यकाका बिभिन्न ख्रीष्टिय पुस्तक पसलहरुमा प्राप्त गर्न सकिन्छ। ईशाई जगतका जल्दा बल्दा विषयहरुको समीक्षा, बाइबलीय दृष्टिकोणमा गरिएका विश्लेषण तथा अन्य महत्वपूर्ण सामाग्रीहरुका साथमा अब एनोन फेरि प्रकाशित भएको छ। समयमा नै आफ्नो प्रति शुरक्षित गर्नुहोला। बाईबल आधारित, सत्यको पक्षधर एनोन बिगत १४ वर्षदेखि प्रकाशन हुँदै आइरहेको एक पुरानो ईशाई पत्रिका हो। यसद्वारा देशी विदेशी भुभागमा रहेका नेपाली भाषी ईशाई जनतालाई विगत ढेड दशकदेखि अभिप्रेरणा मिलिरहेको सर्वविदितै छ। यस पत्रिकाद्वारा आगामी वर्षहरुमा पनि निरन्तर रुपमा परमेश्वरको महिमा भइरहोस्। यहाँहरुको प्रार्थनाहरुको बलियो अपेक्षा गरिएको छ।
|
|
|
| |
Date:
2008-05-04 |
|
|
शताब्दियौं देखि सानो भन्दा सानो बाइबल प्रकाशन गर्नका निम्ति प्रयासहरु भएका थिए। कुनै बाइबलहरु यति सानो आकारमा छापिए कि तिनलाई पढ्न नांगो आँखाले बिल्कुलै असंभव हुन्थ्यो। यस क्रममा सन् २००३ मा विश्वकै सबैभन्दा सानो बाइबल प्रकाशन गरियो जसको तौल केवल १० ग्रामको थियो। अमेरिकी एक प्रकाशन संस्थाले प्रकाशन गरेको उक्त बाइबल सलाईको सानो बट्टामा समेत अट्न सक्थ्यो। अमेरिकाकै अर्का एक प्रकाशन कम्पनीले सन् १८८४ मा सबै भन्दा ठूलो बाइबल प्रकाशन गरेको थियो जसको तौल ७ के. जी. थियो। यी दुबै बाइबलहरुलाई भारतको चेन्नाईमा सन् २००३ को अक्टोवरमा आयोजित एक ख्रीष्टियन पुस्तक प्रदर्शनीमा प्रदर्शन गरिएको थियो। (मारानाथा होप अफ ग्लोरी, अंक ३४, ब्रुन्स्विक (अस्ट्रेलिया): मारानाथा रिभाइबल क्रुसेड, २००८।)
|
|
|
| |
Date:
2008-05-01 |
|
|
यही बैसाख ९ गते गरिएको लमजुङ बेसीशहर यात्रामा म र मेरी पत्नी मीनाले परमेश्वरबाट प्रशस्त अनुग्रह पायौं। सर्वप्रथम लमजुङ सदरमुकाम बेसीशहरसम्मको यात्रा अत्यन्तै आशिषमय र शुरक्षित भयो। कुनै अप्रिय कुराहरु बाटामा भएनन्। मेरा माता पितालाई जो अत्यन्तै वृद्धावस्थामा हुनुहुन्छ सकुशल र स्वास्थ पायौं। दिनभरि उहाँहरु हाम्रो प्रतिक्षामा हुनुहुन्थ्यो। उहाँहरु आफैं पकाउनुहुन्छ, आफ्ना लागि सबै आफैं गर्नुहुन्छ। बेसीशहरमा भएको हाम्रो घरको करेसा बारीमा आफैं सागसब्जी उमार्नुहुन्छ। अझै मेरा पिताजी हट्टा कट्टा हुनुहुन्छ। उहाँ पूर्व बृटिश-इन्डिया सैनिक हुनुहुन्छ। हाम्रो उपस्थितिले उहाँहरुलाई खुशी र उत्साह दिलाएको थियो। एक हप्तासम्म उहाँहरु छोरा बुहारीका साथ हुनुहुन्थ्यो। खाना पकाउने देखि अन्य जिम्मेवारीहरुबाट उहाँहरुलाई हामीले बिदा दियौं। साथै हाम्रो निम्ति पनि बिदाकै समय थियो। धेरै जिम्मेवारीहरुको सट्टामा केवल चार जनाको जिम्मेवारी। मेरा पिताजी ख्रीष्टमा हुनुहुन्छ भने माताजीले अझै पनि सुसमाचारमा विश्वास गर्नुभएको छैन। उहाँको मुक्तिको निम्ति प्रार्थना जरुरी छ। कृपया गरी उहाँको निम्ति प्रार्थना गरिदिनुहोला। अरु सम्पूर्ण व्यवहारहरु राम्रा र कोमल छन्।
बेथेस्दा चर्च सभा मेरै घरमा जुट्छ। लगभग २५-३० जनाको समूह छ। युवकहरु प्राय: वैदेशिक रोजगारमा छन्। आराधना सभाहरुमा धेरैजसो महिलाहरुले भरिन्छन्। अधिकांश विश्वासीहरु गुरुङ समुदायका छन्। मिलेर सेवा संगति गरिरहेका छन्। यस मण्डलीका पास्टर शरीरमा अन्धा हुनुहुन्छ। जिविकाको लागि सानो पसल छ। मण्डलीले उहाँको आवश्यकता पूरा गर्न आर्थिक सहयोग गर्न सक्दैन। पूरै समय प्रभुको निम्ति काम गर्ने आवश्यकता देख्नुहुन्छ। प्रार्थना गरिदिनुहोला। मण्डलीसंगको संगति आशिषमय भयो। २ जनालाई यसपाली बप्तिस्मा दिइयो नजिकैको मजुवा खोलामा। परमेश्वरले यात्रामा प्रशस्त अनुग्रह गर्नुभएको थियो।
|
|
|
| |
Date:
2008-04-16 |
|
|
काठमाडौ महानगरपालिका कोटेश्वरमा अवस्थित काठमाडौं बप्तिस्ट मण्डली (चर्च) ‘एवेनेजर’ले यही वैसाख १ र २ गतेका दिन आफ्नो रजत महोत्सव कार्यक्रम सम्पन्न गर्यो। ८० वर्षीय गंगा मगरद्वारा उदघाटन गरिएको सो कार्यक्रममा उक्त चर्चका संस्थापक मिशिनरीहरु डेविड क्लाउड, म्याक सांगलीर र उक्त चर्चका प्रथम सदस्य गणेश बहादुर तामाङद्वारा प्रवचनहरु दिइएका थिए भने उक्त चर्चका पास्टर यू. जे. गुरुङद्वारा लिखित एवेनेजर चर्चको इतिहास लेखक आफैंबाट पठन गरिएको थियो। लगभग ५०० जनाको उपस्थिति रहेको उक्त सभामा एवेनेजर क्वायर समूहले ख्रीष्ट्रिय आदर्श, मूल्य र मान्यताहरु बोकेका भजनहरु गाएका थिए भने प्रोजेक्टरद्वारा एवेनेजर चर्चको इतिहास झल्कने फोटो प्रदर्शन गरिएको थियो। सन् १९८३ मा स्थापित यस चर्चले हालसम्म अधिराज्य भरिमा १० स्वतन्त्र चर्चहरु स्थापना गरिसकेको र ८ स्थानहरुमा चर्चको रुपमा स्थापना हुनलागिरहेको छ। उक्त समारोहमा यस चर्चले आगामी वर्षहरुमा काठमाडौं उपत्यकाभित्रमा पनि चर्चहरु स्थापना गर्ने लक्ष लिएको घोषणा उक्त चर्चका पास्टरद्वारा गरिएको थियो।
‘यस मण्डलीका मुख्य संस्थापक परमेश्वर हुनुहुन्छ र उहाँले मानव संस्थापकहरु ब्रदर डेभिड क्लाउड र ब्रदर म्याक सांगलीरलाई चलाउनुभएको हो’ भन्ने भनाइ यस चर्चको इतिहासमा उल्लेख गरिएको छ। सन् १९८३ मा अमेरिका निवासी मिसिनरी डेभिड क्लाउड र भारतीय नागरिक मिसिनरी म्याक सांगलीरले केही नेपाली दाजुभाइ र दिदीबहिनीहरुकासाथ मीनभवन, काठमाडौंमा यस मण्डली स्थापना गरेका थिए। एबेनेजरको स्थापनामा महत्वपर्ण भूमिका निर्वाह गर्ने नेपाली ईसाईहरुमा एलिया प्रधान, फर्क मगर, गणेश बहादुर तामाङ, मीना गुरुङ थिए। जस मध्ये गणेश बहादुर तामाङ र मीना गुरुङले हालसम्मै निरन्तर रुपमा विश्वासयोग्यताका साथ एबेनेजरमा सेवाकाई गरिरहनुभएको छ।
यस मण्डलीको प्रथम चरण सन् १९८३-१९८९ सम्म म्याक सांगलीरले गोठालाको भूमिका निर्वाह गर्नुभएको थियो। त्यस पछि वि. सं. २०४५ फागुन २१ मा मिसिनेरी डेभिड क्लाउड तथा तात्कालिन एबेनेजर अगुवाहरुले यू. जे. गुरुङलाई पास्टरको रुपमा अभिषेक गरेका थिए। तत्पश्चात् एबेनेरजरको पास्टरको रुपमा उहाँले हालसम्मै निरन्तर सेवाकाइ गरिरहनु भएको छ। यस चर्चको प्रारम्भिक चरण जावलाखेल, झम्सीखेलमा वितेको थियो भने चर्चको रुपमा स्थापना हुने कार्य मिन भवन काठमाडौंमा भएको थियो। त्यस पछि सभा भवनको अनुकुलता अनुसार बत्तीस पुतली, भिमसेनगोला र कुपन्डोलमा चर्च सभाहरु संचालित थिए भने सन् १९९२ मा यस मण्डलीले कोटेश्वरमा आफ्नै एक भवन निर्माण गर्यो। यसलाई कुनै व्यक्ति वा संस्थाद्वारा नभएर मण्डलीको प्रार्थना र विश्वासीहरुको बलिदानद्वारा सम्भव भएको भन्ने भनाई उक्त चर्चको इतिहासमा उल्लेख गरिएको छ। पंचायती शासनको धरपकडले गर्दा सन् १९८८मा केही समय यो चर्च भूमिगत पनि हुनुपरेको थियो।
लगभग ५०० जना सदस्य पुगेको यो चर्चमा महिला ५९ प्रतिशत रहेका छन् भने पुरुषहरु ४१ प्रतिशत रहेको छ। जातीय अनुपातमा सबै भन्दा धेरै मगरको २१.८ प्रतिशत, त्यसपछि क्षेत्री १६ प्रतिशत, तेस्रोमा तामाङ रहेको छ जसको संख्या १३.६८ प्रतिशत रहेको छ। जनसंख्याको आधारमा त्यसपछि क्रमश: नेवार, परियार, राई, ब्राह्मण, गुरूङ रहेका छन् भने अन्यमा लिम्बु, मौरती, राय, थामी, भुजेल, सुनुवार, दनुवार, तिब्बती, बि. क., माझी, थारु, शेर्पा, गोरा र भारतीय, लेप्चा रहेका छन्।
यस चर्चको रजत महोत्सव मनाउन उपत्यकाका बिभिन्न चर्चहरुका पास्टरहरु, सदस्यहरु तथा उपत्यका बाहिरबाट विभिन्न चर्चहरुबाट पास्टर तथा प्रतिनिधिहरु भेला भएका थिए।
|
|
|
| |
Date:
2008-04-07 |
|
|
Kathmandu Baptist Church 'Ebenezer' is celebrating her Silver Jubilee on the 13th and 14th of April 2008 (Baishakh 1st and 2nd of 2065. God has been gracious to the people and ministries of the Church in the past 25 years. We are going to get together to have fellowships and to give thanks to the Lord on the occasion.Preparation is going on for the Jubilee.
|
|
|
| |
Date:
2008-04-01 |
|
|
शीर्षकमा भनिए झैँ बाल विवाह वा सपना विवाह चाहिँ होइन है। वाल विवाह अवैध छ, सपना विवाह केवल सपनामै सिमित हुन्छ। बाल माने बाल कृष्ण न्यौपाने र सपना माने सपना दुलाल पो। यी दुईको धुमधामसंग विवाह भो फिलाडेल्फिया मण्डली, भैंसेपाटीमा यही माघ २०, आइतवारका दिन। श्री बाल कृष्ण न्यौपाने काठमाडौ बप्तिष्ट मण्डली ‘एवेनेजर’का सदस्य हुन् भने सुश्री सपना दुलाल फिलाडेल्फिया मण्डलीका सदस्य। विवाह पुरुष अमेरिकामा बस्थे भने विवाह महिला नेपालमै। तर यी दुबै जोडी तत्कालै अमेरिका प्रस्थान गर्दैछन्। विवाह गराउने काम डा. शशी भट्टराईले गर्नुभयो भने प्रवचन दिने काम पा. यू. जे. गुरुङले। कार्यक्रम मीठै भयो, जाडोले हल्का सेकियो मात्रै। (यू.)
|
|
|
| |
Date:
2008-04-01 |
|
|
काठमाडौ बप्तिस्ट मण्डली ‘एवेनेजर’ले संचालन गर्दै आइरहेको एवेनेजर बाइबल स्कुलको यस वर्षको वार्षिक परीक्षाफल यही माघ १२, २०६४ मा प्रकाशन गरिएको छ। परीक्षाफल यस प्रकार रहेको छ।
उच्च मा. वि. तह: जम्मा विद्यार्थी संख्या: २७
१. सुश्री यूनिया गुरुङ, प्रथम, ९७.४३%
२. सुश्री सोनी गुरुङ, द्वितीय, ९१.८%
३. सुश्री अन्जना नेपाली, तृतीय, ९०%
मा. वि. तह: जम्मा विद्यार्थी संख्या: २५
१. आदर्श जंग गुरुङ, प्रथम, ९२.४
२. मेरी न्यौपाने, द्वितीय, ८९.३%
३. आमोस कार्की, तृतीय, ८७%
नि. मा. वि. तह: जम्मा विद्यार्थी संख्या: ३०
१. मात्रिका राई, प्रथम, ९३.८%
२. ज्योति थापा, द्वितीय, ९२.८%
३. विवेक जंग गुरुङ, तृतीय, ९१%
प्राथमिक तह: जम्मा विद्यार्थी संख्या:२१
१. सुमार्ग न्यौपाने, प्रथम, ९४.६९%
२. अफिया सुनुवार, द्वितीय, ९०.९२%
३. पर्वत लिम्बु, तृतीय, ८५.६९%
प्रारम्भिक तह: जम्मा विद्यार्थी संख्या:३५
१. आमोस ठगुना, प्रथम, ८२.७५%
२. शमूएल मगर, द्वितीय, ८२.५%
३. फिवी कार्की, तृतीय, ७७.५%
नयाँ नियमका सम्पूर्ण पुस्तकहरुको अध्ययन गरी तोकिएका शब्दहरु खोजी पुरस्कृत हुनेहरुको नामावली:
१. सुश्री यूनिया गुरुङ, उ.मा.वि. तह
२. हनोक सुनुवार, उ.मा.वि. तह
३. मूना गुरुङ, उ.मा.वि. तह
४. अन्जना नेपाली, उ.मा.वि. तह
५. रेखा राना, मा.वि. तह
६. तृष्णा लिम्बु, मा.वि. तह
७. आदर्श गुरुङ, मा.वि. तह
८. आमोस कार्की, मा.वि. तह
९. बिनिता कार्की, मा.वि. तह
१०. मेरी न्यौपाने, मा.वि. तह
११. सविता घिमिरे, मा.वि. तह
१२. चाँदनी गिरी, मा.वि. तह
१३. पूर्णिमा गिरी, मा.वि. तह
१४. अभिषेक सुनुवार, नि.मा.वि. तह
१५. विवेक जंग गुरुङ, नि.मा.वि. तह
१६. तिमोथी के.सी., नि.मा.वि. तह
१७. सेविका लामा, नि.मा.वि. तह
१८. ज्योति थापा, नि.मा.वि. तह
१९. गृष्म भट्टा, नि.मा.वि. तह
२०. विश्वास बुढाथोकी, नि.मा.वि. तह
२१. सुमन राई, नि.मा.वि. तह
२२. मात्रिका राई, नि.मा.वि. तह
२३. सोफिया श्रेष्ठ, नि.मा.वि. तह
२४. सुमार्ग न्यौपाने, प्राथमिक तह
२५. पर्वत लिम्बु, प्राथमिक तह
२६. अफिया सुनुवार, प्राथमिक तह
२७. शिम्सोन राई, प्राथमिक तह
२८. उपदेश बुढाथोकी, प्राथमिक तह
२९. सन्देश बुढाथोकी, प्राथमिक तह
३०. उपसना श्रेष्ठ, प्राथमिक तह
(यू.)
|
|
|
| |
Date:
2008-04-01 |
|
|
सम्पूर्ण एवेनेजर परिवार, नेपाल तथा विश्वव्यापी रुपमा छरिएर रहेका ख्रीष्टमा दाजूभाइ तथा दिदीबहिनीहरुमा ख्रीष्टको प्रेम र सत्यताको आधारशिलामा उभिई शिक्षा संगति प्रार्थनाहरुको आदान प्रदान गर्ने उद्देश्यले अभिप्रेरित भई अब ebenezer.org.np हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको नाममा उहाँको महिमाको निम्ति समर्पित गर्दछु। मानवीय विचार, अनुभव भन्दा बाइबल सत्य र उच्च हुन्छ, स्थीर र पक्का हुन्छ। जसको आनन्द परमप्रभुको व्यवस्थामा हुन्छ अनि त्यसैमा सबै समय मनन गर्छ उनी सदावहार हुन्छ, सफल हुन्छ, भजन संग्रह १:२,३। एवेनेजर परिवारलाई अनि ख्रीष्टमा सबै दाजूभाइ तथा दिदी बहिनीहरुलाई सदावहार तुल्याउन, सफल पार्न यो वेवसाइट एक सेवक बन्नेमा हामी विश्वस्त छौं। यो आफैमा असक्षम छ तर ख्रीष्ट हाम्रा प्रभुले क्षमता प्रदान गरुन् अनुग्रह दिउन् यस सुकार्यमा सेवा गर्न अनि गरिरहन।
एवेनेजर यसै वर्ष सन् २००८ को फेब्रुवरीमा २५ वर्ष पुगेर २६ मा प्रवेश गरेको छ। यसको जन्म सन् १९८३ को फेब्रुवरीमा मीन भवन, काठमाडौंमा भएको हो। विगत २५ वर्षको अवधिमा परमेश्वरले यस मण्डलीलाई प्रशस्त अनुग्रह गर्नुभयो। परमेश्वरको दाहिने हातको बाहुवलद्वारा उहाँको सत्यतामा यस मण्डली खडा भइरह्यो। परमेश्वरका ती अनुग्रहहरुको सम्झना गर्न र आफ्ना संगति मण्डलीहरु र ख्रीष्टमा प्रिय जनहरु वीच भेटघाट र संगति गर्न, एवेनेजरले यही २०६५ वैशाख १ गतेका दिन आफ्नो रजत महोत्सव मनाउँदैछ। साथै विगत २५ वर्षको अवधिमा परेमश्वरले गर्नुभएका कार्यहरु, परमेश्वर चलाउनुभएका व्यक्तिहरुद्वाराका सेवाकाईहरु तथा एवेनेजर इतिहास उल्लेख गरिएको एवेनेजर स्मारिका प्रकाशित हुँदैछ जसबाट एवेनेजर परिवार तथा ख्रीष्टमा सबै दाजूभाइ तथा दिदिबहिनीहरुले अभिप्रेरणा तथा पाठ पाउनुका साथै परमेश्वरको अनुग्रह बुझ्न मद्दत पाउनेछन्।
एवेनेजर आफ्नो रजत वर्षसम्म आइपुग्दा उपत्यकामा अवस्थित यस मण्डलीलाई स्थिर पार्नू तथा सेवाकाइहरुमा अभिप्रेरित गर्दै उपत्यका बहिर मण्डलीहरुको स्थापनाको दिशामा अघि बढिरहेको पाइयो भने काठमाडौं उपत्यकाको बढ्दो जन घनत्व र सवारी घनत्वको कारण उपत्यका भित्रै एवेनेजर विश्वासीहरुका निम्ति एक भन्दा बढी मण्डलीहरुको आवश्यकता अब देखिन आएको छ। तसर्थ आगामी वर्षहरुमा उपत्यकाका विभिन्न स्थानहरुमा एवेनेजरको सेवाकाईमा उहाँको महान आज्ञा बमोजिम अघि बढि उहाँको अनुग्रहले स्वतन्त्र मण्डलीहरुको स्थापनाका निम्ति अघि बढ्नु एवेनेजरको दर्शन बन्नु पर्ने देखिएको छ।
तर यी सबै कुराहरुमा हाम्रा प्रभुको अगुवाई खोज्नु र अघि बढ्नु परमेश्वरको इच्छा हो। अन्तमा हाम्रा परमेश्वरको प्रेम, प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति तपाई तमाम ebenezer.org.np का पाठकहरुमा रहुन् भन्ने शुभ अभिप्रायका साथ आफ्नो अभिवादन टक्र्याउन चाहान्छु।
पा. यू. जे. गुरुङ
|
|
|
|
|