|
|
Untitled Document
|
Date:
2010-05-08 |
|
आज एवेनेजर युवा सभाले २०६७ का निम्ति युवा संयोजकहरुको चयन गरेको छ। लगभग ५० जना युवाहरुको सभाले यस वर्षका युवा सेवाहरुको निम्ति याकुव तामाङ, सुनिता निरौला तथा आनन्दी गुरुङलाई चयन गरेको छ। युवाहरुको वीचको सेवालाई अझै प्रभावकारी बनाई युवा संगतिहरुलाई अरु विस्तृत गर्दै लैजाने जिम्मेवारी युवाहरुको तर्फबाट नीजहरुले जिम्मेवारी प्राप्त गरेकान्। गत वर्षक युवा संयोजकहरुमा याकुव तामाङ र सुनिता निरौला हुनुहुन्थ्यो भने यस वर्षको चुनावमा सुनिता निरौला र आनन्दी गुरुङले बराबर मत प्राप्त गरी दुबै नै संयोजकहरुको रुपमा चुनिनुभएको छ। उहाँहरुको सेवाद्वारा परमेश्वरको महिमा होस् युवाहरुवीच। आमेन।
|
|
|
|
Date:
2009-11-10 |
|
यूनिया गुरुङ एवेनेरजर मण्डली, कोटेश्वरका एक सदस्य हुनुहुन्छ। उहाँ यस मण्डलीको क्वायर (संगीत समूह) मा रही गायन तथा किबोर्ड वाद्यवादनमा सेवारत हुनुहुन्छ। साथै उहाँले यसै मण्डलीको जनस्वास्थ्य समूहमा रही स्वास्थ्य क्षेत्रमा सेवा पुर्याइरहनुभएको छ। उहाँ एवेनेजर बाइबल स्कुलका शिक्षकको रुपमा पनि सेवारत हुनुहुन्छ। उहाँसंग एवेनेजर वेभले लिएको अन्तर्वार्ता यहाँ प्रश्तुत गरिएको छ।
एवेनेजर वेब: यूनियाजी तपाई हाल के गर्दै हुनुहुन्छ?
यूनिया: हाल म एच.ए. तेस्रो वर्षमा अध्ययनरत छु। साथै आइ.ए. दोस्रो वर्षको परीक्षा दिएर बसेको छु।
एवेनेजर वेब: अनि अरु के गर्दै हुनुहुन्छ?
यूनिया: एवेनेजर मण्डलीको क्वायर ग्रुपमा रही गायनका साथै कि बोर्ड बजाउने कार्यमा सेवा गरिरहेको छु। साथै एवेनेजर बाइबल स्कुलमा शिक्षकको रुपमा सेवारत छु। अनि एवेनेजर स्वास्थ्य समूहमा रही सामान्य स्वास्थ्य परिक्षण गर्दै सेवा गरिरहेको छु।
एवेनेजर वेब: अनि भन्नुस् तपाईको छोटो परिचय।
यूनिया: म पा. यू. जे. गुरुङ तथा मीना गुरुङको छोरीको रुपमा २०४६ फागुन १५ गतेका दिन ललितपुरको पाटन अस्पतालमा जन्मेको हुँ। मेरा तीन भाइहरु छन्। मेरो घर काठमाडौं जिल्लाको काँडाघारी, वीरेन्द्रचोकमा रहेको छ। मैले वि. सं. २०५७ मा प्रभु येशूलाई व्यक्तिगत रुपमा प्रभु र मुक्तिदाता भनी ग्रहण गरी २०६० मा बप्तिस्मा लिएको हुँ। म काठमाडौं कोटेश्वर स्थित एवेनेजर मण्डलीको एक सदस्य हुँ।
एवेनेजर वेब: अनि भविष्यको आफ्नो योजना बारे केही बताइदिनुहुन्छ कि?
यूनिया: भविष्य परमेश्वरको हातमा छ। त्यसैले भविष्यबारे आफैंले योजना बनाइरहेको छैन। तरै पनि उहाँको इच्छा भए स्वास्थ्य क्षेत्रबाट परमेश्वरको सेवाकाई गर्ने इच्छा छ।
एवेनेजर वेब: आफ्नो अमूल्य समय एवेनेजर वेबको लागि दिनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद।
यूनिया: मलाई आफ्नो परिचय र केही विचार व्यक्त गर्ने मौका दिनुभएकोमा एवेनेजर वेबलाई पनि धन्यवाद।
|
|
|
|
Date:
2009-09-13 |
|
Ebenezer has given special focus to the youth for their salvation and spiritual growth. Along with regular monthly youth meetings they are given special youth programs such as Outing, annual Youth Conference and other activities. A Youth Leader is nominated for them. Brother Som Limbu is the Youth Leader of Ebenezer Youth. And every year Ebenezer Youth select two Youth Co-ordinators one from boys and one from girls. For this year they have elected Mr. Yacu Tamang and Miss Sunita Niraula. They have been doing effective ministries for the youth. Brother Som Limbu manages for the youth monthly meetings. God is blessing Ebenezer Youth.
Ebenezer Youth has great role for the ministry of Ebenezer. For every worship service and other special services they are engaged in the ministries. Without their helps Ebenezer will lose much of the blessings in the ministries. Praise God for them. And they need your prayers as they seek God's will for them.
Ps. U. J. Gurung
|
|
|
|